२०८१ बैशाख ८

शिक्षा

एसईई जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी

एसईई जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी

देश, शिक्षा, समाचार
१२ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ । शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको हो । Advertisement परीक्षा नियन्त्रक रामराज खकुरेलले जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारीमा जुटेको बताए । उनले भने, ‘बोर्डले मिति तय गरेको छैन । तर, जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारी थालेका छौं ।’ सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी शिक्षा ऐन जारी नभएसम्म एसईई सञ्चालनको अधिकार बोर्डलाई नै दिएको छ । परीक्षा संचालनको अधिकार प्राप्त गरेपछि बोर्डले यस ...
प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

देश, शिक्षा, समाचार, सामाजिक, स्वास्थ्य
भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । छात्रा नाथको टाउकामा चोट लागेको छ । Advertisement छात्राका बुवा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको बताए । “छोरी विद्यालय गएकी थिइन्”, उनले भने, “घर आउँदा बेहोस भइन् । अस्पताल ल्याएका छौँ, टाउकामा चोट लागेको छ ।” छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्...
असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

देश, शिक्षा, समाचार
६ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । Advertisement उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर हामीले यो वर्षको शैक्षिक सत्र दुई महिनापछि धकेल्ने निर्णय गरेका छौं ।’ संशोधित शिक्षा नियमावलीमा, ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ’ भन्ने वाक्यांश उल्लेख छ । एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ । सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र ...
छात्रालाई होटलमा लगेर परीक्षा लिने शिक्षक जेल चलान

छात्रालाई होटलमा लगेर परीक्षा लिने शिक्षक जेल चलान

देश, शिक्षा, समाचार, सामाजिक
पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोप लागेका एक शिक्षक जेलचलान भएका छन् । छात्रालाई एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको समेत प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेलचलान भएका हुन् । गत मंसिरमा छात्रालाई पोखरादेखि झण्डै २० किमी टाढा रुपातालको एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका बस्ताकोटीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । Advertisement छात्रालाई होटलमा लगेर परीक्षा लिएको सार्वजनिक भएपछि माघ ५ गते अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यालय प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई पक्राउ गरेको थियो ।  शिक्षक पक्राउ पछि प्रहरीले आवश्यक अनुसन्धान गरी तीनै...
एसईई पुरानै शैलीमा : नेताहरु भन्छन्– संघीयताको मर्म र भावना विपरीत

एसईई पुरानै शैलीमा : नेताहरु भन्छन्– संघीयताको मर्म र भावना विपरीत

देश, शिक्षा, समाचार
२८ माघ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने सरकारको निर्णयप्रति विद्यार्थी संगठनका नेताहरुले विरोध जनाएका छन् । यो निर्णय संघीयताको मर्म र भावना विपरीत भएको उनीहरुको ठहर छ । नेकपा सम्बद्ध अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले यो निर्णय सरकारले सच्याउनुपर्ने बताए । ‘सरकारको यो पछिल्लो निर्णय संघीयता र एसईईको जुन ट्र्याक बनाइएको थियो, त्यसको विरुद्धमा छ । यो कुनै हालतमा स्वीकार्य छैन ।’ Advertisement यसैगरी नेपाली कांग्रेस सम्बद्ध नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले पनि सरकारको यो निर्णय खेदजनक भएको बताए । संघीयताको मर्म, भावना र शिक्षा नीतिमा रहेको प्रावधान विपरीत सरकारले निर्णय गरेको उनको भनाइ छ । ‘प्रदेश र स्थानीय तहलाई निकम्मा बनाएर शिक्षाको अधिकार आफैंसँग राख्ने मन्त्रिपरिषदको निर्णयले के...
मनास्लु वर्ल्ड कलेज अब स्नातक तहको आरोहणमा अग्रसर : बि.बि.एसको भर्ना खुल्यो

