२०८१ बैशाख ६

कर्पोरेट

ओपो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा आउँदै, जान्नुहोस यसका फिचर्स

ओपो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा आउँदै, जान्नुहोस यसका फिचर्स

अर्थतन्त्र, कभर स्टोरी, कर्पोरेट, नेपाली ब्रान्ड
साभार: सेतोपाटी चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले आफ्नोनयाँ फोन नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीको प्ल्याशिप मोडलको यो फोनमा ६.४० इन्चको डिस्प्ले रहेको छ। स्न्याप ड्र्यागन ७१० प्रोसेसर प्रयोग गरिएको यो फोनमा ३७०० एमएएच क्षमताको ब्याट्री रहेको छ। Advertisement २५ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यो फोनमा १२‌‌‌‍‍ + २० मेगापिक्सेलको प्राइमेरी क्यामेरा सेन्सर रहेको छ। ५० वाटको सुपर भोको फ्ल्यास चार्जर फिचर्स भएको यो फोनमा थ्रीडी स्क्यानर फिचर्स पनि रहेको छ। ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेजसम्मको भेरियन्ट घोषणा गरेको कम्पनीले नेपालमा कुन भेरियन्ट ल्याउने र मूल्य कति हुने भनेर निर्धारण भने गरिसकेको छैन। ...
प्याजमा कालोबजारी गर्नेलाई न्युन जरिवाना मात्रै

प्याजमा कालोबजारी गर्नेलाई न्युन जरिवाना मात्रै

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: OnlineKhabar २ असोज, काठमाडौं । प्याजमा कालोबजारी गर्दै गर्दा रङ्गेहात फेला परेका व्यवसायीलाई वाणिज्य विभागले सामान्य जरिवाना तिराएर छोडेको छ । भदौ ३१मा असोज एक र दुई गते बल्खु, कालीमाटी र तीनकुनेका तरकारी बजारमा दोब्बर मूल्यमा प्याज बिक्री गरिरहेका ७ व्यापारिक फर्मलाई नगद जरिवाना गराएर विभागले उन्मुक्ति दिएको हो । बिहीबार ६ वटा प्याज व्यवसायीलाई ९ लाख ६५ हजार जरिवाना तिराएर थप कारबाही नगरेको विभागले शुक्रबार कालीमाटीको एक पसललाई ५० हजार जरिवाना तिराएको छ ।बिहीबार उलक तरकारी भण्डारलाई ५५ हजार, दुलाल आलु भण्डारलाई  ५५ हजार, व्यवसायी बिशेष गौतमलाई ५५ हजार रुपैयाँ विभागले जरिवाना गरेको थियो । Advertisement यस्तै रञ्जन आलु प्याज भण्डारलाई दुई लाख ५० हजार, पशुपति आलु प्याज स्टोरलाई दुई लाख ५० हजार, आके ट्रेडर्सलाई तीन लाख रुपैयाँ विभागले ...
महँगोमा प्याज बेच्ने बल्खुका व्यापारी पक्राउ

महँगोमा प्याज बेच्ने बल्खुका व्यापारी पक्राउ

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । महँगोमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् ।  भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ ।  Advertisement काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनिविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ । ...
भारतले प्याज निर्यात रोक्यो, नेपालमा ह्वात्तै बढ्यो मूल्य

भारतले प्याज निर्यात रोक्यो, नेपालमा ह्वात्तै बढ्यो मूल्य

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: OnlineKhabar ३० भदौ, काठमाडौं । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए । भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा आलु-प्याजको होलसेल व्यापार गर्दै आएका दधिराम उप्रेतीले भने, ‘भारतबाट प्याज आउन छोडेपछि नेपालमा पनि पाउनै छोड्यो ।’ Advertisement कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । जबकी अघिल्लो दिनसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो । भारतले निर्यात रोकेको बहानामा व्यापार...
लकडाउन र निषेधाज्ञामा ग्यासको खपत ५० प्रतिशतले घट्यो

लकडाउन र निषेधाज्ञामा ग्यासको खपत ५० प्रतिशतले घट्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: CLICKMANDU काठमाडौं । लकडाउन र निषेधाज्ञाको समयमा ग्यासको खपत घटेको छ । लकडाउन र निषेधाज्ञाले पूर्णरुपमा होटल तथा रेष्टुराँ बन्द भएसँगै ग्यासको खपत घटेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । सरकारले चैत ११ गते लकडाउन गरेलगत्तै बजारमा ग्यासको अभाव देखिएको थियो । त्यसबेला व्यवसायीहरूले आधा सिलिण्डर भएपनि उपलब्ध गराएको थियो । तर, लामो समयको बन्दाबन्दीका कारण अधिकांश मानिसहरू आफ्ना गृह जिल्ला फर्कने र पूर्णरुपमा व्यवसाय बन्द भएसँगै बजारमा ग्यासको अभाव हुन छोडेको छ । हाल विगतको तुलनामा ग्यासको खपत ३० प्रतिशतले घटेको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । दैनिक एक लाखभन्दा बढी सिलिण्डर खपत हुनेमा अहिले ह्वात्तै घटेको उनले बताए । उनका अनुसार उपत्यमामा सबैभन्दा धेरै होटल, रेष्टुराँ तथा अन्य व्यवसाय बन्द भएकाले ग्यासकोे खपत कम भएको उनको भनाइ छ । साथै स्क...
कोकाकोला र पेप्सीबीचको लडाँइ, जमिनदेखि अन्तरिक्षसम्म

कोकाकोला र पेप्सीबीचको लडाँइ, जमिनदेखि अन्तरिक्षसम्म

अर्थतन्त्र, कर्पोरेट
Credit: CLICKMANDU तपाईंले यदि कोकाकोलाकम्पनीमा काम गर्ने कुनै कर्मचारीलाई के तपाईं पेप्सी पिउनुहुन्छ ? भनेर सोध्नु भयो भने उसले पेप्सीकाबारेमा भएका खराबीहरुको ठूलो लिस्ट नै बनाउन सक्छ । तिसम्म कि उसको कुरा सुनेर तपाईं आफै पनि जीवनभर नै पेप्सी पिउने बारेमा फेरि सोच्न समेत सक्नुहुन्छ । ठीक यसैगरी पेप्सी कम्पनीमा काम गर्ने कर्मचारीलाई सोही प्रश्न सोध्नु भयो भने उसले पनि कोकाकोलाबारे ठ्याक्कै त्यही नै भन्न सक्छ । कोला बजारमा लडिएको यो लडाइ अर्थात् कोला वारको शुरुवात ७० को दशकमै शुरु भएको थियो । दुबै कम्पनीले बनाएको कोला ड्रिंग्सको स्वादमा धेरै अन्तर छैन । यद्यपि उनीहरु एक अर्कालाई माथ दिनका लागि निकै आकर्षित मार्केटिङका तरिका अपनाएका छन् । ‘पेप्सी च्यालेन्ज’ तथा कोकाकोलाका गल्तीहरुसन् १९७५ मा पेप्सी वा पेप्सीको उकासिँदो नयाँ बजारमा पकड बनाउनका लागि एउटा विज्ञापन शुरु ...
‘निरन्तरको लकडाउनले होटलमा थपिएको नयाँ लगानी जोखिममा’

‘निरन्तरको लकडाउनले होटलमा थपिएको नयाँ लगानी जोखिममा’

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: सेतोपाटी कोरोना महामारी नियन्त्रणका लागि भन्दै संसारभर जारी गरिएको लकडाउन खुकुलो हुँदै गए पनि नेपालमा भने छ महिनासम्म जारी हुँदा अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको व्यवसायीले बताएका छन्। लकडाउनका कारण पुगेको क्षतिलाई न्यूनीकरण गर्न कुनै पनि राहत नदिएको र अर्कोतिर बन्दमात्र गर्दै जाँदा व्यवसाय र व्यवसायीमात्र नभएर लाखौं नेपाली बेरोजगार बन्ने जोखिम बढेको उनीहरूको भनाइ छ। कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको पर्यटन र त्यसमा पनि होटल व्यवसायीले सरकारले घोषणा गरेको राहत अहिलेसम्म कसैले पनि नपाएको र पाए पनि त्यसबाट उद्धार सम्भव नहुने मेयरियट होटलका सञ्चालक शशिकान्त अग्रवालले बताए।  नेपाल राष्ट्र बैंकले होटल तथा पर्यटनसँगसम्बन्धी अन्य उद्योगलाई एक वर्षसम्म ब्याज तिर्न नपर्ने व्यवस्था गरिदिएको थियो। त्यस्तै पाँच प्रतिशत ब्याजदरमा पुर्नकर्जा दिने पनि व्यवस...
९४ करोडको आयुर्वेदिक औषधि निर्यात, ३२ प्रतिशतले बढ्यो निर्यात

