२०८१ बैशाख १५

स्वार्थकेन्द्रित भएर जसपा गठबन्धनबाट बाहिरियो : महत




काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न सत्ता गठबन्धन बनेको भन्दै यो कायम रहने बताएका छन् ।



Advertisement



शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले गठबन्धन अहिले पनि आवश्यक रहेकाले निर्वाचनपछि समेत निरन्तर अघि बढ्ने बताए । संविधानलाई संस्थागत रूपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिबद्धत रहेको उनको भनाइ छ ।

महतले स्वार्थकेन्द्रित भएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएको उल्लेख गरे ।



यस्तै, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले देशको आवश्यकता र संविधानको रक्षाका लागि गठबन्धन जन्मिएको भन्दै अहिले पनि गठबन्धन आवश्यक रहेको बताए । नेपाली कांग्रेस र माओवादी नमिले फेरि मुलुकमा प्रतिगमनको खतरा हुने उनको भनाइ छ ।

महराले अहिलको गठबन्धनलाई २० वर्षसम्म पनि सँगै अघि बढाउनुपर्ने धारणा राखे ।

Copy link
Powered by Social Snap