२०८३ कार्तिक १३

उपसभामुखमा मुक्ताकुमारीलाई मतदान गर्न कांग्रेसको ह्वीप




नेपाली कांग्रेसले उपसभामुख पदमा पार्टीकी उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न ह्वीप जारी गरेको छ।

मुख्यसचेतक रमेश लेखकले शुक्रबार सूचना निकालेर उपसभामुखमा यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्।


Advertisement


शुक्रबार उपसभामुख पदका लागि कांग्रेसबाट सांसद यादवले उम्मेदवारी दिएकी छन्। कांग्रेसले शनिबार हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई आग्रहसमेत गरेको छ।

‘उपसभामुखको निर्वाचन सम्बन्धी प्रस्तावहरु प्रस्तुत हुने भएकोले उक्त बैठकमा प्रतिनिधि सभामा नेपाली कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्नु भएको छ,’ संसदीय दलका अधिकृत विजयेन्द्रवीर आलेले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।



यसअघि बिहीबार सभामुख पदमा भएको निर्वाचनका बेला पनि कांग्रेसले ह्वीप जारी गरेको थियो। कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको साथ लिएर सभामुख तथा उपसभामुखमा आफ्ना पार्टीका सांसदलाई उम्मेदवार बनाएको छ।

सभामुखमा कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपाने पराजित भएकी थिइन् भने नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका थिए।

उपसभामुखमा सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर र कांग्रेस सांसद यादवबीच प्रतिस्पर्धा हुने भएको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap