२०८१ बैशाख १४

उद्यमशीलता

पुराना जिन्स ‘रिभाइभ’ गरेर नयाँ सामान बनाउँदै

पुराना जिन्स ‘रिभाइभ’ गरेर नयाँ सामान बनाउँदै

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
असनको साँघुरो गल्ली छिचोल्दै, अग्लो घरको अँध्यारो भर्याङ उक्लिँदै जब हामी चौथो तल्लामा पुग्यौं, त्यहाँ अर्कै संसार र सपना बुनिँदै थियो। कोठा पनि अँध्यारो र साँघुरै थियो, तर सपना देख्न र सपना बुन्न त उज्यालो किन चाहियो? तीन-चार जना व्यक्ति अटाउन गाह्रो पर्ने त्यस कोठामा दुई जना महिला भ्याइनभ्याइ झोला बुन्दै थिए, जसको तल्लो भागमा ट्याग झुन्डिएको थियो- रिभाइभ। रिभाइभ, अर्थात् कुनै कुरामा फेरि प्राण भर्नु वा पुनर्जीवित तुल्याउनु। असनस्थित ‘अपसाइकल नेपाल’ ले करिब आठ महिनादेखि पुराना जिन्सका कपडामा प्राण भर्ने काम गर्दै छ। पुष्पा स्थापित र राजन चक्रधारद्वारा सञ्चालित ‘अपसाइकल नेपाल’ ले पुराना जिन्सबाट ल्यापटप र ट्याब्लेट कभर, कि-रिङ र क्यामरा राख्ने झोला बनाउँदै आएको छ। घर-घरबाट त्यसै मिल्किने पुराना जिन्स बटुलेर नयाँ प्रयोगमा ल्याउनु उनीहरूको उद्देश्य हो। ...
उपहार पाएको ‘ग्लो-जार’ ले बनायो व्यवसायी

उपहार पाएको ‘ग्लो-जार’ ले बनायो व्यवसायी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
ललितपुरकी मिता कँडेललाई आफ्नो २१ औं जन्मदिन विशेष लाग्छ। उनले एक जना मिल्ने साथीबाट 'ग्लो-जार' (चम्किलो पारदर्शी बट्टा) उपहार पाएकी थिइन्। त्यसमा मितालाई मनपर्ने सांगीतिक ब्यान्डको चित्र थियो। मितालाई सानैदेखि घरमै भएका सरसामान पुनः प्रयोग गरेर नयाँ सामान बनाउनमा विशेष रूचि छ। यस्तो कामलाई अंग्रेजीमा 'डिआइवाई' भनेर पनि चिनिन्छ जसको पूरा रूप 'डु इट योरसेल्फ' हो। उपहारमा पाएको ग्लो-जार देखेपछि मितालाई पनि यस्तो आफैं बनाउन सक्छु कि भन्ने भयो। साथीले पनि सहमति जनाउँदै उनलाई हौस्याए। 'साथीले दिएको उपहार साह्रै राम्रो थियो। म आफैंले पनि त्यस्तै बनाउन सक्छु कि भनेर प्रयास गरेँ,' अहिले २४ वर्ष लागेकी मिता भन्छिन्, 'पहिलो जार मेरो जिज्ञासा र कौतुहलतासँगै तयार भयो।' ग्लो-जार हेर्दा जति सुन्दर र साधारण देखिन्छ, बनाउन उत्तिकै मेहनत पर्छ...
जो जागिर छाडेर ‘बोसा’ सम्हालिरहेका छन्

