२०८१ बैशाख १३

बलिउड अभिनेत्री मनिषा कोइरालाले मागिन् राप्रपाको पक्षमा मत




काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले राप्रपाको पक्षमा मत मागेकी छन् । 



Advertisement



शुक्रबार बसन्तपुरमा भएको कार्यक्रममा बोल्दै उनले आफ्ना हजुरबुबा बीपी कोइराला र राजा महेन्द्रबीच सहकार्य हुन नपाउँदा देश असहज स्थितिमा पुगेको बताइन् । अहिले त्यो मौका आएको ठहर उनको थियो । 

Manisha-basantapur1668166806.jpg

“धेरै पहिले बीपी बा र श्री५ महेन्द्र सरकार दुवै एक/दुईमा असाध्यै आदर राख्नुहुन्थ्यो । तर, उहाँहरुले कहिले पनि सहकार्य गर्न पाउनुभएको थिएन,” उनले भनिन्, “त्यतीबेला ठूलो एउटा मौका गुमाएको थियो । अहिले त्यस्तै मौका हाम्रो ढोकामा आएको  छ । अब यो मौकालाई गुमाउनु हुँदैन ।” 



साथै, उनले भ्रष्टचार गर्नु आमाको रगत खानु हो भन्ने राजेन्द्र लिङ्देनको भाषणले आफू प्रभावित भएको उल्लेख गरिन् । 

“म यहाँ उभिएको छु राजेन्द्रजीको मुहार हेरेर उहाँको भाषण सुनेर,” उनले भनिन्, “भ्रष्टचार गर्नु भनेको आमाको रगत खानु हो भन्ने कुरा मलाई मन पर्यो । त्यो सुनेर मलाई लाग्यो कि असल नेतृत्व नेपालले पायो अनि मलाई उहाँ मर्न पर्न थाल्यो ।”

कोइरालाले अरुले बिर्से पनि राजेन्द्र लिङ्देनले बीपीलाई सम्झिरहेको दाबी गरिन् ।

Copy link
Powered by Social Snap