सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने विद्यार्थी धेरै
१६ साउन, काठमाडौं । पछिल्लो ५ वर्षमा सरकारी छात्रवृत्तिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीमध्ये सबैभन्दा धेरै पाकिस्तान गएको पाइएको छ ।
विभिन्न देशले नेपाल सरकारमार्फत नेपाली विद्यार्थीलाई स्नातकदेखि अनुसन्धान तहसम्म छात्रवृत्ति दिँदै आएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन माग गरेर योग्यता पुगेका विद्यार्थी छनोट गरी सिफारिस दिने गरेको छ ।
मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार नेपालबाट पाकिस्तानका साथै चीन, इजिप्ट, थाइल्याण्ड, श्रीलंका र रुसमा विद्यार्थीहरु गएका छन् ।
पाकिस्तानमा ६३ जना नेपाली विद्यार्थी छात्रवृत्तिमा एमबीबीएस पढ्न गएका छन् । २०७४ मा १० जना, २०७५ मा १० जना, २०७६ मा ९ जना, २०७७ मा १० जना र २०७८ मा १० जना पाकिस्तान गएका हुन् ।
बी फार्ममा २०७४ मा ३ जना, २०७८ मा १ जना, इन्जिनियरिङतर्फ २०७४ मा १ जना, २०७५ मा ५ जना र २०७...









