२०८१ बैशाख २६

गठबन्धनले जनतालाई समृद्ध बनाउँछ : ओनसरी घर्ती




काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताएकी छन् । शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा बोल्दै नेतृ घर्तीले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिर्वतन र जनतालाई समृद्ध बनाउने एजेण्डा लिएर आएकाले गठबन्धनको जित सुनिश्चित रहेको बताइन् । 



Advertisement



घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गते औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरिन् । उनले अहिले देशले समृद्धि, शान्ति, स्थिर सरकार, संविधान र अहिलेको व्यवस्थाको रक्षा खोजेको भन्दै त्यो गठबन्धनले मात्रै पूरा गर्नसक्ने बताइन् । 



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर तथा दुईपटक संसद् विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको उनको भनाइ छ । घर्तीले अहिलेको गठबन्धन प्रतिगमनको विरुद्धमा लागेकाले अहिलेको व्यवस्था जोगाउन जनताले गठबन्धनलाई जिताउनुपर्ने आवश्यक्ता रहेको बताइन् ।

Copy link
Powered by Social Snap