२०८३ बैशाख २१

Author: Senior Editor Nima

<strong>उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित</strong>

उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना निर्वाचित भएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको मतदानमा २६४ सांसद उपस्थित थिए । त्यसमध्ये रानाको पक्षमा १६६ मत खस्यो । विपक्षमा ९७ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए । नेपाली कांग्रेसका तर्फबाट सांसद मुक्ताकुमारी यादव उपसभामुखको उमेदवार बनेकी थिइन् । रानाको पक्षमा बहुमत पुगेपछि उनको प्रस्तावमा जानु परेन । रास्वपाकी सांसद रानालाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्तिसहित स्वतन्त्र सांसदले साथ दिएका थिए । यादवलाई कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाको साथ थियो । उपसभामुख चयन गर्दै शनिबारको प्रतिनिधिसभा बैठक...
<strong>उपसभामुखका लागि मतदान सुरु</strong>

उपसभामुखका लागि मतदान सुरु

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि मतदान सुरु भएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मत विभाजन सुरु गरिएको हो । उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उमेदवार छन् । प्रस्तावको पक्ष/विपक्षमा हस्ताक्षरका लागि नयाँ बानेश्वरस्थित संघीय संसद्मा छुट्टाछुट्टै व्यवस्था गरिएको छ । ...
<strong>कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत</strong>

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव राख्न समय दिइन् । उनले नेपालको संविधानको धारा १८८ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने कुराको स्पष्ट गर्न प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राखे । मुख्यमन्त्री शर्माले उक्त प्रस्ताव सभामा राखेसँगै तत्काल प्रदेशसभा सदस्यमा कायम रहेको ४० सदस्य सङ्ख्यामा २५ सदस्यले उनको पक्षमा विश्वासको मत दिएका थिए । जहाँ ३९ प्रदेशसभा सदस्य बैठकमा उपस्थिति थिए । १४ सदस्यले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।सभामुख गुरुङले मुख्यमन्त्रीले आफूलाई प्रदेशसभामा विश्वास छ भनी राखेको प्रस्तावमा प्रदेशसभामा तत्काल कायम...
प्रदेश १ मा अब ९ मन्त्रालय, मन्त्रीहरूको जिम्मेवारी भने अझै अनिर्णीत 

प्रदेश १ मा अब ९ मन्त्रालय, मन्त्रीहरूको जिम्मेवारी भने अझै अनिर्णीत 

राजनीति
प्रदेश १ सरकारले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेको छ। तर, जिम्मेवारी लिएको र मन्त्रीहरू नियुक्त भएको दुई साता बित्न लाग्दासम्म पनि मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट भने अझै गर्न सकेका छैनन्।  शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले १३ वटा साविकका मन्त्रालय संख्या घटाएर ९ वटा कायम गरेको हो। ९ वटा मन्त्रालयको संरचना पनि बैठकले तोकेको छ। अब प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, खानेपानी तथा ऊर्जा मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने भएको छ। अब यसअघि कायम रहेका यातायात...
संसदमा मधेस आन्दोलनका सहिदप्रति अपमान भएको भन्दै कांग्रेस मधेस प्रदेश समितिले जनायो आपत्ति

संसदमा मधेस आन्दोलनका सहिदप्रति अपमान भएको भन्दै कांग्रेस मधेस प्रदेश समितिले जनायो आपत्ति

राजनीति
प्रतिनिधि सभामा मधेस आन्दोलनका सहिदहरूप्रति भएको अपमानको घटनाप्रति नेपाली कांग्रेस मधेस प्रदेश समितिले ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार संघीय संसदमा मधेस बलिदानी दिवसका अवसरमा मधेस आन्दोलनका सहिदहरूको सम्मानका लागि प्रतिनिधिसभा सदस्य सिके राउतले गरेको मौनधारणको अनुरोधलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका कतिपय सांसदले अवज्ञा गर्नु दुःखद रहेको प्रदेशका सभापति कृष्णप्रसाद यादवले विज्ञप्ति जारी गरी बताएका छन्। ‘..यो घटनाबाट हाम्रा शासकहरू मधेसका सहिदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ। मधेश आन्दोलनका सहिदहरूप्रति प्रधानमन्त्री दाहाल लगायतबाट देखाइएको यो हट्टी रवैया मधेस र मधेसी जनताप्रतिको अपमान पनि हो’, विज्ञप्तिमा भनिएको छ, ‘यो घटना मधेसीजनविरूद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज हो नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाह...
उपसभामुखमा मुक्ताकुमारीलाई मतदान गर्न कांग्रेसको ह्वीप

