गण्डकी मन्त्रिपरिषद् : आकांक्षीको ‘बाढी’ले मन्त्रालय घटाउने तयारीमा रहेका मुख्यमन्त्री सकसमा
पोखरा । मन्त्रालयको संख्या कति बनाउने भन्ने नै टुंगो नलाग्दा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी सकसमा परेका छन् । पुसको २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले २९ गते विश्वासको मत लिएर संवैधानिक बाध्यता त टारे, तर आफ्नै पार्टी नेकपा (एमाले)बाट मन्त्रीका आकांक्षीदेखि गठबन्धनका अन्य दलहरुले पनि सक्दो बढी मन्त्रालय लिन खोजेका कारण गण्डकीको मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् ।
मन्त्रीकै लागि भनेर एमालेकै सांसदहरुले अधिकारीलाई दबाब बढाइरहेका छन् । यस्तै, सत्तासझोदार नेकपा (माओवादी केन्द्र) र राप्रपाले पनि मन्त्रिपरिषद्मा आफ्नो हिस्सा बढाउन खोजेका छन् । आइतबार साँझ पनि मुख्यमन्त्री क्वार्टरमा बिनाविभागीय मन्त्रीहरुको बैठक थियो ।
गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा बिनाविभागीय मन्त्री सीता सुन्दासले भनिन्, “मन्त्रिपरिषद् बिस्तारबारे अनौपचारिक तवरले छलफल भइरहेको छ । तर, ...









