२०८१ बैशाख १६

सबै विद्यार्थीको रोजाइ गोल्डेन गेट : विद्यार्थीलाई उत्कृष्ठ सामाजिक हस्ती बनाउने सूत्र भएको कलेज

गोल्डेन गेट इन्टरनेशनल कलेज नेपाली शिक्षा क्षेत्रको एक प्रवल संस्थाका रूपमा स्थापित छ। काठमाण्डौ लगायत बाहिरका सबै जिल्लाका हरेक विद्यार्थीको पहिलो ३ रोजाइ मध्ये एक गोल्डेन गेट इन्टरनेशनल कलेज पर्न गएको प्रमाणित भएको छ। 


अलाई फर टीन्स इन्टरनेशनल नामक बहुराष्ट्रिय युवा लक्षित संस्थाको एक अनलाइन सर्वेक्षणले यो कुरा प्रमाणित गरेको छ। 


गुणस्तरीय शिक्षा, खेलकुद, प्राक्टिकल ल्याब आदि जस्ता कुरा त सबै शिक्षा सम्बन्धित संस्थाका आधारभूत कुरा हुन्। यस्ता सम्पूर्ण आधारभुत आवश्यकताहरु अधिकतम गुणस्तरमा प्रदान गर्न गोल्डेन गेट सफल हुँदै आएको छ।


तर यस्तो के विशेष कुरा छ जसले गर्दा सबै १० कक्षा पास गरी +२ पढ्न लागेका विधार्थी हरु गोल्डेन गेट पढ्न लालाहित छन्? त्यो हो ,” हरेक क्षेत्रको उच्च स्तरमा गोल्डेन गेटका प्रोडक्ट (विधार्थी) को बाक्लो उपस्थिति ‘ 


Advertisement



हाल सम्मकै उत्कृष्ट मिस नेपाल शृंखला खतिवडा देखिन नेपाली क्रिकेटलाई यहाँ सम्म पुर्याउने क्याप्टेन पारस खड्का। सांगीतिक क्षेत्रको सकिरा भनेर चिनिने इन्दिरा जोशी देखिन एम.आई.टी र हार्वर्डमा नाम निकाल्न सफल प्रभाकर काफ्ले सम्म। यहाँ सम्म की नेपाल टेलिभिजन की सबै भन्दा कनिष्ट न्युज रिडर शैल सुमन सिलवाल देखिन नेपालकै कनिष्ठ सिइओ श्रदेश आचार्य सम्पूर्ण प्रतिभावान व्यक्तित्वको सफलताको सुरुवात गोल्डेन गेट इन्टरनेशनल कलेज बाट भएको हो। 


आज हामी उल्लेख गर्ने छौ गोल्डेन गेट इन्टरनेशनल कलेजको उत्कृष्ट विद्यार्थीलाई अति-उत्कृष्ठ सामाजिक हस्ती बनाउने सूत्र : 

१. दूरदर्शी सिइओ रमेश कुमार सिलवाल 


शिक्षा क्षेत्रको अब्बल हस्तिका रूपमा चिनिन्छन् राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव तथा गोल्डेनगेट एजुकेशन नेटवर्कका अध्यक्ष रमेश कुमार सिलवाल। विद्यार्थीलाई एक नजरमा मापन गरेर कुन विद्यार्थीको कुन गुणलाई अधिकतम उजागर गर्ने दूरदर्शिता छ उहाँमा। ‘गुणलाई आधार मानेर विद्यार्थीलाई सही मार्ग निर्देशन गर्ने र सबै सम्भव स्रोत उपलब्ध गराउन सिइओ सर जहिले तत्पर रहिसिन्छ ‘ – युवा उद्यमी श्रदेश आचार्य हामीलाई बताउँछन्। 


२. अन्तराष्ट्रिय एक्सपोसर 


राष्ट्रिय स्तरमा केही गर्नु छ भने अन्तराष्ट्रिय स्तरमा अध्ययन अनुसन्धान गर्नु पर्दछ भन्ने विचार राख्दछन गोल्डेन गेटका सम्पूर्ण सञ्चालक। बेला बखतमा अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धा, गोष्ठी लगायतमा सहभागिता देखिन अन्तराष्ट्रिय हस्ती सँगको अन्तरकृयाले विद्यार्थीलाई निरन्तर ठूलो सोच राख्न टेवा पुगाएको छ। 


३. विद्यार्थीको गुण अनुसारको अवसर प्रदान


माछालाई तैरिने क्षमताको आधारमा मूल्याङ्कन गर्नु पर्दछ न की रुख चढने क्षमता मा ‘ गोल्डेन गेटका हरेक शिक्षकको भनाइ यही छ। सबैको लागि शिक्षा महत्वपूर्ण छ तर शिक्षा द्वारा प्राप्त ज्ञान जती सक्दो आफ्नो ‘ प्यासन ‘ लाई अझ बलियो बनाउने हुनु पर्दछ । यो विशेष मूलमन्त्रले होला, गोल्डेन गेटमा सबै क्षेत्र ( ईन्जिनियरिङ् , मेडिकल, व्यापार, खेलकुद, सामाजिक सेवा, सरकारी निकाय, राजनीतिक सेवा, फ्यासन डिजाइन, कला ) मा रुचि राख्ने विद्यार्थीको संख्या उच्च देखिन्छ।

स्वहि विद्यार्थी भविष्यमा माथि उल्लेखित हस्ती हरु जस्तै बन्न सफल हुने छन्। 

अर्को लेखमा : गोल्डेनगेटका गोल्डेन अनुभव (हाल अध्यनरत तथा पूर्व विद्यार्थीहरू बाट)


यो वर्षको १० कक्षा पास गरी काठमाण्डौमा आफ्नो उच्च शिक्षा हासिल गर्ने विचार बोकेका विद्यार्थीहरूका लागि गोल्डेन गेट इन्टरनेशनल कलेजले आफ्नो हृदयका द्वार खुल्ला रहिरहने बताएको छ। 

For Free Career Counseling of SEE passed students : 9869496698 (Ally For Teens Internationals (P) Ltd.)

Copy link
Powered by Social Snap