२०८१ बैशाख २४

उद्यमशीलता

२४ वर्षीय सुजनको हुटहुटीले खुलेको ‘चियापार्क’

२४ वर्षीय सुजनको हुटहुटीले खुलेको ‘चियापार्क’

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
हामीमध्ये धेरैको बिहान चियाबाट सुरू हुन्छ। दिउँसो पनि नभइ हुँदैन। कसैको त सुत्ने बेला पनि चिया खाने बानी हुन्छ। यस्तै केही पारखीलाई त चियाले व्यवसायतिरै तानेको पनि छ। तिनैमध्ये एक युवा हुन् काठमाडौंका सुजन कायस्थ। चाबहिल, गोपीकृष्णमा उनको साथीहरूको चिया पसल छ। हरेक बिहान क्याम्पस जाँदा साथीको पसल छिर्थे। चिया पिउँथे। गफ गर्थे। Advertisement त्यहाँ उनले आफूजस्तै चियापारखी देख्थे। युवाहरूको चियाप्रति रूचि र आकर्षण नियाल्थे। त्यतिबेलै हो उनलाई पनि भविष्यमा कफी वा चिया पसल खोल्ने सोच फुरेको। 'साथीहरूको चियापुर नामको पसल छ। त्यहाँ धेरै स्वादका चिया पिएको थिएँ। त्यहाँ पारखीहरूको जमात देख्थेँ। त्यसैले यही व्यवसायमा लगानी गर्छु भन्ने लागेको थियो,' सुजनले भने। पसल खोल्ने सोचे पनि कहिले र कुन ठाउँमा भन्नेबारे उनले योजना बनाएक...
पढाइ र जागिरसँगै ‘घरमै प्रोडक्सन’ सम्हाल्छिन् १८ वर्षीया अनुग्रह

पढाइ र जागिरसँगै ‘घरमै प्रोडक्सन’ सम्हाल्छिन् १८ वर्षीया अनुग्रह

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
उनले जम्मा दस हजार रूपैयाँ लगानीमा सुरू गरेकी हुन् यो व्यवसाय 'कति कुरा...', 'सम्झना', 'मःम माया', 'नोस्टाल्जिया'।  'घरमै प्रोडक्सन'ले करिब एक वर्षदेखि आफ्ना साना रंगीन नोटबुकलाई चिटिक्क परेका चित्रसहित यस्ता शब्दहरूले सजाएको छ। यी शब्दले युवाहरूको भाव झल्काउँछ र हरेक नोटबुकको डिजाइनपछाडि अर्थ लुकेको पाइन्छ। 'क्युट' नोटबुक, बुकमार्क र गितार जर्नल घरमै प्रोडक्सनका विशेष उत्पादन हो। यसबाहेक ब्रान्डकी सञ्चालक अनुग्रह घलेको मुख्य ध्यान भने आफ्ना उत्पादनमार्फत कलाकारका मौलिक सीप चिनाउनु हो।  बजारमा अरू कलाकारका चित्र चोरेर त्यसलाई स्टिकर वा लुगाहरूमा प्रयोग गर्ने काम अनुग्रहलाई चित्त बुझ्दैन। विदेशमा गैरकानुनी मानिने यस्तो काम हामीकहाँ कुनै डरधक गरेको देख्दा उनलाई दिक्क लाग्छ। त्यसैले उनी नयाँ काम गरेर यो प्रवृत्तिमा परिवर्तन खोजिरहेकी थिइन्।  यस...
३० लाखमा सुरू ‘हाइलाइफ’ लाई प्रशान्तले बनाए ६५ करोडको कम्पनी

