२०८३ कार्तिक १३

संसदमा मधेस आन्दोलनका सहिदप्रति अपमान भएको भन्दै कांग्रेस मधेस प्रदेश समितिले जनायो आपत्ति




प्रतिनिधि सभामा मधेस आन्दोलनका सहिदहरूप्रति भएको अपमानको घटनाप्रति नेपाली कांग्रेस मधेस प्रदेश समितिले ध्यानाकर्षण भएको जनाएको छ।


Advertisement


बिहीबार संघीय संसदमा मधेस बलिदानी दिवसका अवसरमा मधेस आन्दोलनका सहिदहरूको सम्मानका लागि प्रतिनिधिसभा सदस्य सिके राउतले गरेको मौनधारणको अनुरोधलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका कतिपय सांसदले अवज्ञा गर्नु दुःखद रहेको प्रदेशका सभापति कृष्णप्रसाद यादवले विज्ञप्ति जारी गरी बताएका छन्।



‘..यो घटनाबाट हाम्रा शासकहरू मधेसका सहिदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ। मधेश आन्दोलनका सहिदहरूप्रति प्रधानमन्त्री दाहाल लगायतबाट देखाइएको यो हट्टी रवैया मधेस र मधेसी जनताप्रतिको अपमान पनि हो’, विज्ञप्तिमा भनिएको छ, ‘यो घटना मधेसीजनविरूद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज हो नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहाललगायत केही मन्त्री र सांसद ज्यूहरू आसनबाट उठ्न समेत नउठेको घटनाले सत्ता र सत्तासिन राजनीतिक दलहरू पनि मधेस आन्दोलनलाई मान्यता दिन चाहिरहेका छैनन् भन्ने बुझिन्छ।’

प्रतिनिधि सभामा भएको घटनाप्रति सभापति यादवले दु:ख व्यक्त गरे।

आगामी दिनमा यस्ता विभेद र अपमानपूर्ण व्यवहार नगर्न प्रधानमन्त्री दाहाललगायत सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउन चाहेको विज्ञप्तिमा उल्लेख छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap