२०८१ बैशाख ११

चन्द्र भण्डारी मुलुकको हित चिताउने नेता : डा. गोविन्द केसी





काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीले गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा उमेदवार बनेका डा. चन्द्र भण्डारीलाई जितको शुभकामना दिएका छन् । 



Advertisement



काठमाडाैं माइतीघरमा बिहीबार बिहान भएको भेटघाटका क्रममा डा. केसीले मुलुकमा बढ्दै गएको भ्रष्टाचार र बेथिति नियन्त्रणका लागि भण्डारीको जित महत्वपूर्ण रहेको बताए ।

डा. केसीले राष्ट्र, राष्ट्रियता र मुलुकको रूपान्तरणका लागि स्पष्ट दृष्टिकोण भएका युवा नेताहरूले निर्वाचन जित्नुपर्ने बताए । डा. केसीले भने, ‘‘तपाईंमा देशमा केही गरौँ भन्ने तीव्र इच्छा देखेको छु, पार्टी राजनीतिभन्दा माथि उठेर देशको हितमा लाग्ग सक्ने तपाईं जस्ता युवा नेता प्रतिनिधि सभामा आउनुपर्छ ।’’

डा. केसीले गुल्मीका मतदाताले भण्डारीको उचित मुल्याङ्कन गर्ने विश्वाससमेत व्यक्त गरे ।



आफू कुनै राजनीतिक पार्टी र व्यक्तिको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै डा. गोविन्द केसीले चन्द्र भण्डारी पार्टी राजनीतिभन्दा माथि उठेर मुलुकको हितमा काम गर्ने व्यक्ति भएकाले मात्र आफूले शुभेच्छा व्यक्त गरेको समेत बताए ।

उक्त भेटघाटका क्रममा गुल्मी क्षेत्र नम्बर–१ प्रतितिधि सभाका उमेदवार भण्डारीले मेडिकल शिक्षाको सुधारमा डा. केसीको संघर्ष र योगदानबाट आफू निकै प्रभावित भएको बताए । साथै, डा. केसीले उठाउँदै आएका मागप्रति आफ्नो सधै ऐक्यबद्धता रहेको सुनाए ।

Copy link
Powered by Social Snap