जो जागिर छाडेर ‘बोसा’ सम्हालिरहेका छन्

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
पाटनढोकाबाट पुल्चोकतर्फ थोरै अगाडि बढेपछि सटरमाथि बोर्डमा लेखिएको देखिन्छ 'बोसा'। बाहिरबाट चियाउनेबित्तिकै सटरभित्र सजाइएका गमला र फूलहरूले हरकोहीलाई तान्छ। अझ फूलप्रेमीहरू त त्यहाँ पुगेपछि भित्र नछिरी फर्किँदैनन्। छिरिसकेपछि रित्तै फर्किँदैनन्। प्रायः गमला, फूल र सजावट तथा माटाका भाँडाकुँडा लिएरै फर्किने बोसाका सञ्चालक अनिल प्रजापति बताउँछन्। उनका अनुसार बोसा भनेको नेवार भाषामा सजावट हो। भक्तपुर, पुरानोठिमीका ३८ वर्षीय अनिलको पुर्ख्यौली पेसा हो माटाका भाँडा बनाउनु। आफूले बनाएका सामान बिक्री गर्ने पसललाई उनले बोसा नाम दिएका हुन्। भक्तपुरमा बनेका परम्परागत माटो र सेरामिक्स भाँडाका साथै सजावटका विभिन्न सामान बोसामार्फत् बिक्री गर्छन्। पछिल्लो समय गमलामा विभिन्न थरीका फूल रोपेर पनि बेचिरहेका छन्। 'गमला र फूल अत्यधिक रूचाइएका छन्,' उ...
जसले बख्खुलाई ब्रान्डिङ गरेर बनाए ‘गोर्खा ट्विड’

जसले बख्खुलाई ब्रान्डिङ गरेर बनाए ‘गोर्खा ट्विड’

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
करिब ३ दशकदेखि कार्पेट व्यवसायमा आवद्ध दैलेखका दीपबहादुर शाही व्यापारको सिलसिलामा युरोप पुगेका थिए। सन् २०१५ मा उनी बेलायत गए। सोही समय उनले स्कटल्यान्ड पनि भ्रमण गरे। युरोप भ्रमण उनका लागि पहिलोपटक थिएन।  तर अचानक बाटोमा हिँड्दै गर्दा एउटा बोर्डमा उनको नजर पुग्यो। 'ट्विड' लेखिएको पसलमा उनी छिरे। ट्विड शब्दका बारेमा उनी अनजान थिए। भित्र गएपछि कपडा पसल रहेछ भन्ने थाहा पाए।  अन्जानमै छिरेको पसलका लुगाकपडा देखेर उनी चकित खाए। त्यहाँ परापूर्वकालदेखि नेपालका हिमाली क्षेत्रमा प्रयोग हुनेजस्तै कपडा र सामग्री थिए। 'मलाई त्यो दिनसम्म ट्विडका बारेमा जानकारी थिएन। त्यहाँ पुगेपछि थाहा भयो, त्यो त रफ उल रहेछ, प्रशोधन नगरिएको ऊन,' दीपबहादुरले सम्झिए। उनले त्यही दिन अर्को कुरा पनि थाहा पाए- कुनै समय नेपालका हिमाली तथा पहाडी क्षेत्रका मान्छेले लगाउने बख्...
‘तालिमले खेती सिकायो, खेतीले पैसा दिलायो’

‘तालिमले खेती सिकायो, खेतीले पैसा दिलायो’

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
फूलुकुमारी (बायाँ) र विमलाकुमारी महतो परिवारमा छ जना छन्, दुई आमाबाबु र चार छोराछोरी। अहिलेको खर्चालु जमानामा यतिको परिवार पालिन, छोराछोरी पढाउन ठूलै खर्च लाग्छ। एक जनाले मजदुरी गरेको भरमा के पार लाग्नु! धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरकी ३६ वर्षीया विमलाकुमारी महतो यस्तै सोच्थिन्। घरभित्रकै सानोतिनो काममा दिन बित्थ्यो। कमाइको काम केही पनि थिएन।  'दिनभर श्रीमानले गरेको मजदुरीबाट जसोतसो परिवार चलेको थियो,' विमलाले भनिन्, 'सबै खर्च एक जनाको मजदुरीको कमाइमा निर्भर थियो।' विमला आफूले पनि केही कमाइ गर्न सके परिवार चलाउन सजिलो हुन्थ्यो भन्ने सोच्थिन्। केही न केही काम गरेर आर्थिक रूपमा आत्मनिर्भर हुन चाहन्थिन् तर कुनै उपाय फेला परेको थिएन। टोलका केही किसानले तरकारी खेतीबाट राम्रो आम्दानी गरेको पनि विमलाले देखेकी थिइन्। आफूले चाहिँ आँट गर्न सक...
नेपाली टायर ‘डेल्टा’ र ‘शेर्पा’ को बजार फैलिँदै, ५० प्रतिशत हिस्सा ओगट्ने योजना

नेपाली टायर ‘डेल्टा’ र ‘शेर्पा’ को बजार फैलिँदै, ५० प्रतिशत हिस्सा ओगट्ने योजना

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
विक्रम सिंघानियाले डेल्टा डिस्ट्रिब्युटर प्राइभेट लिमिटेडमार्फत् बाहिरबाट टायर ल्याएर यहाँ बेच्न थालेको २५ वर्ष भयो। यो काम अनुभवले करिब दस वर्षअघि नै उनलाई हौस्यायो। उनले आफैं टायर उत्पादन गर्ने सोचे। यसनिम्ति उनले ग्रीन टायर्स प्रालि खोले। २०७३ सालमा प्लान्ट जडान सुरू भयो। मोरङको कटारीमा रहेको उनको उद्योग करिब नौ बिगाह जग्गामा फैलिएको छ। यो उनको आफ्नै जमिन हो। २०७६ सालबाट उत्पादन बजारमा पुर्‍याउन थालेको सिंघानियाले जानकारी दिए। उनका अनुसार ग्रीन टायर्सले डेल्टा र शेर्पा गरी दुई ब्रान्डका टायर बजारमा ल्याएको छ। डेल्टा ब्रान्डमा दुई पांग्रेका टायर पाइन्छ भने शेर्पामा तीन पांग्रे र कृषि ट्र्याक्टरमा प्रयोग हुने टायर पाइन्छ। 'अहिले उपभोक्ताहरूले दुवै ब्रान्डका टायर अत्यन्तै रूचाएका छन्,' सिंघानियाले भने। उद्योगले पहिलो चरणमा ट...
आमाछोरीले २५ हजारमा थालेको ‘पहिलो पाइला’, महिनामा ३ लाखको कारोबार

आमाछोरीले २५ हजारमा थालेको ‘पहिलो पाइला’, महिनामा ३ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
लगानी र व्यवसाय सानै सही, उत्साह र लगनले काम गर्दा सफलताको बाटोतर्फ जान सकिन्छ भन्ने दृष्टान्त हुन् आमाछोरी कृष्णकुमारी र चाँदनी श्रेष्ठ। काठमाडौं, बालाजुकी कृष्णकुमारी श्रेष्ठ ५३ वर्षकी भइन्। उनले केही वर्ष सिलाइ व्यवसाय चलाइन्। सिलाइको काम घरबाटै गर्थिन्। बिहे र छोराछोरी जन्मिएपछि फुर्सद निकाल्न कठिन भयो। व्यवसाय छाडेर दुई दशकभन्दा लामो समय घरायसी काममै बिताइन्। कृष्णकुमारीले विगत स्मरण गरिन्, 'दुइटा बच्चा भएपछि घरकै काम भ्याइएन। घर पनि बनाइयो। अनि काम त चटक्कै छाड्नु पर्‍यो।' काम छाडे पनि लुगा सिउने मेसिन घरमै थन्किएको थियो। छोराछोरी हुर्किएर ठूला भए। थन्किएको मेसिन फेरि चलाउने जाँगर चलेको थिएन। एक दिन उनकी छोरी चाँदनीले साथीको बच्चा जन्मेको खुसीमा उपहार दिने कुरा गरिन्। कृष्णकुमारीले आफ्नै मेसिनमा दौराभोटो तयार गरिदिइन्। साथीलाई त्यो लुगा साह्रै मन पर्‍यो...
तीन युवाले ३ करोडमा थालेको ‘डेलिस’ एक वर्षमै भयो १४ करोडको

