२०८१ बैशाख २४

उद्यमशीलता

जग्गा बन्धकीमा लिएर सामूहिक खेती

जग्गा बन्धकीमा लिएर सामूहिक खेती

उद्यमशीलता
म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ । संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिब तथा विपन्न परिवार छनोट गरी जग्गा उपलब्ध गराएको हो । स्थानीय केदारनाथ वाग्ले र शिवप्रसाद वाग्लेको साढे ३६ रोपनी जग्गा बन्धकीमा लिएर वडाका १८ घर परिवारलाई खेती गर्न दिइएको संस्थाका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभयो । वार्षिक रु आठ लाख २५ हजार बुझाउने गरी पाँच वर्षका लागि उक्त जग्गा सम्झौता गरी लिइएको उहाँले बताउनुभयो । अति विपन्न पाँच परिवारलाई रु ६५ हजारका पाँच पाडा खरिद गरी वितरणसमेत गरिएको स्थानीय टेकबहादुर कामीले बताउनुभयो । वडामा रहेका गरिब तथा विपन्न परिवारलाई सबल बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । जग्गा प्रशस्त मात्...
कतारबाट फर्किएर कफी व्यवसाय

कतारबाट फर्किएर कफी व्यवसाय

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतदेखि पोखरा पुग्नु अगावै लुम्ले गाउँ आउँछ । मुटु काम्ने गरी चिसो हावा चल्ने भएरै होला, यस ठाउँलाई लिएर गायक तिलक बम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीत नै गाउनुभएको थियो । लुम्ले गाउँ गीतमा मात्रै सीमित छैन । कृषि, कृषि पर्यटन र कृषि अध्ययन गर्न चाहनेका लागि पनि लुम्ले गाउँ परिचित छ । यही गाउँका २७ वर्षीय युवा नवीन देवकोटाले सडक छेउमा ‘लुम्ले कफी स्टेट’ नाम दिएर ग्राहकलाई आफैँले उत्पादन गरेको जैविक कफीबाट बनेका पेयपदार्थ पिलाउँदै आउनुभएको छ । उहाँले चार वर्षअघि सडक छेउको आफ्नै जग्गामा सानो कन्टेनरमा क्याफे सञ्चालन गर्नुभएको हो । राजमार्ग हुँदै गन्तव्यतर्फ दौडिरहेका यात्रु केही छिन आफ्नो क्याफेमा कफी पिउनलाई रोकिने गरेको देवकोटाले बताउनुभयो । “सडक छेउमा त्यो पनि एकान्त वातावरणमा भएर पनि हुन सक्छ मुस्ताङ, पर्वत, बागलुङ हिँडेका नेपाली र...
चितवन फुटवेयर एक्स्पो हुँदै

चितवन फुटवेयर एक्स्पो हुँदै

उद्यमशीलता
प्रथम चितवन फुटवेयर एक्स्पो यही फागुन १७ गतेदेखि सुरु हुनेभएको छ । चितवन उद्योग सङ्घ र नेपाल जुत्ता घरको संयुक्त आयोजनामा एक्स्पो गर्न लागिएको हो । चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनीमा एक्स्पो हुन लागेको हो । चैत १७ गतेसम्म चल्ने एक्स्पोमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तु र स्वदेशमा तयार गरिएका जुत्ता चप्पल, महिला, पुरुष सबैलाई हुने जुत्ताचप्पल राखिने जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो । विराटनगर, पोखरा, धरानलगायतका ठाउँमा एक्स्पो सम्पन्न गरी चितवनमा गरिएको उहाँले बताउनुभयो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपाध्यायले एक्स्पोमा १० भन्दा बढी ब्राण्डका ४० स्टलबाट एक हजार भन्दा धेरै प्रकारका जुत्ता एकै ठाउँमा पाउन सकिने बताउनुभयो । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले ए...
कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
रामपुर (पाल्पा), १२ फागुन (रासस): हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन । पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थाल्नुभएको छ । कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो । भारतीय सेनामा करिब २४ वर्ष काम गर्नुभएका थापाले सन् २०२१ मा अवकाश लिनुभएपछि आफ्नै पुख्र्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थाल्नुभएको हो । उहाँले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताउनुभयो । थापाले करिब नौ महिनाअघि उक्त व्यवसायमा हात हाल्नुभएको हो । गाउँको भिरालो जमिनमा व...
वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भंँैसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहनुभएको छ । साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उहाँले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्नुुहुन्थ्यो । पुख्र्यौली घर बझाङको छविस पाथिभेरा-२ भएका उहाँले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस जानु भएको थियो । साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उहाँ वैदेशिक रोजगारीमा जानुभएको थियो । सुरुवातमा काम गर्न दुबई पुग्नुभएका उहाँ त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम सुरु गर्नुभयो । करिब १४ महिना दुबईमा काम गर्नुभएका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उहाँ कुवेतमा मासिक रू दुई लाख ९० हजारको जागिर गर्न थाल्नुभयो । ...
जसले नेपाली ब्रान्डलाई पुर्‍याइन् ‘लन्डन फेसन वीक’ मा

जसले नेपाली ब्रान्डलाई पुर्‍याइन् ‘लन्डन फेसन वीक’ मा

उद्यमशीलता, नेपाली ब्रान्ड
गत सेप्टेम्बर १६ मा 'लन्डन फेसन वीक' मा थुप्रै फेसन ब्रान्डले आफ्ना डिजाइनदार लुगा पेस गरे। प्रतिष्ठित मानिने उक्त कार्यक्रममा संसारका कुनाकुनाबाट नाम चलेका फेसन डिजाइनरले आफ्ना नयाँ र मौलिक डिजाइन लुगाफाटा प्रस्तुत गर्ने अवसर पाउँछन्। औपचारिक रूपमा त्यो कार्यक्रममा नेपाली डिजाइनरले त्यो मौका पाएका थिएनन्। सेप्टेम्बर १६ मा भएको उक्त कार्यक्रममा भने अवसरको त्यो ढोका 'मिशुस' ब्रान्डका लागि खुल्यो। यो ब्रान्ड मिशु श्रेष्ठको हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली डिजाइनरका कपडा कमै पुग्ने अवस्थामा मिशुस लन्डन फेसन वीकमा देखिँदा मिशुलाई गर्व अनुभव भएको छ। 'लन्डन फेसन वीकमा सहभागी हुने सपना थियो। तर यति छिट्टो हुन्छ भन्ने सोचेकै थिइनँ,'कुरा गर्दै मिशुले भनिन्, 'एकदमै खुसी लागेको छ। पहिलो पटक औपचारिक रूपमा सहभागी हुनु भनेकै गर्वको कुरा हो। मेरो लागि मात्र होइन देशकै लागि पनि गौर...
अनलाइनमा प्लम्बर : धारा, बिजुली मर्मत कसले गर्छ, कति शुल्क ?

अनलाइनमा प्लम्बर : धारा, बिजुली मर्मत कसले गर्छ, कति शुल्क ?

उद्यमशीलता, कर्पोरेट
काठमाडौं । घरमा धारा, सेफ्टी ट्यांकी, बिजुलीमा समय-समयमा समस्या आइरहन्छ । यस्तो बेला के गर्ने, कसलाई खोज्ने भन्ने दुविधा हुन्छ । फेरि सानोतिनो काम भन्दै मर्मतसम्भारका लागि त्यससम्बन्धी काम गर्ने व्यक्ति पनि हत्तपत्त आइदिंदैनन् । अहिले घरको धारा, सेप्टी ट्यांकी, बिजुलीको मर्मतसम्भार गर्ने जनशक्तिलाई अनलाइनमार्फत नै सम्पर्क गर्न सकिन्छ । त्यस्ता सेवा प्रदायकहरू कहाँ, कति छन् ? कसरी सम्पर्क गर्ने ? कुन क्षेत्रमा काम गर्छन् ? कति शुल्क लिन्छन् ? यहाँ यसै विषयमा चर्चा गरिएको छ । क्वीक फिक्स सम्पर्क : ०१-५९०९५१९ घरको धारा, बिजुली, सीसीटीभी क्यामरा, कम्प्युटर, भान्साको उपकरण मर्मत गर्न क्वीक फिक्सलाई सम्झन सकिन्छ । साथै यसले घर रंगरोगन र पार्केटिङको पनि काम गर्छ । घरको धारा, बिजुली बिग्रिएको छ भने क्वीक फिक्सलाई फोन गरे पुग्छ । क्वीक फिक्सले काठमाडौंसहित वीरगञ्ज र हेट...
बिदा नपाएर जागिर छाडेका थिए, अहिले खेतीबाट कमाउँछन् महिनामै डेढ लाख

