२०८३ कार्तिक १३

विगतको सरकारले छिमेक सम्बन्ध तरंगित र असन्तुलित बनायो: ओली




नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतको सरकारले छिमेकी देशहरूसँगको सम्बन्ध तरंगित र असन्तुलित बनाएको बताएका छन्।


Advertisement


एमाले परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चलेको बताए।

‘विगत सरकारका समयमा हामीले देख्यौं अनावश्यक ढंगले हाम्रो छिमेक सम्बन्ध तरंगित, असन्तुलित र बहुत बेढंगी तालले चल्यो। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध विवास्दास्पद ढंगले चल्यो,’ उनले भने।



उनले दुई छिमेकी देशसँग आफूहरूले कुनै प्रति प्रकारको ‘कार्ड’ नखेल्नेसमेत बताएका थिए। उनले छिमेकीहरूका निम्ति असल छिमेकी बन्न चाहेको र उनीहरूको कुभलो नगर्नेसमेत बताएका थिए।

‘हाम्रो भूमि कसैकाविरूद्ध प्रयोग गर्न दिँदैनौं। हामी कसैका पनि सैन्य गतिविधिहरू वा त्यस्ता अड्डा हाम्रो देशमा राख्न दिँदैनौं,’ उनले भने, ‘छिमेक सम्बन्ध तनावग्रस्त भए। कसैका निम्ति र विपक्षमा काम गर्ने प्रवृत्ति देखा परे।’


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap