२०८१ बैशाख २०

महासचिव न्यौपानेद्धारा नेशनल प्याब्सनको सातौ महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उठ्ने घोषणा

काठमाडौँ, १८ फागुन

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (National PABSON) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव सुवास न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।


Advertisement


एपेक्स लाइफ स्कूलका संस्थापक एवम कार्यकारी निर्देशक न्यौपानेले आज पत्रकार सम्मेलन गरेर संस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी हुने बताउनुभयो । सो सङ्गठनको महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ ।

नेशनल प्याब्सनको काठमाडौँ जिल्लाका पूर्वअध्यक्ष न्यौपानेले अग्रज र सक्रिय विद्यालय सञ्चालकले आफूलाई समर्थन गर्ने र आपसी परामर्शबाट अन्य पदाधिकारी तय गर्ने बताउँदै संस्थाको आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, प्राकृतिक विपद् राहत कोषमा रकम वृद्धि गर्नेसहित १३ बुँदे योजना सार्वजनिक गर्नुभयो ।

पूर्वअध्यक्ष कर्णबहादुर शाहीलगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत लामो समयेदेखि नेपालमा स्थापित रहेका निजी तथा आवासीय विद्यालयले शैक्षिक उन्नयनका लागि ठूलो योगदान गरेको र देश सुहाउँदो सर्वाङ्गीण विकासका लागि आवश्यक शैक्षिक जनशक्तिको निर्माण गरी देशको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणतर्फ अघि बढाउने दायित्वबाट निजी विद्यालय कहिल्यै पछि नपरेको बताउनुभयो ।

आफ्नो उम्मेदवारी सम्बन्धमा न्यौपानेद्धारा जारी प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरू ः

विगत लामो समयेदेखि नेपालमा स्थापित रहेका निजी तथा आवासीय विद्यालयहरूले शैक्षिक उन्नयनका लागि ठूलो योगदान गरेको तथ्य सबैमा जाहेर छ । देश सुहाउँदो सर्वाङ्गीण विकासका लागि आवश्यक शैक्षिक जनशक्तिको निर्माण गरी देशको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणतर्फ अघि बढाउने दायित्वबाट निजी विद्यालयहरू कहिल्यै पछि परेका छैनन÷पर्दैनन् ।
राष्ट्रिय निर्देशन ऐन २०१८ अन्र्तगत स्थापित निजी तथा आवासीय विद्यालय एशोसियसन (नेशनल प्याब्सन) ले निजी स्वामित्वको संरक्षण संवद्र्धन गर्दै सदस्य विद्यालयहरूको हक, हित तथा चासोको विषयलाई सम्बोधन गरिरहेको छ । यस संगठनलाई विभिन्न समयमा शिक्षाप्रेमी कुशल नेतृत्वकर्ताहरूले आफ्नो नीति अनुरूप कार्यक्रमहरू अगाडि बढाइरहेको सन्दर्भमा आसन्न महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि मार्गप्रशस्त गर्नेनै छ । तसर्थ, अग्रज नेतृत्वको सुझवझपूर्ण कार्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ सशक्तरूपमा फराकिलो रूपान्तरणका लागि म लगायत हाम्रो समूह नेतृत्व लिने तयारीमा जुटेको छ ।

उच्च शिक्षाको अध्ययनपछि विसं २०५४ सालमा राजधानी काठमाडौँको पुरानो वानेश्वरमा निजी विद्यालय स्टयानफोर्ड इन्टरनेशनल स्कुलको स्थापना गरी त्यसको संस्थापक प्राचार्यको रूपमा काम गरेसँगै नेपालको निजी क्षेत्रको शैक्षिक विकासमा मेरो सहभागिता र संङ्लग्नता जारी छ । हाल फाउण्डर एजुकेटिभ डाइरेक्टरका रूपमा एपेक्स लाइफ स्कूल सरस्वतीनगर चावहिल, काठमाडौँमा कार्यरत छु ।

२०६० सालमा नेशनल प्याब्सनको सदस्यता लिई २०६३ देखि संगठनको विभिन्न भूमिकामा काम गर्ने क्रममा पहिलोपटक काठमाडौँको जिल्ला उपाध्यक्ष तथा दोस्रो पटक अध्यक्षमा निर्वाचित भएपछि यस संस्थामा आफ्नो लगन, प्रतिवद्धता, कर्तव्यनिष्ठता र निरन्तरताका कारण तेस्रो पटक सर्वसम्मत अध्यक्ष भएर काम गर्ने महत्वपूर्ण भूमिका पाए । संगठनप्रतिको सतत क्रियाशीलता र समर्पण एवम् लगावका कारण केन्द्रीय समितको सचिव तथा त्यसपछि निर्वाचित महासचिवका रूपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेको व्यहोरा अवगत गराउँदछु ।

शैक्षिक उन्नयन र विकासमा निजी क्षेत्रबाट यस संस्थाका माध्यमबाट निरन्तर समर्पित रहेको व्यक्तिका रूपमा यही फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुन गइरहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेशनल प्याब्सनको महाधिवेशनमा आफूलाई अध्यक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरेको छु । मुलुकको वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्धाहरूको न्यायोचित समाधानका लागि र यस व्यावसायिक पेशागत संगठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतीशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउन कृतसंकल्पका साथ सातौ राष्ट्रिय महाधिवेशनमा आफूलाई केन्द्रीय अध्यक्षको उम्मेदवार घोषणा गरेको छु ।

केन्द्रिय अध्यक्षमा मेरो उम्मेदवारी किन ?

