२०८१ बैशाख २४

मैले सुरु गरेका काम पूरा गर्न फेरि उमेदवारी दिएकी हुँ : पम्फा भुसाल





काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उमेदवार पम्फा भुसालले राजनीतिक स्थायित्वका साथै संविधानको रक्षाका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएकी छन् । 



Advertisement



शनिबार ललितपुरको सातदोबाटो युथ क्लबको नवौँ वार्षिक साधारणसभामा बोल्दै भुसालले संसद्लाई पूरा कार्यकाल सञ्चालन गर्न तथा मुलुकको व्यवस्था र संविधानका साथै राजनीतिक स्थायित्वका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताइन् । 



पाँच वर्ष चल्ने सरकारले मुलुकको आर्थिक विकासको एजेण्डालाई अघि बढाउनुपर्ने उनको भनाइ छ । भुसालले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिन पुनः उमेदवारी दिएको बताइन् । 

ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरबासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने उनले बताइन् । 

कार्यक्रममा  सोही क्षेत्रका ‘राष्ट्रिय स्वतन्त्र पार्टी’की उमेदवार डा. तोसिमा कार्कीले मुलुकको विकास र जनताको सेवाका लागि भन्दै पटकपटक दलहरुको प्रतिबद्धता आए पनि पूरा हुन भने नसकेको बताइन् । उनले विभिन्न एजेण्डाका साथै इमान्दारीता आफ्नो नयाँ एजेण्डा भएको बताइन् ।

Copy link
Powered by Social Snap