३० लाखमा सुरू ‘हाइलाइफ’ लाई प्रशान्तले बनाए ६५ करोडको कम्पनी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
सहरी बासिन्दाले ब्रेकफास्टमा धेरैजसो के खान्छन्? बिस्कुट, पाउरोटी, पफ यस्तैयस्तै। पछिल्लो समय स्वास्थ्यमा सजग मानिसहरूले भने खानपिन शैली बदल्दै गएका छन्। पोषिला खानेकुराको प्रयोग बढाउन थालेका छन्। यसमा कर्नफ्लेक्स पनि रोजाइमा पर्न थालेको छ। सामान्य भाषामा मकैको चिउरा भनेर बुझिने कर्नफ्लेक्स विदेशीहरूले धेरै पहिलेदेखि खान्थे। नेपालमा भने स्वस्थ खानेकुरा ठानेर कर्नफ्लेक्स खाने चलन भित्रिएको धेरै भएको छैन।  नेपालमै मकैबाट कर्नफ्लेक्स उत्पादन गर्ने उद्योग स्थापना भएका छन्। यसमध्ये लोकप्रिय कम्पनी हो 'हाइलाइफ'।  कम्पनीका सञ्चालक प्रशान्त घिमिरे भन्छन्, 'हाइलाइफ भनेको हाइयर द्यान टुडे अर टुमरो हो। ब्रान्डको सन्देश यही हो- उच्चस्तरको।' हाइलाइफले सन् २०१८ मा कर्नफ्लेक्सको व्यावसायिक उत्पादन थालेको हो। तीस लाख रूपैयाँ लगानीमा सुरू भएको हाइलाइफ तीन वर्षम...
२३ वर्षीया सृष्टिले सिंगापुरमा सिकेको सीपलाई नेपाल आएर बनाइन् व्यवसाय

२३ वर्षीया सृष्टिले सिंगापुरमा सिकेको सीपलाई नेपाल आएर बनाइन् व्यवसाय

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
सृष्टि शेरचन इम्ब्रोइडरी अर्थात् सादा कपडामा सियो र धागोको सहयोगमा हातैले बुट्टा भर्ने कला।  यो कला संसारका जुनैकुनामा चर्चित छ। यसको सुरूआत कहाँ र कसरी सुरू भयो भन्नेबारे स्पष्ट जानकारी भने छैन। इतिहासमा इम्ब्रोइडरी तेह्रौं शताब्दीतिर चीनमा भेटिएको रेकर्ड छ।  त्यो बेलादेखि अभ्यास गरिएको इम्ब्रोइडेरी अझै पनि हस्तकला क्षेत्रमा विशेष मानिन्छ। विश्व बजारमा यो काम र कलालाई कदर गरिन्छ र यसका लागि मानिसहरू पैसा खर्चिन पनि तयार हुन्छन्। Advertisement यो कलालाई आगामी पुस्तासम्म अगाडि बढाउन विदेशमा कतिपय विद्यालयले इम्ब्रोइडरीलाई पाठ्यक्रममै राखेका छन्। यही इम्ब्रोइडरीलाई नेपालमा नयाँ पुस्ताकी सृष्टि शेरचनले 'हातको कला' बाट चिनाइरहेकी छिन्।  २३ वर्षीया सृष्टिलाई पनि यसको मोह भने विदेश हुँदै पलाएको हो। परिवारसँग सिंगापुर पुगेकी उनी त्यहीँ बसेर पढ्...
‘टालो’ बेचेरै महिनामा ३० लाखसम्मको व्यापार

‘टालो’ बेचेरै महिनामा ३० लाखसम्मको व्यापार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
निखिल सापकोटा आइटीका विद्यार्थी हुन्। २५ वर्षीय उनलाई सानैदेखि कम्प्युटरमा काम गर्ने रहर थियो। त्यतिबेला वेब-डिजाइन क्षेत्र बिस्तारै उदाउँदै थियो र यो काममा धेरै मान्छे संलग्न थिएनन्। निखिल अमेरिकाका ठूला सूचना-प्रविधि कम्पनीमा काम गर्ने सपना देख्थे। सपना साकार पार्न वेब-डिजाइनिङबारे घरमै अध्ययन गर्न थाले। केही काम सिके पनि। उनी १४ वर्षकै हुँदा पाकिस्तानको एउटा टेलिकम कम्पनीमा जागिरका लागि आवेदन दिए। निखिलका अनुसार उनले जागिर पनि पाए। त्योबेलै दस हजार तलबमा। त्यसलगत्तै उनले अन्य थुप्रै विदेशी कम्पनीमा वेब-डिजाइनरका रूपमा काम गर्न थाले। Advertisement लामो समय एउटै क्षेत्रमा काम गरिरहेका उनको मनले भने नयाँ काम खोजिरहेको थियो। राम्रो विदेशी कम्पनीमा राम्रै तलब खाइरहँदा पनि उनलाई सधैं अर्काका लागि काम गर्...
२ हजारमा व्यवसाय सुरू गरिन्, मासिक कारोबार २५ हजारदेखि लाखसम्म