१) निजी विद्यालयको हक, हित संरक्षण र यसको संवद्र्धन गर्न । कम्पनी अन्र्तगतको निजी स्वामित्वको संरक्षण गर्न ।

२) २१ औ शताब्दिको समयसापेक्ष सीपमूलक र जीवनोपयोगी शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाउन । निजी विद्यालयको स्तरोन्नति र गुणस्तरीय शिक्षालाई महत्वका साथ अघि बढाउन । निजी र सामुदायिक विद्यालयबीचको फराकिलो तथा विभेदकारी नीतिको अन्त गर्न ।

३) वर्तमानमा देखिएका निजी विद्यालयका समस्या र शैक्षिक मुद्धाहरूलाई ठिक ढङ्गले तार्किक निष्कर्षमा पु¥याउन । शैक्षिक लगानीका लागि मैत्रिपूर्ण वातावरण सृजना गर्न ।

४) निजी क्षेत्रको सामाजिक र शैक्षिक योगदानलाई स्थापित, व्यवस्थित र समयानुकूल बनाउन ।

५) विद्यार्थीको चौतर्फी विकास हुने शिक्षा प्रणालीको विकास गर्न । साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार गर्नमा योगदान दिन ।

६) एन प्याब्सनलाई सेवामूलक र व्यावसायिक संस्थाका रूपमा विकास गर्न ।

७) समयसापेक्ष सीपमूलक, जीवनउपयोगी व्यवहारिक पाठ्यक्रम निर्माण गर्न ।

८) संस्थागत विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ता ( सञ्चालक)हरूको हक, हित, संरक्षण र संवद्र्धन गर्नुका साथै उनीहरूको पेशागत तथा अन्य सुरक्षाको प्रत्याभूति दिलाउन ।

९) नेपाल सरकार, निजी शैक्षिक संस्था र सामुदायिक शैक्षिक संस्थाहरूको बीचको सम्बन्धलाई थप मजबुद बनाउन ।

१०) शिक्षण सिकाईलाई उपलब्धिमूलक बनाउन शिक्षकहरूलाई व्यावसायिक विकास ( एचयाभककष्यलब िमभखभयिऊभलत) मा आवद्ध बनाउन ।

११) शिक्षाको माध्यमबाट समाज र राज्यप्रतिको दायित्वलाई आगामी दिनमा उचित व्यवस्थापन गर्दै आम समुदायको विश्वास बढाउन । कोरोनाले क्षति पु¥याएको यस क्षेत्रको उत्थान र विकास तथा देशको सङ्घीय संरचना अनुरूप संगठनलाई अघि बढाउन ।

१२) आर्थिक इमान्दारीताको पालना गर्दै केन्द्रीय कार्यालयलाई व्यवस्थित गर्नुका साथै यसै कार्यकालमा केन्द्रीय कार्यालयको आफ्नै भवन निर्माण र संस्थागत संरचना बनाउन प्रतिबद्धता व्यक्त गर्दछौ ।१३) प्राकृतिक विपद् राहत कोषलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न ।

सामूहिक एकता, निरन्तर छलफल, सम्बन्धित विज्ञ एवम सरोकारवालाको सुझाव सल्लाहबमोजिम आधुनिक युग सुहाउँदो शैक्षिक जनशक्ति तयार गर्ने र मुलुकको समग्र विकास तथा शैक्षिक पर्यटनको विकासमा समेत योगदान दिने कार्यमा सम्पूर्ण अभिभावकहरू, शुभेच्छुक र पत्रकार मित्रहरूको सकारात्मक सुझावको अपेक्षा गर्दछौ । विगत साढे दुई दशकदेखि निरन्तर यस संगठनको इमान्दार सिपाही बनी विभिन्न तह र तप्कामा बसेर संगठनको शुद्धिकरण र सुदृढीकरणमा आफ्नो योग्यता, क्षमता र कौशलताको उपयोग गरी जिम्मेवारीलाई न्याय पनि गरेको सन्र्दभ स्मरण गराउन चाहन्छु ।

क्षमता र योग्यता उमेरले हैन सत्यप्रतिको निष्ठाबाट प्राप्त हुन्छ । यसै विश्वासका साथ म, हामी र हाम्रो संगठनको ज्ञान, सीप र अनुभवद्धारा संगठनलाई आगामी दिनमा अझ बढी उत्साहका साथ आफ्नो जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धताको सन्देश सम्प्रेषणका लागि तपाई पत्रकारहरूमार्फत सम्पूर्ण प्रिन्सिपल, सञ्चालक, शिक्षक तथा सरोकारवालाहरूमा सविनय अनुरोध गर्दछु ।
अन्तमा यस कोरोना महामारीबाट दिवंगत हुनुभएका सम्पूर्ण शिक्षा सेवामा समर्पित साथीहरूमा हार्दिक श्रद्धासुमन अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

धन्यवाद
जय नेशनल प्याब्सन
सुवास न्यौपाने
अध्यक्ष पदका प्रत्याशी, नेशनल प्याब्सन

Copy link
Powered by Social Snap