मनास्लु वर्ल्ड कलेज अब स्नातक तहको आरोहणमा अग्रसर : बि.बि.एसको भर्ना खुल्यो

देश, शिक्षा, समाचार, सूचना
चुच्चेपाटी स्थित हालै मात्र संचालनमा आएको र सर्वाधिक लोकप्रियता प्राप्त गर्न सफल मनास्लु वर्ल्ड कलेजले बि. बि. एस.को भर्ना प्रकृया सुचारु गरेको छ।प्लस टू को भर्नामा राम्रो छाप बनाएको मनास्लु वर्ल्ड कलेजले बि. बि. एस. तथा अन्य स्नातक तहका कार्यक्रममा पनि त्यस्तै प्रभाव पार्ने देखिन्छ। Advertisement कलेजका अध्यक्ष गेन्द्र लामाले यस वर्ष १२ कक्षा उत्तीर्ण गरी बस्नु भएका विधार्थीहरुलाई शुभकामना दिनुहुंदै मनास्लु वर्ल्ड कलेजको ढोका सबैकोलागि खुल्ला रहेको बताए।संस्थाका प्रबन्ध निर्देशक राजन श्रेष्ठले आफ्नो ट्याग लाइन ‘ अ होम फर फ्युचर लिडरस ‘ लाई ध्यानमा राखेरै सबै पठन-पाठन सञ्चालन भइरहेको र हुँदै जाने बताएका छन्।बि .बि. एस.को भर्ना फारम तल दिइएको लिंकमा क्लिक गरी भर्न सक्नु हुनेछ। https://manasluworldcollege.com/Manaslu Collegemanasluworldcollege.co...
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

देश, शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको सोमबारको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको हो । बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला गरी मंसिरमा र संक्रमित परीक्षार्थीहरुको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो ।   परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २७१ जना सहभागी भएका थिए । जसमा आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ ।  Advertisement कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ । परीक्षा स्थगित भएका परीक्षार्थीको वि...
निजी स्कुलमा विद्यार्थी घटे, सरकारीमा खचाखच

निजी स्कुलमा विद्यार्थी घटे, सरकारीमा खचाखच

देश, शिक्षा, समाचार, सामाजिक
१३ माघ, काठमाडौं । कोरोना महामारीकाबीच यसवर्ष निजी स्कुलबाट आएका ६०० विद्यार्थीले बुटवलको कान्ति माध्यमिक विद्यालयमा नयाँ भर्ना भए । विद्यालयले करिब ६०० विद्यार्थीलाई भर्ना लिन नसकेर फर्कायो । विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार कोरोनाकालमा आर्थिक स्थिति कमजोर भएर निजी विद्यालयमा पढ्न मुस्किल परेका विद्यार्थी सामुदायिकमा भर्ना हुन आएका हुन् । Advertisement यो समस्याले आएका सबै विद्यार्थीलाई विद्यालयको भौतिक पूर्वाधार र शिक्षक अभावका कारण भर्ना लिन नसकेको उनले बताए । विद्यालयमा अहिले विद्यार्थी संख्या करिब ३८०० पुगेको छ । अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने र आफ्नै स्कुल बस भएकाले पनि बुटवलको कान्ति मावि विद्यार्थी र अभिभावकको रोजाइमा परेको हो । यो विद्यालय लुम्बिनी प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा गनिन्छ । उता डो...
आयुर्वेद स्नातक तहको लाइसेन्स परीक्षाको फारम खुल्यो

आयुर्वेद स्नातक तहको लाइसेन्स परीक्षाको फारम खुल्यो

देश, शिक्षा, समाचार
काठमाडौं । आयुर्वेद स्नातक तह बीएएमएस उत्तिर्ण गरेकाहरुको स्थायी नाम दर्ता सम्बन्धी लाइसेन्स परीक्षा फागुन ८ गते सञ्चालन हुने भएको छ । Advertisement आयुर्वेद चिकित्सा परिषद नेपालले जारी गरेको सूचना अनुसार परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले माघ १३ गतेदेखि फारम भर्न सक्छन् । आयुर्वेद स्नातक उत्तिर्ण गरेका विद्यार्थी परीक्षामा सहभागी हुन कम्तीमा ६ महिना इन्टर्नशीप पुरा गरेको हुनुपर्ने आयुर्वेद चिकित्सा परिषद नेपालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।  परीक्षामा सहभागी हुन माघ १३ देखि २७ गतेसम्म नियमित दस्तुर र माघ २८ देखि फागुन ४ गतेसम्म थप दस्तुर तिरेर फारम भर्न सकिने सूचनामा उल्लेख छ ।  साभार: रातोपाटी ...
सितलहरका कारण विद्यालय बन्द

सितलहरका कारण विद्यालय बन्द

देश, शिक्षा, समाचार, सामाजिक
रौतहट । एक सातादेखि चलेको शीतलहरका कारण रौतहटको गरुडा नगरपालिकाका सबै सामूदायिक विद्यालय ३ दिन बन्द गर्ने निर्णय भएको छ ।  गरुडा नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोभिड–१९ को थप जोखिम बढेकाले आजदेखि मंसिर ६ गतेसम्म सबै सामुदायिक विद्यालयमा बिदा दिइएको हो । Advertisement लगातार एकसाता देखिको शीतलहरको कारण रौतहटका साथै बारा,पर्सा,सर्लाही लगायत तराईको जनजीवन प्रभावित बनेको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या न्युन देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको छ । साभार: रातोपाटी ...