२ हजारमा व्यवसाय सुरू गरिन्, मासिक कारोबार २५ हजारदेखि लाखसम्म

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
ओ माई ह्यान्डमेडकी सञ्चालक सुष्मा कार्की।  नयाँ बानेश्वरको एउटा सानो पसलले हरेक बटुवाको ध्यान तान्छ।  यहाँ चित्रकलाले भरिएका स-साना क्यानभास, मोबाइलका खोल, टोट ब्याग (झोला) र सिरानीका खोलहरू राखिएको छ। योसँगै केही कप र घरभित्र राखिने बिरूवाहरूले पसल सजिएको छ।  सानो भए पनि पसलको सजावट लोभलाग्दो छ। पसलको नाम हो 'ओ माई ह्यान्डमेड'।  ओ माई ह्यान्डमेड यस्तै चिटिक्क परेका, हातैले बनाइएको सामग्रीहरू पाइने थलो हो। पसल एवम् यो व्यवसायका सञ्चालक हन् २४ वर्षीया सुष्मा कार्की।  Advertisement पसल चलाउने मात्रै होइन, ओ माई ह्यान्डमेडमा उपलब्ध हरेक सामान सुष्मा आफैं बनाउँछिन्। विगत सात वर्षदेखि सञ्चालित ‌ओ माई ह्यान्डमेडको यो पसल भने गत भदौमा मात्र खुलेको हो। 'पहिले ओ माई ह्यान्डमेड अनलाइनमा मात्र केन्द्रित थियो। ग्राहकसँग सोधपुछ गर्दा धेरैको प...
५० हजारमा सुरू भएको नेपाली चकलेट ब्रान्डले गर्दैछ महिनामा ६ लाखको व्यापार

५० हजारमा सुरू भएको नेपाली चकलेट ब्रान्डले गर्दैछ महिनामा ६ लाखको व्यापार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
धेरैले भनेको सुनेका छौं- चकलेट त विदेशी मात्र मिठो! हुन पनि गुणस्तरीय चकलेट किन्न जानुभयो भने विदेशी ब्रान्डकै पाइन्छन्। भलै यहाँ पाइने स्वाद केही फरक होस्, संसारभर चर्चित ब्रान्ड त हुन् नि!  तर तपाईंलाई थाहा छ कि छैन, नेपालमै पनि उत्तिकै राम्रा र स्वादिला चकलेट बन्छन्। स्वदेशी ब्रान्डका चकलेट बजारमा छ्यासछ्यास्ती नहोलान्, चाहनुभयो भने पक्कै पाउनुहुनेछ। यस्तैमध्ये आज हामी कुरा गर्दैछौं नेपाली चकलेट ब्रान्ड 'येजु'को। येजु २४ वर्षीय सौरभमणि शाक्य र २१ वर्षीया सलोनीदेवी शाक्यको मेहनतको उपज हो। सलोनीदेवी शाक्य र सौरभमणि शाक्य यो ब्रान्डअन्तर्गत मार्समेलो ह्वाइट, ब्लुबेरी, रास्पबेरी, क्र्यानबेरी, डार्क, लगायत गरी २२ स्वादका चकलेट पाइन्छ। भेगन चकलेट र धेरै गुलियो मननपर्ने तथा मधुमेह भएका व्यक्तिका लागि ५०, ६० र ७० प्रतिशत कोकोआ&nb...
जागिर छाडेर १५ लाखमा सुरू गरिन् कपडा व्यवसाय, विदेश पनि पठाउँदै