उपसभामुखमा मुक्ताकुमारीलाई मतदान गर्न कांग्रेसको ह्वीप

राजनीति
नेपाली कांग्रेसले उपसभामुख पदमा पार्टीकी उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न ह्वीप जारी गरेको छ। मुख्यसचेतक रमेश लेखकले शुक्रबार सूचना निकालेर उपसभामुखमा यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्। शुक्रबार उपसभामुख पदका लागि कांग्रेसबाट सांसद यादवले उम्मेदवारी दिएकी छन्। कांग्रेसले शनिबार हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई आग्रहसमेत गरेको छ। ‘उपसभामुखको निर्वाचन सम्बन्धी प्रस्तावहरु प्रस्तुत हुने भएकोले उक्त बैठकमा प्रतिनिधि सभामा नेपाली कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय...
वर्षमान पुन डिस्चार्ज

वर्षमान पुन डिस्चार्ज

राजनीति
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन्। कलेजोमा समस्याका कारण सुमेरू अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको उनको सचिवालयले जनाएको छ। उनको उपचारमा संलग्न चिकित्सक युवराज शर्माले स्थिति जटिल बनेपछि कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका थिए। स्वास्थ्यमा सुधार भएपछि प्रत्यारोपण गर्नुपर्ने जरूरी नदेखिएको बताइएको छ।  ...
विगतको सरकारले छिमेक सम्बन्ध तरंगित र असन्तुलित बनायो: ओली

विगतको सरकारले छिमेक सम्बन्ध तरंगित र असन्तुलित बनायो: ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतको सरकारले छिमेकी देशहरूसँगको सम्बन्ध तरंगित र असन्तुलित बनाएको बताएका छन्। एमाले परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चलेको बताए। ‘विगत सरकारका समयमा हामीले देख्यौं अनावश्यक ढंगले हाम्रो छिमेक सम्बन्ध तरंगित, असन्तुलित र बहुत बेढंगी तालले चल्यो। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध विवास्दास्पद ढंगले चल्यो,’ उनले भने। उनले दुई छिमेकी देशसँग आफूहरूले कुनै प्रति प्रकारको ‘कार्ड’ नखेल्नेसमेत बताएका थिए। उनले छिमेकीहरूका निम्ति असल छिमेकी बन्न चाहेको र उनीहरूको कुभलो नगर्नेसमेत बताएका थिए। ‘हाम्रो भूमि कसैकाविरूद्ध प्रयोग गर्न दिँदैनौं। हामी कसैका पनि सैन्य गतिविधिहरू वा त्यस्ता अड्डा हाम्रो देशमा राख्न दिँदैनौं,’ उनले भने, ‘छिमेक सम्बन्ध तनावग्रस...
एमालेले राष्ट्रपति उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ: ओली

एमालेले राष्ट्रपति उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ: ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताएका छन्। राष्ट्रपति एमालेले पाउने सहमति भइसकेको उनको दाबी छ। प्रतिनिधि सभा बैठक सकिएपछि बाहिरिने क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार अपरान्ह पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रपति पदमा एमालेबाट उम्मेदवार हुने बताए। ‘नेकपा एमालेले राष्ट्रपति उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो,’ अध्यक्ष ओलीले भने, ‘त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूबीच सहमति अनुसार नै राष्ट्रपति चयन गरिने बताइरहेका छन्। गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो। कांग्रेसले राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ। कांग्रेसले गठबन्धन भत्काउने र राष्ट्रपति लिने कोसिस गरिरहेकोबारे सोधिएको प्रश्नमा ओली...
लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

राजनीति
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन्। सात वटा दलका ५६ र दुई जना स्वतन्त्र सांसद गरी ५८ जनाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले बिहीबार दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा विश्वासको मत लिएका हुन्। नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन्। यसअघि मुख्यमन्त्री नियुक्ति हुँदा समर्थन नगरेको एकीकृत समाजवादीले पनि गिरीलाई विश्वासको मत दिएको छ। सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएकी छन्। योसँगै प्रदेश सरकारलाई ८ वटा राजनीतिक दल र दुई जना स्वतन्त्र सांसदको समर्थन पुगेको छ। नेकपा माओवादी केन्द्रका संसदीय दलका ने...