बिदा नपाएर जागिर छाडेका थिए, अहिले खेतीबाट कमाउँछन् महिनामै डेढ लाख

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
इख नभएको मान्छे र बिख नभएको सर्पले केही गर्न सक्दैन भन्ने नेपाली उखान वीरेन्द्रनगर, चौखेढुंगाका इमानसिं बस्नेतको जीवनमा ठ्याक्कै चरितार्थ भयो। बिरामी हुँदा बिदा नपाएको झोँकमा जागिर छाडेर हिँडेका इमानसिंह स्वरोजगारीबाट हाल मासिक साढे एक लाख रुपैयाँ कमाइ गर्छन्। उनले राष्ट्रिय स्तरको पुरस्कार पाएका छन्। प्रशिक्षक भएका छन्। मानसम्मान पाएका छन्। इमानसिंको जीवनमा कसरी भयो त यस्तो फड्को? एकै छिन उनको विगततिर फर्कौ र वर्तमान हेरौँ। इमानसिंका बुबा लोगबहादुर भारतीय सेनामा कार्यरत थिए। परिवारको लागि पर्याप्त खाना पुग्ने खेती थियो। इमानसिंलाई आफ्नो पढाइ अघि बढाउन आर्थिक समस्या थिएन। २०५३ सालमा एसएसली परीक्षा उत्तीर्ण गरेका इमानसिंले २०५५ सालमा सुर्खेत बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे। त्यो बेला गाउँका युवाहरू मोटो रकम कमाउने ...
स्पेनिस कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह 

स्पेनिस कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह 

उद्यमशीलता, कर्पोरेट
बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले स्पेनिस कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्। नेपालमा खास गरी जलविद्युत तथा हरित हाइड्रोजन जस्ता पुन: नवीकरणीय ऊर्जामा लगानी गर्न राजदूत पराजुलीले आग्रह गरेकी हुन्। स्पेनका व्यापार संगठनहरुको स्पेनिस महासंघकी (CEO) अध्यक्ष मार्ता ब्ल्यांकोसँग बुधबार राजधानी म्याड्रिडमा भेटघाट गर्दै राजदूत पराजुलीले नेपालमा लगानी गर्न जोड दिइन् । उक्त अवसरमा अध्यक्ष ब्ल्यांकोले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने प्रतिवद्धता व्यक्त गरिन्। सो अवसरमा नेपालमा मल तथा कृषि जन्य उत्पादनहरुको सम्बन्धमा आपसी सहयोगका सम्भावनाहरु बारे पनि छलफल भएको थियो। सन् १९७७ मा स्थापना भएको उक्त महासंघमा स्पेनका सबै क्षेत्रका गरी २० लाख कम्पनीहरू र ४५ सय भन्दा बढी तल्लोतहका संघहरू जोडिएका छन्। महासंघले स्पेनी य...
दुई वर्षमा ३ वटा शाखा, १६ थरी स्वाद

दुई वर्षमा ३ वटा शाखा, १६ थरी स्वाद

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
चिया, साथी र गफ। यति भए हामीलाई के चाहियो! तर चियासँगै मनपर्ने मान्छेसँग मीठो गफका लागि यहाँ खोजे जस्तो ठाउँ नै कति छ र? जाडो होस् वा गर्मी, जहाँ पुगे पनि चिया पिउन रुचाउने राजिव शाही र विष्णु घिमिरेलाई पनि यस्तो ठाउँको अभाव खट्किन्थ्यो। आफ्नै व्यवसाय गरौं भन्ने सोच राखेका विष्णु र राजिवको यही अनुभवले चिया व्यवसायमा सम्भावना देखे। २०७४ तिर त्यही सम्भावनाले सञ्चालन गरे 'चिया घर'। राजिव र विष्णुसँगै थप चार जनाको लगानीमा सुरू भएको चिया घर हाल यी दुईबाहेक कृष्ण गिरीले सम्हाल्दै छन्। चिया घरको विशेषता हो, यहाँ पाइने सोह्र स्वादका चिया र पारिवारिक वातावरण। 'चिया पसल भन्नासाथ सानो ठाउँ, खचाखच मान्छे अनि अशान्त वातावरण बुझ्छौं। कि भने क्याफे, रेस्टुरेन्ट। हामीलाई यो छवि पनि फेर्नु थियो,' सञ्चालक राजिव भन्छन्, 'गाउँ–घरमा परिवारसँग चिया खाँदै आँगनमा गफिन्छौं नि! त्य...