२०८१ बैशाख ७

डा. बाबुराम भट्टराई चुनाव नलड्ने 




काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आशन्न निर्वाचनमा चुनाव नलड्ने भएका छन् । आफ्नो ठाउँले सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने पनि उनले अपेक्षा गरेका छन् ।



Advertisement



“म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ । म त्यहॅा साथमा हुनेछु,” डा. भट्टराईले चुनाव नलड्ने स्पष्ट पार्दै भनेका छन्, “चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन ।”

 सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता तथा समाजको सेवा गर्ने साधन रहेको पनि उनले बताएका छन् । “म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु ।”



आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेको उनले दाबी गरेका छन् । केही शुरू भएका आयोजना पूरा हुन बॉकी रहेको र ती आयोजना पूरा गर्न संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गर्ने पनि उनले स्पष्ट पारेका छन् । 

Copy link
Powered by Social Snap