२०८१ बैशाख १५

प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक रहेको पौडेलको भनाइ




दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा आज यहाँ आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई खतरामा पार्ने खेल भइरहेको बताए । 



Advertisement



वरिष्ठ नेता पौडेलले अधुरा काम पूरा गर्न आफ्नो उमेदवारी रहेको बताए । गाउँमा विकास र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो भन्दै नेता पौडेलले विदेशिने युवा शक्तिलाई स्वदेशमा बस्ने वातावरण बनाउनुपर्ने बताए ।  



गठबन्धन सत्ताका लागि नभइ देशमा सुशासन कायम गर्न, प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न भएको उनले बताए । देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढाएको उनले बताए । 

Copy link
Powered by Social Snap