२०८१ बैशाख १२

उत्कृष्ट प्लस टु कलेजको खोजीमा हुनुहुन्छ ? त्यसो भए मनास्लु आउनुस्




काठमाडौँ- कोरोनाका कारण केही ढिलो सञ्चालन भएको गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) यो वर्षको सुरुवातमा (वैशाखमा) सम्पन्न भएको छ। परीक्षा पश्चात् यतिबेला राष्ट्रिय परीक्षा बोर्ड उत्तरपुस्तिका परीक्षण गरिरहेको छ र यो अन्तिम चरणमा रहेको छ। परीक्षा बोर्डले जतिसक्दो छिटो नतिजा प्रकाशन गर्ने तयारीमा रहेको बताइरहँदा विद्यार्थीहरू पनि आफ्नो आगामी शैक्षिक गन्तव्य छनोट गर्ने कार्यमा व्यस्त छन्। खासगरी एस.इ.इ पछिको पढाइले व्यक्तिको आगामी शैक्षिक भविष्य निर्धारण गर्ने हुँदा यो छनोट महत्वपुर्ण हुन्छ। यस्तो अवस्थामा के पढ्ने, कस्तो संस्थामा पढ्ने, कुन विषय पढ्दा के हुन्छ लगायतका जिज्ञासा विद्यार्थीहरूमा रहेको हुन्छ। त्यसमा पनि आफ्नो शैक्षिक भविष्यको मार्गचित्र कोर्न कुन संस्था उपयुक्त होला भन्ने कौतुहलता अधिकांश विद्यार्थीमा रहेको हुन्छ। त्यही प्रश्नको उत्तर खोज्ने क्रममा मात्र एजुकेसनले एउटा उत्कृष्ट प्लस टु कलेजको बारेमा यो सामग्री तयार पारेको छ।



Advertisement



राजधानीको चाबहिल चुच्चेपाटि स्थित के.एल. टावर सँगै छ मनास्लु वर्ल्ड कलेज। शिक्षा क्षेत्रमा लामो समय अनुभव हासिल गरेका अध्यापकहरूको एउटा समूहले निर्माण गरेको ‘मनास्लु टिम अफ एन्टरप्रेनर’ द्वारा सञ्चालित यो कलेज छोटो समयमै आफ्नो गुणस्तर द्वारा परिचित हुन सफल शैक्षिक संस्थाका रूपमा रहेको छ। चक्रपथ सडकको कोटेश्वर, महाराजगन्ज, जोरपाटी र बौद्ध-महाकाल चारैतिर बाट आउँदा सार्वजनिक यातायात बाट सजिलै पुग्न सकिने यो कलेजका आफ्नै खाले विशेषता छन्। खासगरि जीवनोपयोगी शिक्षा दिनुपर्छ र २१ औँ शताब्दीमा कुनै डिग्री हासिल गरेको व्यक्ति कागजको खोस्टो मात्रै भएको बेरोजगार बन्नु हुँदैन भन्ने कुरामा कलेज प्रशासन सचेत छ। त्यस्तै किताबको परीक्षा सँगै जीवनको परीक्षा पास हुनुपर्छ, सुखी मात्रै होइन खुसी हुन सक्नुपर्छ र आजको मानव उद्यमशील हुनुपर्छ भन्ने सिद्धान्त बाट कलेज निर्देशित छ।

‘अ होम फर फ्युचर लिडर्स’ अर्थात् भावी नेतृत्वको घर भन्ने नारासहित स्थापित यस कलेजले हरेक क्षेत्रमा सक्षम नेतृत्व जन्माउने प्राथमिक उद्देश्य राखेको छ। त्यसका लागि कलेजले विद्यार्थीले रोजेको विषयमा प्रयोगात्मक ज्ञान दिने गर्दछ। प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालित छ र यी संकायमा भर्ना भएका विद्यार्थीले कोर्सको माग अनुसारकै प्रयोगात्मक ज्ञान लिन्छन्। त्यसका लागि कलेजले बैंक सम्बन्धी तालिम, होटल व्यवस्थापन सम्बन्धी तालिम, सञ्चालन गर्दै आएको छ। त्यस्तै मानविकीमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि रेडियो, टेलिभिजन स्टुडियोहरूको भ्रमण गराई प्रयोगात्मक शिक्षा दिइन्छ। विद्यार्थीहरू सिप नभएर बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले तालिम लिन चाहने विद्यार्थीलाई कलेजले फोटोग्राफी, भिडियोग्राफी, ग्राफिक डिजाइनिङ आदिको तालिम पनि दिने गरेको छ। कानुन संकाय पढ्ने विद्यार्थीका लागि कानुनका विज्ञहरू ल्याएर र अदालत भ्रमण गराएर पनि कलेजले आजको परिवेश सुहाउँदो शिक्षा दिने गरेको छ। त्यस्तै फरक फरक विषयका लागि कलेजले फरक फरक सुविधा सम्पन्न ल्याबहरूको व्यवस्था गरेको छ।

