वर्ष २०७८ को सबै भन्दा ठूलो “विधार्थी स्वागत तथा बिदाई कार्यक्रम” : मनास्लु वर्ल्ड कलेज
काठमाडौं । काठमाडौंको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले आज बिहीबार नव आगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा १२ कक्षा सकेका विद्यार्थीलाई विदाई गरेको छ । विदाई समारोहमा विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गरेका थिए । मन्त्री खतिवडाले विद्यार्थीलाई पढ्न उत्प्रेरित गरेका थिए । उनले आफ्नो वाल्यकालको बारेमा पनि जानकारी गराउँदै कलेजको उच्च प्रशंसा गरेका थिए ।
Advertisement
‘मनास्लु कलेजले गरेको प्रगतिबारे म खुशी छु, दोस्रो वर्षमा नै यति धेरै विद्यार्थीलाई पढाउन सफल भएकोमा क्याम्पसलाई बधाई दिन्छु’ उनले भने ‘ कलेज व्यवस्थापन र कलेज सञ्चालकको मिहनेत र उत्साहका कारण नै कलेजले यो सफलता हात पारेको हुन सक्छ ।’ मन्त्री खतिवडाले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हु...









