२०८१ बैशाख १३

कर्पोरेट

नेपाली एग्रिकल्चर जर्नालिष्टहरुको भनाइ : सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

नेपाली एग्रिकल्चर जर्नालिष्टहरुको भनाइ : सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले किसानबाट उत्पादित धान सहकारीमार्फत् तोकेको मूल्यमा खरिद गर्ने यसअघि नै जनाइसकेको छ । नेपाल सरकारले गत जेठ २ गते चालू आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल रु दुई हजार सात सय ७३५ रुपियाँ र मध्यम धानको प्रति क्विन्टल रु दुई हजार आठ सय ८५ न्यूनतमे समर्थन मूल्य तोकेको थियो । सहकारीमार्फत धान खरिद गर्न कृषि मन्त्रालयले निर्देशिका जारी गरेको छ । एसोसियसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्ट (अनाज) ले आज ‘धानको समर्थन मूल्य कार्यान्वयनको अवस्था र भावी कार्यदिशा’ विषययमा आयोजना गरेको संवादमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका निमित्त सचिव योगेन्द्रकुमार कार्कीले धान राज्यले किनिदिने निर्णयसँगै किसानका अन्य समस्या समाधानको बाटो पनि खुल्दै गएको बताने । उनले भने, “धान किन्न सबैलाई खुल्ला छ...
खसीबोका बेच्न काठमाडौं आउने किसान घटे

खसीबोका बेच्न काठमाडौं आउने किसान घटे

अन्तर्वार्ता, कर्पोरेट, देश, समाचार
७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसीबोका न्यून देखिएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका बिक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । आजको दिन काठमाडौंका मुख्य चोकहरुमा पुग्दा किसानहरुले खसीबोका बिक्रीका लागि राखेको देखिन्छ । तर यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरुले बताएका छन् । Advertisement कोरोना संक्रमणको जोखिमका कारण पर्याप्त संख्यामा खसीबोका ल्याउन समेत नसकेको उनीहरुले बताए । यसरी काठमाडौं आइपुग्ने खसीबोकाको बिक्री वितरण अनौपचारिक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर बिक्री गर्नेभन्दा सस्तोमा ...
दसैँमा डेरी उद्योग पनि बन्द गरिँदै, २ दिन किसानको दुध नउठ्ने

दसैँमा डेरी उद्योग पनि बन्द गरिँदै, २ दिन किसानको दुध नउठ्ने

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
काठमाडौं । यो वर्षको दसैँमा डेरी उद्योगहरु समेत बन्द हुने भएका छन् । अत्यावश्यक मानिएका र विगतका वर्षहरुमा दसैँ तिहारमा समेत खुला हुने सेवाहरु धमाधम बन्द गर्ने निर्णय भएसँगै डेरी उद्योग पनि बन्द गर्ने तयारी गरिएको हो ।  नेपाल डेरी उद्योग संघले आइतबार र सोमबार (नवमी र विजयादशमी) को दिन आफ्ना सबै उत्पादनहरु बन्द गर्ने तयारी गरेको अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । यो निर्णयका लागि संघले शुक्रबार दिउँसो कार्यसमितिको बैठक डाकेको छ । सो बैठकले यसबारे औपचारिक निर्णय गर्ने अध्यक्ष सापकोटाले जानकारी दिए । संघले त्यस्तो निर्णय गरेका निजी क्षेत्रबाट सञ्चालित कुनै पनि डेरीका उत्पादन २ दिनसम्म ठप्प हुनेछन् । यो अवधिमा औपचारिक क्षेत्रले किसानबाट किन्दै आएको दुध बजारबाट उठाइने छैन । स्थानीय डेरी फर्महरुले भने स्टक सामानको बिक्री भने निरन्तर रुपमा गर्न सक्नेछन् । Advertis...
च्याङ्ग्राको व्यापारमा ह्रास; भाउ आकाशिएपछिको परिणाम

च्याङ्ग्राको व्यापारमा ह्रास; भाउ आकाशिएपछिको परिणाम

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ ।  चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य छैन । रु ९५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै दुई गुणा पर्न जाने मासु व्यवसायी कृष्ण खड्काले बताए । मुस्ताङबाट हिँडेको च्याङ्ग्रा व्यापारीहरुले बागलुङ बजारमा ल्याएका छन् । कोरोनाका कारण तिब्बतबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि मुस्ताङमा मात्रै उत्पादित च्याङ्ग्राले बजारको माग धान्नै धौधौ परेको छ । मूल्य बढी पर्ने भएकाले गत वर्षको तुलनामा च्याङ्ग्राको व्यापार घट्दै गएको बागलुङबाट मुस्ताङ गएर पाँच वर्षदेखि च्याङ्ग्रा ल्याउँदै आएका अम्मरबहादुर क्षेत्रीले जानकारी दिए । “यसपालि च्याङ्ग्रा कम छ...
AIT द्वारा आयोजित अन्तराष्ट्रिय सिइओ टक मा अनिल केशरी शाह

AIT द्वारा आयोजित अन्तराष्ट्रिय सिइओ टक मा अनिल केशरी शाह

अर्थतन्त्र, आर्थिक, कर्पोरेट, देश, बैँक/ बीमा, समाचार
AIT (Asian Institute of Technology) को PMBF (Professional Masters in Banking and Finance) ले आयोजना गर्न लागेको "सातौं सिइओ टक" मा नबिल बैंकका कार्यकारी प्रमुख अनिल केशरी शाह निमन्तृत भएका छन्। उक्त कार्यक्रम भोलि असाेज २९ गते दिउँसो १:४५ बजे (नेपाली समय) zoom webinar मार्फत हुँदैछ। Advertisement कार्यक्रम को उप शीर्षक "How NABIL future-proofed itself" भएका ले सिइओ शाह ले भविष्य लाई ध्यान मा राखी आफ्नो र नबिल बैंक को कार्य योजना विस्तृत रूप मा सुनाउने छन्। उक्त कार्यक्रम बैंकिङ क्षेत्रमा आबद्ध सम्पूर्ण का लागि प्रभावकारी भएका ले इच्छुक व्यक्ति यस लिंक बाट रजिष्ट्रेशन गर्न सक्नेछन्। https://zoom.us/webinar/register/WN_skZf4HIkS5ewQsbklipa5Q ...
अबैध लताकपडा तथा किराना सामान भन्सारमा बुझाइयो

अबैध लताकपडा तथा किराना सामान भन्सारमा बुझाइयो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । भन्सार छली ल्याइएको २ लाख ६७ हजार बराबरको लताकपडा तथा किराना सामग्री बरामद गरि भन्सार कार्यालयमा बुझाइएको छ । असोज २२ गते इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित सडकमा उक्त सामग्री बरामद गरेको थियो । Advertisement भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भित्राएको २ लाख ६७ ६ सय ९५ रुपैंया बराबरको कपडा तथा किराना सामग्री समेत पक्राउ सोमबार भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ । ...
डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो

आर्थिक, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो । अब काठमाडौंमा डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंया कायम भएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैंयामा यथावत छ । Advertisement अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले १५/१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गरिएको बताए । ...
गुणस्तरहीन स्यानिटाइजरमाथि धमाधम विभागको कारवाही, थप दुई उत्पादनमाथि लाग्यो प्रतिबन्ध

गुणस्तरहीन स्यानिटाइजरमाथि धमाधम विभागको कारवाही, थप दुई उत्पादनमाथि लाग्यो प्रतिबन्ध

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । कोरोना महामारीसँगै बजारमा आएका स्यानिटाइजरको गुणस्तर परीक्षणको कामलाई औषधि व्यवस्था विभागले तिव्रता दिएको छ । पछिल्लो समय विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने दुई कम्पनीको उत्पादन बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ ।  विभागले बुधबार एक सूचनामार्फत सेफ ह्याण्ड २०० एमएल र ह्याण्ड रब इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर १ लिटरको परीक्षणका क्रममा न्यून गुणस्तर रहेको पाइएकाले प्रतिबन्ध लगाइएको जनाएको छ ।  Advertisement हालसम्म विभागले बिक्री वितरणमा प्रतिबन्ध लगाएका ह्याण्ड स्यानिटाइजरको संख्या २० पुगेको छ ।  असोज १२ गते पनि औषधि व्यवस्था विभागले ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको थियो ।  ...
अनुगमनका क्रममा बरामद प्याज किलोको ६० रुपैयाँमै बिक्री गरिने

अनुगमनका क्रममा बरामद प्याज किलोको ६० रुपैयाँमै बिक्री गरिने

अर्थतन्त्र, कर्पोरेट
Credit: OnlineKhabar ७ असोज, काठमाडौं । अनुगमनको क्रममा काठमाडौंस्थित कालीमाटी र बल्खु तरकारी बजारबाट बरामद गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारबाट बिक्री गर्ने भएको छ । बरामद गरिएको करिब १२० क्विन्टल प्याज सुपथ मूल्यमा बिक्री गर्ने तयारी अन्तिम अवस्थामा पुगेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुबेदीले अनलाइनखबरलाई जानकारी दिइन् । Advertisement मंगलबार साँझ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको थियो । बुधबारबाटै प्याजको बिक्री थाल्ने भनिए पनि मुचुल्का उठाउने र प्याजको जोख्ने कार्य नसकिएका कारण बिहीबारबाट मात्रै प्याज बिक्री सुरु गरिने सूचना अधिकारी सुबेदीले बताइन् । व्या...
नेपाली चियाले पायो आफ्नै ट्रेडमार्क

नेपाली चियाले पायो आफ्नै ट्रेडमार्क

अर्थतन्त्र, कर्पोरेट, शेयर बजार
साभार: रातोपाटी काठमाडौँ । अब विश्व वजारमा नेपाली ट्रेडमार्कको चिया चिनिने भएको छ । चियामा आत्मनिर्भर रहेको नेपालले भारतलगायत विभिन्न देशमा आफ्नो चिया निर्यात गर्दै आइरहेको थियो तर आफ्नो टे«डमार्क नहुँदा विभिन्न देशमा आ–आफ्नै ट्रेडमार्क राखेर बिक्री वितरण हुने गर्दथ्यो । अब त्यो समस्या समाधान हुने भएको छ । नेपाली अर्थोडक्स चिया अब ‘नेपाल टी क्वालिटी फर्म द हिमालयज’ को ट्रेडमार्कको नामले चिनिनेछ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आज इलामको फिक्कलमा एक कार्यक्रम गरी सो ट्रेडमार्कको घोषणा गरेका हुन् । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका १२ वटा चिया उद्योग तथा सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न कृषि मन्त्री भुसालले आज इजाजत प्रदान गरेका हुन् ।   ट्रेडमाकका लागि ४२ वटा चिया...