२०८१ बैशाख १३

जनताको जीवनस्तर उकास्न पाँच दलीय गठबन्धन आवश्यक : गृहमन्त्री खाँण





काठमाडौं । गृहमन्त्रीसमेत रहेका रूपन्देही–३ का प्रतिनिधिसभा सदस्य उमेदवार बालकृष्ण खाँणले अहिलेको गठबन्धनले जनताको जीवनस्तरलाई परिवर्तन गर्ने बताएका छन् । शुक्रबार नेपाल महिला संघ रूपन्देहीले भैरहवाका आयोजना गरेको कार्यक्रममा नेपाल र नेपाली जनताको जीवनस्तर उकास्न पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको बताए ।



Advertisement



खाँणले नेपालका ठुला परिवर्तन कांग्रेसको अग्रसरमा नै भएको दाबी गरे । अब देशको आवश्यकता आर्थिक समृद्धि भएकाले रूपन्देहीलाई आर्थिक हबका रूपमा विकास गरिने उनको भनाइ छ । 



गृहमन्त्री खाँणले बुटवललाई अन्य सहरसगँ सहज रूपमा जोड्न यसै आर्थिक वर्षमा बुटवल–दाउन्ने–नारायणघाट सडकखण्डको  बाटोमा सुरुङमार्ग बनाउने निर्णय भइसकेको बताए । 

त्यस्तै, कांग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले महिलाहरूको हकहित र अधिकारका लागी लड्ने एक मात्र पार्टी नेपाली कांग्रेस भएको तर्क गरिन् ।

Copy link
Powered by Social Snap