२०८३ कार्तिक १३

एमालेले राष्ट्रपति उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ: ओली




नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताएका छन्।

राष्ट्रपति एमालेले पाउने सहमति भइसकेको उनको दाबी छ।


Advertisement


प्रतिनिधि सभा बैठक सकिएपछि बाहिरिने क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार अपरान्ह पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रपति पदमा एमालेबाट उम्मेदवार हुने बताए।

‘नेकपा एमालेले राष्ट्रपति उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो,’ अध्यक्ष ओलीले भने, ‘त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूबीच सहमति अनुसार नै राष्ट्रपति चयन गरिने बताइरहेका छन्।



गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो। कांग्रेसले राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ।

कांग्रेसले गठबन्धन भत्काउने र राष्ट्रपति लिने कोसिस गरिरहेकोबारे सोधिएको प्रश्नमा ओलीले कुनै पनि प्रतिक्रिया दिएनन्। साथै उनले एमालेबाट राष्ट्रपतिको उम्मेदवार को हुन्छ भन्नेबारे पनि केही बताएनन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap