२०८१ बैशाख १७

शिक्षा

गोरखाका दुई विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरो

गोरखाका दुई विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरो

देश, शिक्षा, समाचार, सामाजिक
१२ वैशाख, गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् । उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक सातादेखि विद्यार्थीहरुमा उक्त समस्या देखिएको पाटनदेवी माविका प्रधानाध्यापक सन्तोष पोखरेलले बताए । Advertisement ‘यही वैशाख पहिलो हप्ताबाट केही विद्यार्थीलाई टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएको थियो,’ उनले भने, ‘अहिले सबै कक्षाका अधिकांश विद्यार्थीमा यो समस्या देखिन थालेको छ ।’ समस्या भएका विद्यार्थीलाई विद्यालय नआउन भनिएको उनले बताए । ‘पठनपाठन नै बन्द गरेका चाहिं छैनौं, तर बिरामी बच्चालाई घरमै बस्न भनेका छौ, बाँकीलाई भौतिक दूरी कायम गराएर पढाइरहेका छौं,’ उनले भने । संस्कृत मावि तान्द्राङका प्रधाना...
धुलिखेल र बनेपाको शैक्षिक संस्था बन्द

धुलिखेल र बनेपाको शैक्षिक संस्था बन्द

देश, शिक्षा, समाचार
काभ्रे । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकको दुई मुख्य नगर धुलिखेल र बनेपाका शिक्षण संस्था भोलिदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) को आजको बैठकले उक्त निर्णय गरेको हो ।  Advertisement प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकले बनेपा र धुलिखेल नगरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । ‘दुई नगरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा हुने सबै शैक्षिक क्रियाकलाप बुधबारबाट बन्द गर्ने निर्णय गरियो’ पोखरेलले भने । उनका अनुसार बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र वैशाख मसान्तसम्म भौतिक उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई सञ्चालन गर्ने निर्णय गरिएको हो । बैठकको न...
मन्त्रिपरिषद् बैठक बोलाइयो, विद्यालय बन्दबारे होला निर्णय ?

मन्त्रिपरिषद् बैठक बोलाइयो, विद्यालय बन्दबारे होला निर्णय ?

देश, शिक्षा, समाचार, सामाजिक
मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले बताए ।  ती मन्त्रीका अनुसार मुख्यतः बैठकमा बढ्दो कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुनेछ ।  Advertisement शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो ।  तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सीसीएमसीको सर्त छ ।  सो प्रस्तावबारे आजको बैठकमा छलफल हुनेछ । चौतर्फीरुपमा विद्यालय बन्द गर्न दवाव बढेको बेला आजको बैठकले के निर्णय गर्छ भन्नेमा चासो बढेको छ । ती मन्त्रीका अनुसार विद्यालय तत्काल बन्द गर्दा नै उचित हुने आफूलाई लागेपनि बैठकले के निर्णय गर्छ भन्नेमा निश्चित नरहेको बताए ।  बैठकबाट स्वास्थ्यसम्बन्धी ...
मनास्लु वल्र्ड कलेजमा यस वर्ष विद्यार्थीहरुको घुइँचो दोब्बर हुने विज्ञहरुको दाबी

मनास्लु वल्र्ड कलेजमा यस वर्ष विद्यार्थीहरुको घुइँचो दोब्बर हुने विज्ञहरुको दाबी

देश, शिक्षा, समाचार
२०७७ कोरोना कहरले गर्दा शिक्षा क्षेत्र उच्च प्रभावमा पर्न गएको छ। यस्तो कठिन परिस्थितिमा निकै शिक्षालय हरु धरासायी हुने स्थितिमा आई पुगेका छन् । शिक्षा क्षेत्रको यस्तो विकराल परिस्थितिमा पनि एउटा तारा २०७७ मा आफ्नो चम्कने यात्रा सुरु गरेको थियो। त्यो हो मनास्लु वल्र्ड कलेज। चुच्चेपाटी स्थित मनास्लु वल्र्ड कलेज २०७७ को नयाँ र सबै भन्दा प्रभावकारी रूपमा विद्यार्थीहरू माझ आफ्नो छाप छोड्न सफल संस्था हो। +२ मा हुन गएको भर्ना दर र विद्यार्थी हरुको आकर्षणले गर्दा यो वर्षको सबै भन्दा बढी ' लाईम लाइट ' मा रहन सफल रह्यो मनास्लु। Advertisement मनास्लु वल्र्ड कलेज नयाँ भएता पनि जोश , विद्यार्थी प्रतिको माया र अभिभावकहरु प्रतिको उच्च आदरले गर्दा काठमाडौंको लोकप्रिय कलेज मध्ये एक हुन पुगेकोछ। भावनात्मक पाटो का साथ साथै विद्यार्थीको शैक्षिक स्तर, विद्यार्थीको ...
शिक्षण संस्था बन्द नगर्न सुझाव, सरोकारवालाले भने–आतंक सिर्जना गर्न खोजियो

शिक्षण संस्था बन्द नगर्न सुझाव, सरोकारवालाले भने–आतंक सिर्जना गर्न खोजियो

देश, शिक्षा, समाचार, सामाजिक
काठमाडौँ, । कोभिड–१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन् ।  नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकोले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरुको थियो ।  Advertisement सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले  आजबस्ने मन्त्रिपरिषद्मा पेश गर्ने भएका छन् ।  मन्त्री श्रेष्ठले यो विषयमा मन्त्रिपरिषदको बैठकमा छलफल गरिने जानकारी दिए । ...
मध्यपश्चिमाञ्चल विश्वविद्यालमा पुनःपरीक्षा नगराउन उच्च अदालतको अन्तरिम आदेश

मध्यपश्चिमाञ्चल विश्वविद्यालमा पुनःपरीक्षा नगराउन उच्च अदालतको अन्तरिम आदेश

देश, शिक्षा, समाचार
सुर्खेत । निकै विवादित बनेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गतको प्रवेश परीक्षा पुनः नगराउन उच्च अदालत सुर्खेतले अन्तरिक आदेश दिएको छ ।  कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अदालतले मंगलबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।  कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि गत फागुन १७ गतेदेखि १९ गतेसम्म प्रवेश परीक्षा लिएको थियो । Advertisement यद्यपि, परीक्षा विवादित भएपछि  नतिजा नै रद्द गरेको थियो । असन्तुष्ट विद्यार्थीको माग अनुसार  चैत २२ गतेका लागि पुनः प्रवेश परीक्षा तोकेको थियो । विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयविरुद्ध प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । विद्यार्थीहरुको माग अनुसार नै उच्च अदालत सुर्खेतका न्यायाधीश राज...
हेटौंडाका निजी विद्यालय भोलिदेखि खुल्ने, उपमहानगरको असहमति

हेटौंडाका निजी विद्यालय भोलिदेखि खुल्ने, उपमहानगरको असहमति

देश, शिक्षा, समाचार, सामाजिक
१७ चैत, हेटौंडा । प्रतिकूल मौसम भएको भन्दै सरकारले देशभरका विद्यालय चारदिन बन्द गर्न भनेपनि हेटौंडाका निजी विद्यालय बुधबारदेखि नै सञ्चालन हुने भएका छन् । केही दिनयता बढेको प्रदूषणका कारण रोगको संक्रमण देखिनसक्ने भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्न सरकारले आग्रह गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का उपमहानगर अध्यक्ष राजकुमार नहर्की र कार्यवाहक जिल्ला अध्यक्ष विनोद सुवेदीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै बुधबारबाट सबै विद्यालय सञ्चालन गर्न आव्हान गरेका छन् । Advertisement ‘हेटौंडा उपमहानगरपालिकाद्वारा सरोकारवालाहरुबीच गरिएको छलफल पश्चात उपमहानगरभित्र घाम लागेर अनुकूल वातावरण बन्दै गएकाले विद्यालय सञ्चालन गर्न उपयुक्त रहेकाले पठनपाठन नियमित गराउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।’ सरकारले सामुदायिक तथा न...
भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

देश, शिक्षा, समाचार, सामाजिक, स्वास्थ्य
१६ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएकाले प्रदूषण बढेको छ । Advertisement देशका विभिन्न स्थानमा डढेलोका घटना बढेकाले वायु प्रदूषण बढेको उनीहरुले बताएका छन् । प्रदूषण कम नभएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षण संस्था बन...
शिक्षामा लगानी अनुरुपको प्रतिफल हासिल हुनुपर्छ : राष्ट्रपति भण्डारी

शिक्षामा लगानी अनुरुपको प्रतिफल हासिल हुनुपर्छ : राष्ट्रपति भण्डारी

देश, राजनीति, शिक्षा, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानी अनुरुपको प्रतिफल हासिल हुनुपर्ने बताएकी छन् । राष्ट्रपति निवासमा आज आयोजित कार्यक्रममा उनले ‘सबैका लागि शिक्षा’ को अवधारणालाई कार्यान्वयन गर्दै हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको पनि बताइन्  । Advertisement राष्ट्रपतिले भण्डारीले भनिन्, “विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको ठूलो भूमिका हुन्छ । विद्यालय र सामाजिक सङ्गठनले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्छ । सरकारका सम्बन्धित निकायले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपर्छ ।” उनले नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्न नीतिग...
नेपाली शिक्षा क्षेत्रको सबै भन्दा भब्य  स्वागत कार्यक्रम मनास्लु वल्र्ड कलेज द्वारा सम्पन्न

नेपाली शिक्षा क्षेत्रको सबै भन्दा भब्य स्वागत कार्यक्रम मनास्लु वल्र्ड कलेज द्वारा सम्पन्न

देश, शिक्षा, समाचार
मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शिक्षा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको हो । कलेजले स्थापनाको पहिलो वर्ष कक्ष ११ मा अध्ययनरत पहिलो व्याचका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम आयोजना गरिएको थियो । चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा नविनीकरण आवश्यकता रहेको बताउँदै पुरानो पाठ्यक्रम अनुसार पढाउनाले विद्यार्थी पछाडि पर्ने बताए । कार्यक्रममा मन्त्री श्रेष्ठले विद्यार्थीहरूले राजनीतिमा पनि चासो राख्नु पर्ने बताउँदै विद्यार्थीहरुले राजनीतिमा चासो नराख्नले नै आजको नेपालको राजनीतिक भविष्य नरहेको बताए । उनले भने, ‘विद्यार्थीहरूले राजनितीलाई नकारात्मक रूपमा हेर्ने गरेकाले नै आजको नेपालको राजनितीक भविष्य उज्वल...