२०८३ कार्तिक १३

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत




सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् ।


Advertisement


कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव राख्न समय दिइन् ।

उनले नेपालको संविधानको धारा १८८ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने कुराको स्पष्ट गर्न प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राखे ।



मुख्यमन्त्री शर्माले उक्त प्रस्ताव सभामा राखेसँगै तत्काल प्रदेशसभा सदस्यमा कायम रहेको ४० सदस्य सङ्ख्यामा २५ सदस्यले उनको पक्षमा विश्वासको मत दिएका थिए । जहाँ ३९ प्रदेशसभा सदस्य बैठकमा उपस्थिति थिए । १४ सदस्यले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
सभामुख गुरुङले मुख्यमन्त्रीले आफूलाई प्रदेशसभामा विश्वास छ भनी राखेको प्रस्तावमा प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्यामा २५ सदस्यले पक्षमा मत दिएका र उक्त सङ्ख्या उपस्थित सदस्यको बहुमत भएकोले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिन् ।

त्यसलगत्तै, अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको उनले जानकारी दिइन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap