२०८३ बैशाख १८

Author: Senior Editor Nima

चिया कि कफी ? कुन ठीक !

चिया कि कफी ? कुन ठीक !

समाचार, स्वास्थ्य
बीबीसी । बेलायतमा मात्र प्रतिदिन १६ करोड कप चिया पिउने गरिएको छ भने कफी चाहिँ हरेक दिन ९ करोड ५० लाख कपसम्म सेवन गर्ने गरिएको बीबीसीमा प्रकाशित एक समाचारमा उल्लेख छ । यसरी विश्वभरि नै यी दुवै सबैभन्दा मन पराइने र सबैतिर पाइने पेय पदार्थ हुन् ।  तर कतिपय अवस्थामा हामीले एउटाभन्दा अर्को बढी स्वस्थकर हुने, या दिमागलाई सतर्क बनाउने, बढी आराम दिलाउने अथवा कम साइड इफेक्ट हुन्छ भन्ने विश्वासका आधारमा चिया र कफीमध्ये छनोट गरिरहेका हुन्छौँ । यसरी व्यक्तिगत धारणाबाहेक चिया र कफीमा कुन धेरै ठीक भन्ने सम्बन्धी केही प्रमाण या उपयुक्त कारणहरु छन् त ? Advertisement जस्तै तुलना नै गर्ने हो भने चिया र कफीमा हुने ‘क्याफिन’ को मात्रा फरक छ । कत्तिको कडा छ र कसरी बनाइएको छ भन्नेमा पनि यो भर पर्छ । तर पनि प्रायः चियाभन्दा कफीमै धेरै क्याफिन हुने गर्दछ । र क्याफिनल...
सबै वकिललाई तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग

सबै वकिललाई तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग

देश, समाचार
काठमाडौं । महामारीका बेलामा पनि कानुन व्यवसायीहरुले संविधान र कानुनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानुन व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानुन व्यावसायी तथा पूर्वकानुन मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्ङ्गलाई बधाई तथा ज्ञापन पत्र दिँदै डीएलएले कानुन व्यावसायीहरुलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो ।  डीएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलको नेतृत्वमा मन्त्रालयमा गएको टोलीले निषेधाज्ञा तथा लकडाउनको बेलामा पनि अदालत जानुपर्ने भएकाले कानुन व्यवसायीहरुलाई सङ्क्रमणको खतरा बढिरहेकोतर्फ मन्त्री तामाङको ध्यानाकर्षण गराएको थियो । Advertisement गत फागुन २३ देखि चैत ३ गतेसम्म सञ्चालित पहिलो खोप अभियानमा करिब ७५० कानुन व्यावसायीले पहिलो खोप लगाउने म...
सेयर बजारतर्फ पर्यटन व्यवसायी, अनुभवी लगानीकर्ताबाट ज्ञान बटुल्दै !

सेयर बजारतर्फ पर्यटन व्यवसायी, अनुभवी लगानीकर्ताबाट ज्ञान बटुल्दै !

अर्थतन्त्र, शेयर बजार
काठमाडौं । कोरोना महामारीका कारण पर्यटन क्षेत्र व्यवसाय ठप्पै भएपछि यस क्षेत्रमा लागेका व्यवसायी सेयर बजारतर्फ रम्न थालेका छन् । व्यवसायमा ताल्चा लगाएर घेरै बस्नुभन्दा लगानीको नयाँ क्षेत्र केलाउँदै उनीहरुले सेयर बजार पहिल्याएका हुन् । जुन व्यवसाय गरिरहेका थिए, त्यसबाट २–४ पैसा आय आम्दानी गर्न नसकेपछि उनीहरुले लगानीको नयाँ क्षेत्र हेरेका छन् । अहिले उनीहरु ११ बज्दै गर्दा कम्युटर छेउमा बस्छन् । आफूले छानेको कम्पनी अध्ययन गर्छन्, बजारको ट्रेन्ड एनालाइसिस गर्छन् । र, दीर्घकालमा फाइदा दिने सेयर किनिहाल्छन् । थोरै जोखिम मोल्न सक्नेहरु, सेयर बजारबाट तत्काल लाभ हुने कम्पनी रोजिहाल्छन् । सोसाइटी अफ ट्राभल एन्ड टुर एसोसिएसन नेपालमा महासचिव भुुवन पाण्डेले आज ११ बज्दै गर्दा सेयर बजारका गतिविधि नियाल्दै गरेको बताए । दुई दिन अघिमात्र उनीहरुले सेयर लगानीकर्ता संघ नेपालको सहकार्यमा स...
घट्दैछ काेराेना संक्रमण, आज देशभरको अवस्था यस्तो रह्याे

घट्दैछ काेराेना संक्रमण, आज देशभरको अवस्था यस्तो रह्याे

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर १३ हजार ७३३ नमूनाको परीक्षण गरिएको थियो । जसमध्येबाट ३ हजार ४७९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  Advertisement स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले टेस्ट पोजेटिभिटी दर २९.८ रहेको छ भने निको हुने दर ८३.५ पुगेको छ । आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ । जसमध्ये ८२ हजार ७०३ जना होम आइसोलेसनमा, ६ हजार ५१४ जना संस्थागत आइसोलेसनमा, १ हजार ४४२ जना आईसीयूमा र ३८१ जना  भेन्टिलेटरमा रहेका छन् ।   पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन्  । आज सबैभन्दा धेरै काठमाडौंमा ७३१ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २५४ र भक्तपुरमा १४६ जना संक्रमित थपिएका छन् ।  उपत्यकाबाहिर सबैभन्दा धेरै मोरङमा २२५ जना संक्रमित थपिएका छन् भने काभ्रेमा १२९ र झापामा ११८ जना संक्...
सवा ३ वर्षपछि सत्तामा उक्लियो कांग्रेस, कर्णालीमा दुई मन्त्री