जागिर छाडेर १५ लाखमा सुरू गरिन् कपडा व्यवसाय, विदेश पनि पठाउँदै

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
झन्डै एक दशकको जागिरे दैनिकी छाडेर ललितपुरकी अर्ती लाखे जोशी यति बेला आफ्नै व्यवसाय गर्दैछिन्। अर्ती 'काप क्रिएसन्स' की सञ्चालक हुन्। काप क्रिएसन्स यस्तो ठाउँ हो जहाँ घरायसी प्रयोजनका कपडा, जस्तै तन्ना, सिरानीको खोल, खास्टो, तौलियालगायत कपडाहरू पाइन्छ। यी सबै नेपालमै बनेका हुन्। अर्ती कुनै पूर्व-योजना लिएर व्यवसायमा होमिएकी होइनन्। उनी आफ्नो जागिरे जीवनबाट आजित भएर व्यवसायमा लागेकी हुन्। 'जागिरमा आफूले भने जस्तो हुन्थेन। त्यसैले आफ्नै केही गर्ने सोचेँ,' काप क्रिएसन्स सञ्चालनको आइडियाबारे उनी भन्छिन्, 'घरको हरेक कुनामा कपडा हुन्थ्यो। बरू यसैमा केही रचनात्मक काम गरेर व्यवसाय गर्ने सोचेँ।' घरमा कपडा थुप्रिनुको कारण उनको पुर्ख्यौली पेसा हो। उनका बुवा थैबस्थित हिमा टेक्सटाइल कारखानाका सञ्चालक हुन्। यो कारखाना अर्तीका हजुरबुवाले स्थापना गरेका हुन्। त्यसैले...
अमेरिकामा पिएचडी गरे, नेपालमा फलाउँदै छन् स्वादिलो स्ट्रबेरी

अमेरिकामा पिएचडी गरे, नेपालमा फलाउँदै छन् स्वादिलो स्ट्रबेरी

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, उद्यमशीलता
हामीमध्ये धेरैले आइसक्रिम, जुस, चकलेट, ब्राउनी जस्ता विभिन्न खानेकुरा स्ट्रबेरी स्वादमा रूचाउँछौं। यो स्वादको माग हामीकहाँ मात्र होइन, विश्वभरि नै धेरै छ। अझ फलफूलकै रूपमा सिधै खाइने स्ट्रबेरीको त कुरै नगरौं! यति धेरै माग भएको स्ट्रबेरी नेपालमा फलाउन यहाँको माटो उपयुक्त रहेको विज्ञहरू बताउँछन्। हामीले स्ट्रबेरी धेरै परिमाणमा उत्पादन गर्न सक्यौं भने अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने राम्रो सम्भावना भएको उनीहरूको भनाइ छ। तर नेपालमा स्ट्रबेरीबारे धेरै अध्ययन भएको छैन। सुरूआतमा जैती नेपाल भन्ने एउटा परियोजनाले जापानको आर्थिक सहयोगमा स्ट्रबेरीका छवटा बिरूवा ल्याएर परीक्षण गरेको थियो। परीक्षण सफल भएपछि विस्तारै यो व्यवसायिक बन्दै गयो। तर नयाँ जात विकास हुन सकेको छैन। Advertisement सरकारले अनुसन्धानमा चासो नदेखाउनु र दक्ष जनशक्ति विदेश पलायन हुन...
जो महामारीकै बीचमा ठूला होटल बनाउँदैछन्

जो महामारीकै बीचमा ठूला होटल बनाउँदैछन्

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, देश
विप्लव पौडेल र कान्तिपथमा निर्माणाधीन बाराही होटल कोरोनाका कारण पोहोर हाम्रो अर्थतन्त्र चालीस वर्षपछि ऋणात्मक भयो। महामारी नियन्त्रणका लागि गरिएको लकडाउन र यात्रा अवरोधले उद्योग-व्यवसायमा नकारात्मक प्रभाव पार्‍यो। कयौं त सधैंका लागि बन्द भए। कोभिडबाट अधिक प्रभावित व्यवसायमध्ये एक हो पर्यटन क्षेत्र। दोस्रो लहरको कोरोनाअघि अधिकांश व्यवसाय सामान्य भइसक्दा पनि होटल, हेलिकप्टर कम्पनी तथा अन्य व्यवसाय लयमा फर्किएका थिएनन्। विदेशी पर्यटक लक्षित व्यवसाय त विगत एक वर्षदेखि शून्य व्यापारमै छन्।  भएका व्यवसाय बन्द गर्नु परेपछि धेरैजसो व्यवसायीले बनाएका नयाँ योजनाका काम कि थाती राखे, कि रद्द गरे। हालै सार्वजनिक एक अध्ययनअनुसार १७ प्रतिशत व्यवसायीले सधैंका लागि व्यवसाय बन्द गरेका छन् भने ३० प्रतिशत बढीले थप लगानीको योजना स्थगित गरेका छन्।  हो...