२०८० चैत्र १६

तीन निर्वाचन चिह्नमा हेरफेर




काठमाडौं । निर्वाचन आयोगले तीन निर्वाचन चिह्नमा हेरफेर गरेको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्धारितमध्ये तीन चिह्नमा सामान्य हेरफेर गरिएको आयोगले जनाएको छ ।



Advertisement



“निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको हो,” आयोगद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।



हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र स्वतन्त्र उमेदवारका लागि निर्धारित चिह्नअन्तर्गत डोजर र क्रस खुकुरीमा हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

6-291665826765.jpg

Copy link
Powered by Social Snap