९४ करोडको आयुर्वेदिक औषधि निर्यात, ३२ प्रतिशतले बढ्यो निर्यात

अर्थतन्त्र, कर्पोरेट, स्वास्थ्य
साभार: सेतोपाटी गएको आर्थिक वर्ष नेपालको वस्तु व्यापार घाटा थोरै भएपनि घट्यो। अघिल्लो वर्ष १३ प्रतिशतले बढेको यस्तो वस्तु व्यापार घाटा गएको वर्ष भने १५ प्रतिशतले घटेको छ। वस्तु व्यापार घाटा न्यून हुनुमा लकडाउन लागू भएपछि केही उच्च मूल्यका वस्तुको आयात घट्नु तथा केही वस्तुको आयात आर्थिक वर्षको सुरुदेखि नै न्यून हुनु रहेको छ। वस्तु व्यापार घाटा न्यून हुनुको कारण निर्यात बढेर भन्दा पनि आयात घटेर भएको हो। आयात पनि नेपाल आत्मनिर्भर भएर भन्दा पनि कोरोना भाइरसजन्य परिस्थितिका कारण हो। यस्तोमा नेपालबाट धेरै मूल्यका निर्यात हुने २० वस्तुमध्ये तीनओटा वस्तुकोमात्र निर्यात बढेको छ। यो सूचीको कूल निर्यातमा ६१ प्रतिशत हुन्छ। यो सूचीमा रहेका पाम आयल जुन विदेशबाट कच्चा तेल ल्याएर नेपालमा रिफाइन गरेर निर्यात गरिन्छ। यसको निर्यात ७७ प्रतिशतले बढेर गएको वर्ष १८ अर्ब ३१ करोड रुपैया...
बंगलादेशबाट ‘पैंचो’मा ५० हजार मेट्रिक टन मल ल्याउँदैछौं: मन्त्री भूसाल

बंगलादेशबाट ‘पैंचो’मा ५० हजार मेट्रिक टन मल ल्याउँदैछौं: मन्त्री भूसाल

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: सेतोपाटी सरकारले बंगलादेशबाट पचास हजार मेट्रिक टन रासायनिक मल पैंचो ल्याउने भएको छ। मंगलबार प्रधानमन्त्री केपी ओली र बंगालादेशी प्रधानमन्त्री शेख हसिनाबीच तत्काल पचास हजार मेट्रिक टन रासायनिक मल ल्याउने सहमति भएको हो। कृषि मन्त्री घनश्याम भूसालका अनुसार किसानलाई रासायनिक मलको चरम अभावलाई टार्न उक्त बराबरको मल पैंचो ल्याउने सहमति दुवै देशका प्रधानमन्त्रीबीच भएको हो। मल समयमै नआएपछि कृषि मन्त्रालयले बंगलादेशसँग पैंचोका लागि केही समयदेखि नै अनुरोध गर्दै आएको थियो। ‘बंगलादेशबाट पिएमकै लेभलमा कुरा गरेपछि मात्र टुंगो लाग्न सक्ने भनेपछि मैले प्रधानमन्त्रीलाई मल पैंचो ल्याउने विषयमा जानकारी गराएको थिएँ,’ भूसालले भने, ‘उहाँले आज बंगलादेशी प्रधानमन्त्रीसँग कुरा गरेपछि यो टुंगो लागेको हो।’ भूसालले पन्ध्र दिनभित्रमा उक्त रासायनिक मल ल्याउने दुवै देशका प्रधानमन्त्र...
२१ वर्ष मै केइली कसरी बनिन् विश्वकै कान्छी धनाढ्य ?

२१ वर्ष मै केइली कसरी बनिन् विश्वकै कान्छी धनाढ्य ?

अर्थतन्त्र, कर्पोरेट, हलिउड/बलिउड
Credit: CLICKMANDU काठमाडौं । यदि तपाईंलाई संसारको सबैभन्दा धनी व्यक्तिको नाम सोधियो भने सजिलैसँग उत्तर दिनुहुन्छ । भन्नुहुन्छ, विल गेट्स । लामो समयसम्म अर्बपतिको सूचीमा एकछत्र राज गरेका गेट्सलाई पछार्दै इ–कमर्स प्लेटफर्म अमेजनका मालिक जेफ बेजोस अग्रस्थानमा आइसकेका छन् । एकवर्ष अघि बेजोसले गेट्सलाई पछि पार्दै सबैभन्दा धनीको नाम लेखाएपछि उनी दोस्रो भएका छैनन् । पछिल्लो समय बेजोसको सम्पत्ति २ सय विलियन डलर पुग्दा गेट्सको सम्पत्ति ११६ विलियन डलरमा सीमित भएको छ । अर्थात् गेट्सको तुलनामा बेजोस निकै अगाडि पुगिसकेका छन् । यसै क्रममा सबैभन्दा कान्छी अर्बपतिको सूचीमा भने २१ वर्षे एक युवतीले नाम लेखाउन सफल भएकी छिन् । फोब्र्सले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार युवा धनाढ्यको सूचीमा पर्न सफल भएकी युवती हुन् केइली जेनर । हाल उनी २३ वर्षकि भइसकेकी छन् । केइलीभन्दा अघि विश्...