नेपालको पुरानै नक्सा भएको पुस्तक धमाधम बिक्री
१० असार, काठमाडौं । पुस्तक बिक्रेताहरुले नेपालको पुरानो नक्सा र पुरानै पाठ्यक्रमको पुस्तक धमाधम बिक्री गरेको पाइएको छ । यस्ता कतिपय किताबमा मुद्रकको नाम समेत नभएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।
गत जेठ २३ गते शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापिएको पुस्तक जफत गर्नुको साथै बिक्री नगर्न निर्देशन दिएका थिए । श्रेष्ठको निर्देशनपछि पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको बैठकले नेपालको पुरानो नक्सा प्रकाशित भएको पुस्तकको पानालाई नयाँ नक्सा प्रकाशित गरी संशोधन गर्ने निर्णय गरेको थियो ।
Advertisement
सरकारले गत वर्ष लिम्पियाधुरा र लिपुलेकसहितको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको थियो । अब पाठ्यक्रममा नयाँ नक्सा समावेश गर्नुपर्नेमा विगतको पुरानै नक्सासहितको पुस्तक बिक्री भएको पाइएको हो ।
पुस्तक वितरकले बजारमा मौज...