तीन युवाले ३ करोडमा थालेको ‘डेलिस’ एक वर्षमै भयो १४ करोडको

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
तपाईंले दही त खानु भएकै छ पक्का पनि। घरमै ठेकीमा जमाएको, कुनै भाँडामा जमाएको वा डेरीबाट किनेको खाने गर्नुभएको होला। काठमाडौं उपत्यकाबासीले भक्तपुरको जुजु धौ पनि खानुभएको होला। तपाईंले 'ग्रीक योगर्ट' चाहिँ खानुभएको छ कि छैन त? अंग्रेजीमा दहीलाई योगर्ट भन्छन्। ग्रीक योगर्टमा प्रोटिन बढी र सुगर (चिनीको मात्रा) अत्यन्तै कम हुन्छ। सामान्य दहीभन्दा ग्रीक योगर्टमा पानी पनि कम हुन्छ। विदेशमा पढेर फर्केका तीन जना उद्यमी युवाले अमेरिकी मुलुकहरूमा प्रचलित ग्रीक योगर्टको स्वाद नेपाली बजारमा ल्याएका छन्। संखुवासभाका सूर्य कार्की, चितवनका विनय बोगटी र सन्दीप पौडेलले दुग्ध परिकारका पारखी नेपालीका लागि दहीको नयाँ स्वाद पस्केका हुन्। उनीहरूले बजारमा भित्र्याएको दहीको ब्रान्ड नाम 'डेलिस ग्रीक योगर्ट' हो। उनीहरूले अन्य दुग्ध परिकारसमेत उत्पादन गर्ने गरी डेरी उद्योग सञ्चालन गरेका छन्।&nbs...
पाँच साथीले १५ लाखमा सुरू गरेको ‘अबिर’

पाँच साथीले १५ लाखमा सुरू गरेको ‘अबिर’

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
अबिर भन्नासाथ हाम्रो दिमागमा के आउँछ? रङ, होइन त!  आज यहाँ हामीले कुरा गर्न लागेको 'अबिर' चाहिँ रङ होइन, यो एउटा ब्रान्ड हो जसले अनेक डिजाइनका लुगा उत्पादन गर्छ। त्यो हो– 'अबिर डिजाइनर हब' र संक्षेपमा 'अबिर'। फेसनलाई प्राकृतिक रूपमा उत्पादित कपडासँग जोड्दै डिजाइनसम्बन्धी विषय पढेका पाँच जना साथी मिलेर सुरू गरेका हुन् 'अबिर'। सहकार्यमा छन् रश्मी तन्डुकार, बिनु बज्राचार्य, अञ्जली डंगोल, अनिशा महर्जन र रिकेश कस्ती।  प्राकृतिक कपडा अर्थात सूती (कटन), बाँसको रेसा (बेम्बो), अल्लो, रेशम (सिल्क) आदिबाट बनेका कपडाको माग नेपाली बजारमा बढ्दै जाँदा अबिर सञ्चालनमा ल्याएको बताउँछिन् संस्थापकमध्येकी एक रश्मी तन्डुकार। उनले भनिन्, 'फेसनमा प्राकृतिक कपडा लगाउनुपर्छ भन्ने धारणा विकास हुँदै गएको छ। यसलाई मध्यनजर गर्दै अबिर डिजाइनर हब सुरू गरेका हौं।'  अबिर ...
आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
घरको अचार' ब्रान्डमार्फत् अचार व्यवसाय गरिरहेका आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठ। तपाईंहरू खानामा अचार खानुहुन्छ नि! घरमै बनाउनुहुन्छ होला। सहरको व्यस्त जीवनमा कहिलेकाहीँ किन्नु पनि पर्छ होला। यसरी किनेर खाँदा घरमै बनाएजस्तो स्वाद होस् भन्ने लाग्नु स्वाभाविक हो। तपाईंहरूको यो इच्छा पूरा गरिदिन सक्छ 'घरको अचार' ले।  'घरको अचार' आमा-छोराले सुरू गरेको ब्रान्ड हो। काठमाडौं, थापागाउँका आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठले चार वर्षदेखि विभिन्न स्वादमा घरको अचार बजार पठाइरहेका छन्।  आमा अचार बनाउँछिन्, छोरा आमाले बनाएको अचार बेच्छन्। Advertisement 'हामी आफ्नै भान्सामा अचार बनाउँछौं। बजारमा पाइने अरूभन्दा फरक स्वाद पनि हुन्छ,' कमलाले घरको अचारबारे भनिन्, 'चिकेन, बफ र भेज अचार हाम्रा मुख्य आकर्षण हुन्।' उनी...