२०८१ जेष्ठ ४

कोरोना परीक्षण अझै बढाउँछौं: स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना परीक्षणको दायरालाई अझै विस्तार गरिने बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना परीक्षणलाई अझैं बढाइने बताए। अहिले परीक्षण घट्नुमा केही कारण रहेको भन्दै मन्त्रालयको मनसाय परीक्षणलाई घटाउनु नरहेको उनको दाबी छ।


Advertisement


‘संक्रमितहरूको संख्या घट्दो छ तर परीक्षणको अनुपातमा ३० प्रतिशतभन्दा बढी पोजेटिभ आउनुभएको छ। त्यसैले हाम्रो परीक्षण अझैं बढ्नैपर्ने छ, घटाउने मनसाय छैन। बढोस् भनेर पालिकाहरूमा एन्टिजेन किट पठाएका छौं,’ उनले भने।

अहिले देशभर कोरोना परीक्षण गर्ने ९० वटा प्रयोगशाला रहेको भन्दै उनले त्यसबाट दैनिक २२ हजार बढीको परीक्षण गर्न सकिने जनाए। तर अहिले २२ हजारभन्दा बढीको परीक्षण गर्न सकिएको छैन। 

उनले अहिले परीक्षण घट्नुका केही कारणहरू औल्याएका छन्। जसमा पहिलो पक्का संक्रमण भएर थाहा भएपछि मात्र परीक्षण गर्न जानु र सामान्य लक्षण भएकाहरू परीक्षण गराउन नजानु रहेको पौडेल बताउँछन्।

साथै निषेधाज्ञाले मानिसहरूलाई आवतजावतमा थोरै समस्या हुँदा परीक्षण गराउन जान उत्साहित नभएको उनको बुझाइ छ।

प्रवक्ता पौडेलले लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको सरकारी प्रयोगशालामा नि:शुल्क परीक्षण हुने भन्दै ती मानिसलाई परीक्षण गर्न जान आग्रह गरेका छन्।

Copy link
Powered by Social Snap