आफ्ना विद्यार्थीहरूको असल चरित्र र संस्कार निर्माणमा समेत मनास्लु वर्ल्ड कलेजले विशेष ध्यान दिने गरेको छ। त्यसका लागि आजको पुस्ताका विद्यार्थीको मनोभावना बुझ्न सक्ने दक्ष र तालिमप्राप्त अध्यापकहरू मनास्लुले छनोट गरेको छ। विद्यार्थी केन्द्रित शिक्षण सिकाइ पद्धति अवलम्बन गर्ने यी अध्यापकहरू उच्च शैक्षिक योग्यता र अनुभव प्राप्त छन्। शिक्षण सिकाइलाई एउटा रोचक प्रक्रिया बनाउनुपर्छ भन्ने मान्यता राख्ने मनास्लु वर्ल्ड कलेज विद्यार्थीमा अन्तर्निहित रहेका रुचि र प्रतिभा विकास गरी त्यसैलाई उसको भविष्य बनाउने प्रयास गर्छ।

मनास्लुको अर्को प्रमुख विशेषता हो अतिरिक्त क्रियाकलाप। खासगरी स्कुल तह पार गरिसकेपछि अतिरिक्त क्रियाकलाप कम हुने र त्यसले विद्यार्थीको सिकाइप्रतिको अभिरुचि कम हुने बुझेको मनास्लु व्यवस्थापनले क्याम्पस तहमा पनि अतिरिक्त क्रियाकलापलाई पहिलो प्राथमिकतामा राखेको छ। त्यसैले मनास्लुमा फुटबल, बास्केटबल, भलिबल, गायन, नृत्य लगायतका अन्य थुप्रै प्रतियोगिताहरू नियमित सञ्चालन हुन्छन्। यस्ता कार्यक्रमहरूले विद्यार्थीको आत्मविश्वास बढ्ने, थप मेहनत गर्ने प्रेरणा मिल्ने र उ भित्र लुकेर रहेका प्रतिभा प्रस्फुटित हुने कलेजको विश्वास छ।

कुनैपनी शैक्षिक संस्थाको वातावरण र भौतिक पूर्वाधारले त्यहाँ लिन सकिने ज्ञानको मात्रालाई पनि प्रतिनिधित्व गर्दछ। त्यही कारण मनास्लुले शान्त तथा पारिवारिक वातावरणमा विश्व स्तरीय भौतिक संरचनाहरूको संयोजन गराएको छ। क्याम्पसका प्रत्येक कक्षाकोठामा एसी, प्रोजेक्टर लगायतका आधुनिक सामग्री जडित छन् जसले आधुनिक शिक्षण प्रक्रियालाई सहज बनाएको छ। त्यस्तै कलेज हाताभित्र हजारौँ पुस्तक र अध्ययन सामग्रीहरू सहितको पुस्तकालय सञ्चालनमा छ भने विद्यार्थीहरूले लग इन गरेर असीमित अध्ययन सामग्रीहरू प्राप्त गर्नसक्ने इ-लाइब्रेरीको सुविधा समेत कलेजले उपलब्ध गराउँछ।

यति धेरै सुविधा सम्पन्न कलेजको बारेमा पढ्दै गर्दा तपाईँको मनमा यो कलेज महँगो होला भन्ने प्रश्न पक्कै उठ्यो होला ? तर मनास्लुको अर्को मुख्य विशेषता नै सर्वसुलभ शुल्कमा स्तरीय शिक्षा हो। यदि तोकिएको शुल्क पनि तिर्न नसक्ने विद्यार्थी आए पनि मनास्लु प्रशासनले उसलाई निराश बनाउँदैन। त्यस्ता विद्यार्थीका लागि मनास्लुले विभिन्न छात्रवृत्तिको व्यवस्था गरेको छ। सम्भव हुँदासम्म कलेजले आफैँ त्यस्ता विद्यार्थीलाई छात्रवृत्ति दिन्छ भने त्यो कोटा सकिएको अवस्थामा पनि कलेजले नै विद्यार्थीलाई विकल्प दिने गरेको छ। यस्तो अवस्थामा कलेजले आफूले सम्झौता गरेका विभिन्न सरकारी, गैर-सरकारी संस्था सँग त्यस्ता विद्यार्थीलाई जोडिदिएर अध्ययनको अवसर प्रदान गर्छ। त्यसकारण आर्थिक समस्या भएका विद्यार्थी पनि मनास्लुको ढोका भित्र आएपछि पढाइको अवसरबाट वञ्चित हुनुपर्ने छैन।

प्रमाणपत्र मात्रै दिने भन्दा पनि जीवनोपयोगी सिप दिनुपर्छ, २१ औँ शताब्दीको विद्यार्थी आफ्नो क्षेत्रको नेतृत्व गर्नसक्ने र विश्व स्तरमा प्रतिस्पर्धा गर्नसक्ने हुनुपर्छ, आजको विद्यार्थी जागिर खाने होइन सिप सिकेर जागिर दिने उद्यमशील भावनाको हुनुपर्छ भन्ने मान्यता राख्ने मनास्लु वर्ल्ड कलेज यिनै विशेषताहरूका कारण तपाईँका लागि उपयुक्त प्लस टु कलेज हो। तपाईँ थप जानकारी लिनका लागि यहाँ क्लिक गरेर मनास्लुको वेबसाइट र यहाँ क्लिक गरेर फेसबुक पेज सँग पनि जोडिन सक्नुहुन्छ।

Copy link
Powered by Social Snap