२०८३ बैशाख १८

Author: Senior Editor Nima

विश्वकप छनोट : ब्राजिलको लगातार पाँचौ जित

विश्वकप छनोट : ब्राजिलको लगातार पाँचौ जित

खेलकुद
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकन छनोटमा ब्राजिलको उत्कृष्ट प्रदर्शन जारी छ। लगातार पाँचौ खेलमा जित हात पार्ने क्रममा ब्राजिलले शनिबार विहान सकिएको खेलमा इक्वेइडरलाई २-० गोलले पराजित गर्‍यो। Advertisement ब्राजिलको जितमा रिचार्लीसनले खेलको ६५ मिनेटमा पहिलो गोल गरेका थिए। नेइमारले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गर्न सफल भए। दक्षिण अमेरिकन छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोड्न सफल भयो। दोस्रो स्थानको अर्जेन्टिनाको पाँच खेलबाट ११ अंक छ। अर्जेन्टिनाले तीन खेलमा जित निकाल्दा दुई खेलमा बराबरी खेलेको छ। तेस्रो स्थानको इक्वेइडरको ९ अंक छ। चौथो स्थानको पाराग्वे र पाँचौ स्थानको उरुग्वेको समान ७-७ अंक छ।   ...
अमेरिकामा बसेर नेपाल र नेपालीको सेवामा समर्पित सन्तोषको कथा

अमेरिकामा बसेर नेपाल र नेपालीको सेवामा समर्पित सन्तोषको कथा

SYM शुद्ध सकारात्मकता
अमेरिकामा तीन प्रकारका 'समाजसेवी' छन्।   पहिलो: आफू सिन्को नभाँच्ने तर अरूले गरेको कामलाई आफूले नै गरे जस्तो गरेर दुनियाँलाई झुक्याईरहने। यो वर्गका सेवकहरू आसन र भाषणमा बढी निर्लिप्त हुन्छन्। यिनीहरू पद पाउन जुनसुकै हदसम्म पनि जान्छन्।  यिनीहरूलाई लाग्छ कि सेवा गर्न पद नै चाहिन्छ।   दोस्रो: सानो काम गर्ने तर फेसबुक र अनलाइन मिडियाहरूमा के- के न गरेको जस्तो भ्रम पारेर हल्ला फिँजाईरहने। यो वर्गकालाई झुटो नै सही, तर वाह-वाही अति आवश्यक हुन्छ। आफैंलाई पढ्न लाज लाग्नेगरी आफ्नै तारिफ लेख्न लगाएर समाचारमा यो वर्गका सेवकहरू भद्दा प्रचारमा आउन मन पराइरहन्छन्। यिनीहरूलाई लाग्छ कि, 'स्वप्रचार' नै जीवनको सबैथोक हो।   तेस्रो: यो वर्गका समाजसेवकहरु काममा विश्वास गर्छन्। आसन, भाषण र झुटा आश्वासनबाट यिनी चार कोष टाढा बस्छन्। सस्तो प्रचारलाई 'इग्नोर' गर्दै चुप...
ढुंगागिटी निकासी खोल्ने निर्णयले बुटवलको सिद्धबाबा डाँडो काट्न बाटो खुला!

ढुंगागिटी निकासी खोल्ने निर्णयले बुटवलको सिद्धबाबा डाँडो काट्न बाटो खुला!

देश, समाचार
ढुंगागिटी र बालुवा निकासी गर्ने सरकारको घोषणाले बुटवलको सिद्धबाबा डाँडा काटेर समथर बनाउने लुम्बिनी प्रदेश सरकारको योजना कार्यान्वयन गर्न बाटो खोलिदिएको छ। अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले खानीजन्य ढुंगागिटी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने भनेको छ। ढुंगागिटी निकासी खोल्दा चुरे पहाड मासिने र तराई-मधेसको वातावरण, पर्यावरण र जीविकामा प्रतिकूल असर पर्ने भन्दै वातावरण संरक्षण अभियन्ताहरूले विरोध गरेका छन्। चौतर्फी विरोधका बाबजुद अर्थ मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो निर्णयको बचाउ गरेको छ। चुरे-भावर, शिवालिक र नदी प्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने गरी यो निर्णय गरिएको अर्थले जनाएको छ। लुम्बिनी प्रदेश सरकारको योजनाअनुरूप प्रदेश योजना आयोगले गत पुस महिनामै बुटवलको तल्लो सिद्धबा...
कोरोना परीक्षण अझै बढाउँछौं: स्वास्थ्य मन्त्रालय

कोरोना परीक्षण अझै बढाउँछौं: स्वास्थ्य मन्त्रालय

देश, स्वास्थ्य
सरकारले कोरोना परीक्षणको दायरालाई अझै विस्तार गरिने बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना परीक्षणलाई अझैं बढाइने बताए। अहिले परीक्षण घट्नुमा केही कारण रहेको भन्दै मन्त्रालयको मनसाय परीक्षणलाई घटाउनु नरहेको उनको दाबी छ। Advertisement ‘संक्रमितहरूको संख्या घट्दो छ तर परीक्षणको अनुपातमा ३० प्रतिशतभन्दा बढी पोजेटिभ आउनुभएको छ। त्यसैले हाम्रो परीक्षण अझैं बढ्नैपर्ने छ, घटाउने मनसाय छैन। बढोस् भनेर पालिकाहरूमा एन्टिजेन किट पठाएका छौं,’ उनले भने। अहिले देशभर कोरोना परीक्षण गर्ने ९० वटा प्रयोगशाला रहेको भन्दै उनले त्यसबाट दैनिक २२ हजार बढीको परीक्षण गर्न सकिने जनाए। तर अहिले २२ हजारभन्दा बढीको परीक्षण गर्न सकिएको छैन।  उनले अहिले परीक्षण घट्नुका केही कारणहरू औल्याएका छन्। जसमा पहिलो पक्का संक्रमण भएर ...
जनमोर्चाले सांसदबाट निकालेपछि थापाले भने- गाउँ फर्किन्छु, खेती-किसानी गर्छु

जनमोर्चाले सांसदबाट निकालेपछि थापाले भने- गाउँ फर्किन्छु, खेती-किसानी गर्छु

देश, समाचार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेपछि पार्टीबाट कारवाहीमा परेका राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले अब गाउँ फर्केर खेती-किसानी गर्ने बताएका छन्। आजै थापालाई जनमोर्चाले सांसदबाट हटाएको थियो। यसलगत्तै उनले कुराकानी गर्दै अब राजनीतिमा भन्दा खेती किसानीमै क्रियाशील रहने सोच बनाएको बताए। ‘अब गाउँ फर्कंन्छु। साधारण किसान भएर बस्छु, खेतीकिसानी गर्छु,’ थापाले भने। मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव ल्याउँदै नयाँ सरकार बनाउन लागेका नेपाली कांग्रेसलगायत दललाई थापाले साथ दिएका थिएनन्। उनको पार्टी जनमोर्चाले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा समर्थन गरे पनि थापाले मुख्यमन्त्रीमा गुरूङलाई नै साथ रहने अडान राखिरहेका थिए। Advertisement पार्टी निर्णय नमान...
पार्टीलाई जेठ २ मा फर्काउन अन्तिमसम्म लागिरहनेछौं: गोकर्ण विष्ट

पार्टीलाई जेठ २ मा फर्काउन अन्तिमसम्म लागिरहनेछौं: गोकर्ण विष्ट

देश, राजनीति
नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउन आफू लागिरहने बताएका छन्। पार्टी एकता जोगाउन भइरहेका प्रयासलाई कमजोर पार्ने दुरासयले आफ्नो नामसमेत जोडर सञ्चार माध्यमहरूमा खबर आइरहेको उल्लेख गर्दै उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने आफूहरूको चाहना भएको बताएका छन्। Advertisement विष्टसहित नेता माधवकुमार नेपाल पक्षका केही नेताले अध्यक्ष केपी शर्मा ओली पक्षका केही नेतासँग संवाद गरिरहेको र नेपाल पक्षकै नेताहरूले विष्ट ओलीतर्फ नै लाग्न सक्ने संकेत गरेका खबर आएका थिए। यसबारे प्रष्टाउन विष्टले बिहीबार फेसवुकमा आफ्ना धारणा राखेका छन्। ‘पार्टीका सबै कमिटीलाई २०७५ जेठ २ गते पूर्ववत अवस्थामा फर्काएर कम्युनिष्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहित सबल एवं एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना ह...
प्रदेश नम्बर १ को अधिवेशन जेठ २४ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस

प्रदेश नम्बर १ को अधिवेशन जेठ २४ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस

देश, समाचार
प्रदेश नम्बर १ को वर्खे अधिवेशन बोलाउन मन्त्रिपरिषदले सिफारिस गरेको छ। आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले वर्खे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। Advertisement आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार आजको बैठकले जेठ २४ गते अपरान्ह २ बजे बैठक बस्ने गरी प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चाबीच अधिवेशन बोलाउन सिफारिस भएको हो। अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको थियो। यसअघि सर्वदलीय बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको बजेट अधिवेशन बोलाउने वचन विपक्षी दलहरुलाई दिएका थिए। तर बुधबारको मन्त्रिपरिषद बैठकले प्रि-बजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेक...
धारा ७६ (५) कसरी, कहिले राखियो संविधानमा?

धारा ७६ (५) कसरी, कहिले राखियो संविधानमा?

देश, राजनीति
संविधानको धारा ७६ (५) अहिले चर्चामा छ। सर्वोच्च अदालतले यो धाराको कसरी व्याख्या गर्छ, त्यसले आगामी राजनीतिको दिशा तय गर्नेछ।  संविधान निर्माणका बेला भने यो धारा कसरी राखिएको थियो, त्यो बेलाका विधायकहरूको मनसाय के थियो, प्रमुख नेताहरूले यो धाराबारे के भनेका थिए, के-कस्ता परिवर्तन गरेका थिए भन्ने कुराले यो धाराबारे बुझ्न सघाउँछ।  पहिलो संविधानसभा संविधान निर्माण नगरी सर्वोच्च अदालतको आदेश अनुसार विघटन भएपछि दोश्रो संविधानसभाको निर्वाचन भयो। तर त्यसले पनि लामो समयसम्म संविधानका राज्य पुनर्संरचना, शासकीय स्वरूप र प्रदेश निर्माणको विषयमा सहमति जुटाउन सकेन। त्यसैबीच २०७१, कात्तिक १७ गते नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले बाबुराम भट्टराई सभापति रहेको संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा एउटा अवधारणा प्रस्तुत गरे।  नेपाली ...
जेठ ३१ गतेसम्मको निषेधाज्ञामा के खुल्छन् के खुल्दैनन्? (आदेशसहित)

जेठ ३१ गतेसम्मको निषेधाज्ञामा के खुल्छन् के खुल्दैनन्? (आदेशसहित)

देश, समाचार
दोस्रो लहरको कोरोना संक्रमणका कारण उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ। बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो।  वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो। जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ।  किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्।  Advertisement यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो लेबर राखेर काम गर्न दिइने छ।  व...
एसियन कपको तेस्रो चरण पुग्न नेपालका लागि ताइपेईविरुद्धको खेल महत्वपूर्ण

एसियन कपको तेस्रो चरण पुग्न नेपालका लागि ताइपेईविरुद्धको खेल महत्वपूर्ण

खेलकुद
फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको छनोटका बाँकी तीन खेलको अन्तिम तयारी नेपालले कुवेत सिटीमा गरिरहेको छ।  कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेल्न लागेको नेपालको लक्ष्य एसियन कपको तेस्रो चरणमा सिधै पुग्ने रहेको छ। Advertisement समूह 'बी' को चौथो स्थानमा रहेको नेपालका लागि शीर्ष तीनमा पर्न कठिन छ।  १२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५-५ खेल खेल्दा समान १०-१० अंक जोडेका छन्। दुवै टिम अस्ट्रेलियासँग पराजित हुँदा एकअर्काविरुद्ध गोलरहित बराबरीमा रोकिएका थिए।  नेपाल ३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका पाँचै खेलमा हार बेहोरेकाले अं...