सवा ३ वर्षपछि सत्तामा उक्लियो कांग्रेस, कर्णालीमा दुई मन्त्री

देश, राजनीति
आइतबार प्रदेश प्रमुख गोविन्द कलौनीबाट मन्त्रीको सपथ लिँदै कांग्रेस सांसद श्रेष्ठ र बिसी। २०७४ मा आफ्नै नेतृत्वमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव गराएको नेपाली कांग्रेस सवा तीन वर्षपछि पहिलो पटक सत्तामा गएको छ।  निर्वाचनपछि कुनै पनि प्रदेश र केन्द्र सरकारमा कांग्रेसका मन्त्री थिएनन्। आइतबार पहिलो पटक कांग्रेस कर्णालीको प्रदेश सरकारमा उक्लिएको हो। माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेस प्रदेश संसदीय दलबाट दुई जना सांसद मन्त्री बनेका छन्। जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका सांसद दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी नियुक्त भएका हुन्। उनीहरूलाई आइतबार दिउँसो २ बजे प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ खुवाएका छन्। ...
काठमाडौं वरिपरि कहाँ-कहाँ जाने जंगल वाक?

काठमाडौं वरिपरि कहाँ-कहाँ जाने जंगल वाक?

देश, विचार, विचार
जोरपाटी नजिकै बागमती नदी किनार। कोरोना कहरको दोस्रो लहर बेला नेपालका अस्पतालहरूमा प्राणवायु मानिने अक्सिजनकै अभाव भयो। संकट टार्न सरकारी र सामुदायिक स्तरमा विभिन्न पहल भए। यसले भविष्यमा अक्सिजन अभाव अहिलेजस्तो भयावह नहोला भन्ने आशा गर्न सकिन्छ। आज हामी आफ्नो घर, छिमेक र समुदायमा प्राकृतिक रूपले अविरल र निरन्तर अक्सिजन प्रवाह कसरी सम्भव तुल्याउन सकिन्छ भन्नेबारे चर्चा गर्दैछौं। हामीले सानैदेखि सुन्दै आएको कुरा हो- स्वच्छ वातावरणका लागि प्रशस्त रूखहरू रोप्नुपर्छ, वनस्पतिले भरिएका उद्यान र वन-जंगल हुर्काउनुपर्छ। आफ्नो वरिपरि बाक्ला, घना र हरिया वन हुर्काउनु नै अक्सिजनको अविरल प्रवाह र दीर्घकालीन जोहो गर्ने सर्वोत्तम उपाय हो। हरिया रूखबिरूवाले कार्बन-डाइअक्साइड सोस्छन् र प्रशस्त मात्रामा शितल हावा (अक्सिजन) दिन्छन्, पानी र माटो बचाउँछन्। त्यही कारणले हरियालीयुक...
कोभिड वार्डमा पर्दा पछाडिका यी हिरो, जो गुमनाम रहेरै काम गर्छन्

कोभिड वार्डमा पर्दा पछाडिका यी हिरो, जो गुमनाम रहेरै काम गर्छन्

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरु प्रायः सबैको नजरमा पर्छन् । झट्ट हेर्दा कोरोना महामारीविरुद्ध उनीहरु प्रमुख योद्धाका रुपमा देखिन्छन् । तर त्यही अस्पतालमा कार्यरत सफाइकर्मी तथा बेडसिट, गाउन, पीपीई धुने काममा दैनिक खटिएका जनशक्ति भने धेरैको नजरबाट ओझेलमा परेका देखिन्छन् । Advertisement जबकि चिकित्सक, स्वास्थ्यकर्मीले प्रयोग गरेका त्यस्ता सामान धुने, संक्रमित बिरामीले प्रयोग गरेका ‘बेड कभर’ लगायतका वस्तु सफा गर्ने, अस्पतालमा सरसफाइ गर्ने उनीहरु दैनिक कोरोना संक्रमणको जोखिम मोलेर स्वास्थ्यकर्मीजत्तिकै खटिएका हुन्छन् । तर मानिसका नजरमा चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी पर्दा अगाडि देखिन्छन् भने यस्ता सफाइकर्मीहरु सधैँ पर्दा पछाडि रहने गरेका छन् । कोरोनाभाइरस संक्रमित बिरामीले प्रयोग गरेको गाउन, बेड कभर, सिरानीको...
चौतर्फी आलोचना भएपछि राजेन्द्र महतोले सच्याए आफ्नो अभिव्यक्ति (विज्ञप्तिसहित)

चौतर्फी आलोचना भएपछि राजेन्द्र महतोले सच्याए आफ्नो अभिव्यक्ति (विज्ञप्तिसहित)

देश, समाचार
राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता तथा उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् ।  Advertisement शनिबार राति एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् ।  ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै ...
भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन

भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन

देश, राजनीति, समाचार
२२ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । यो सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहित विरोधी कदम भएको उनीहरुको ठहर छ । गठबन्धनका शीर्ष नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिट्टीको निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने बजेट घोषणाको विरोध गरेका हुन् । Advertisement नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई...
ओलीको राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको छ- भीम रावल

ओलीको राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको छ- भीम रावल

देश, राजनीति
नेकपा एमालेका  नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद पुनर्गठन गरिनु लोकतन्त्र र संविधानविपरीत रहेको प्रतिक्रिया दिएका छन्। Advertisement सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै रावलले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको बताएका छन्। ‘ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको छ,’ उनले भनेका छन्। रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको प्रतिक्रिया दिएका छन्। उनले दुई पटक स‌ंविधानसभाको निर्वाचन भई जनाताले ठूलो मूल्य ...