२०८३ बैशाख १८

Author: Senior Editor Nima

घरेलु टोली ब्राजिलले कोपा अमेरिका खेल्ने पक्का

घरेलु टोली ब्राजिलले कोपा अमेरिका खेल्ने पक्का

खेलकुद
काठमाडौं । ब्राजिलले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पक्का भएको छ । घरेलु भूमिमा आयोजना हुने प्रतियोगिताका लागि ब्राजिलले सहभागिता जनाउने पक्का भएको हो ।  Advertisement खेलाडीहरू प्रतियोगिताको विपक्षमा देखिएपछि कोपा अमेरिकामा ब्राजिलको सहभागिताको विषय अन्योलमा थियो । ब्राजिल फुटबल कन्फेडेरेसनका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले टिमले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने बताएका छन् ।   आयोजक राष्ट्र ब्राजिलका कप्तान कासिमिरोसहित अन्य देशका खेलाडीहरू कोपा आयोजनाको विरोधमा देखिएका छन् । यता, कार्यवाहक अध्यक्ष कार्लोसले प्रतियोगितामा टिमको सहभागिता रहने पुष्टि गरेका हुन् । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । ...
तेस्रो लहर आए ‘जोखिममा बालबालिका’, सरकारको तयारी कस्तो छ ?

तेस्रो लहर आए ‘जोखिममा बालबालिका’, सरकारको तयारी कस्तो छ ?

देश, स्वास्थ्य
काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणको तेस्रो लहर आउन सक्ने र त्यसबाट बालबालिका धेरै प्रभावित हुन सक्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । पहिलो लहरको संक्रमणमा ८ प्रतिशतभन्दा कम संख्यामा बालबालिका संक्रमित भए पनि दोस्रो लहरमा यो संख्या बढेको मन्त्रालयको तथ्यांक छ । दोस्रो लहर संक्रमणको दुई महिनामा २४ हजार ८२१ बालबालिका संक्रमित भएका छन् भने जेठ २३ गतेसम्म २० वर्षमुनिका ७२ जनाको मृत्यु भएको छ । तेस्रो लहरको संक्रमणमा बालबालिकामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यतिखेर सरकार बालमैत्री स्वास्थ्य संरचना र जनशक्ति व्यवस्थापनमा जुटेको छ । Advertisement तेस्रो लहरमा बालबालिका किन जोखिममा ?रोगप्रतिरोधी क्षमताका हिसाबले बालबालिका युवा तथा वयस्कभन्दा कमजोर उमेर समूहमा पर्छन् । त्यसमा पनि पाँच वर्षमुनिका बालबालिकामा रोगप्रतिरोधी क्षमता निक...
नेपाल जोर्डनसँग पराजित

नेपाल जोर्डनसँग पराजित

खेलकुद, देश
काठमाडौं । सन् २०२२ को विश्वकप छनोट र एसिया कप २०२३ को अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।  सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो । जावेर अल आहमद स्टेडियममा भएको खेलमा जोर्डनलाई जित दिलाउन बाहा फेजलले दुई गोल गरे । त्यस्तै एजान अल अरबले एक गोल गरे । खेलमा पहिलो हाफमा १–० गोलले पछि भएको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।  Advertisement जोर्डनका लागि खेलको २४ औं मिनेटमा बाहा फेजलले पेनाल्टीमार्फत गोल गर्दै जोर्डनलाई अग्रता दिलएका थिए । ४९ मा फेजलले गोल गर्दै जोर्डनको अग्रता दोब्बर बनाए । खेलको ६७ औँ मिनेटमा अल अरबले गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाएका थिए । नेपाल पहिलो लेगमा पनि ३–० गोलले पराजित भएको थियो ।  जितसँगै जोर्डनले समूह ‘बी’को दोस्रो स्थानमा आफूलाई स्थापित गर...
विदेशी लगानी ल्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने

विदेशी लगानी ल्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने

अर्थतन्त्र, कर्पोरेट
काठमाडौं । विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने भएको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरिएको हो । Advertisement “विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपश्चात् सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य हुने छैन,” विनियमावलीमा भनिएको छ । तर, विदेशी लगानी स्वीकृत भएपश्चात् विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व, लिखित जानकारी भने दिनुपर्ने व्यवस्था गरिएको छ । काठमाडौं । विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने भएको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै ...
खोपमा अनुदानकै भर, सरकारले खरिद गर्नै सकेन !

खोपमा अनुदानकै भर, सरकारले खरिद गर्नै सकेन !

देश, समाचार
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लिन नेपालमा अहिले झन्डै १ करोड ७९ लाख नागरिक पर्खाइमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ २१ गतेसम्मको तथ्यांक अनुसार नेपालमा हालसम्म ६ लाख ९१ हजार १८४ जनाले दुवै डोज र २१ लाख १३ हजार ८० जनाले पहिलो डोज खोप लिएका छन् । ६५ वर्षमाथिका करिब १३ लाख १० हजार नागरिक कोभिशिल्ड खोपको दोस्रो डोज लगाउने पर्खाइमा छन् । ६० देखि ६४ वर्षका नागरिकलाई सरकारले मंगलबारदेखि भेरोसेल खोपको पहिलो डोज दिइँदैछ  । बाँकी नागरिकलाई कोभिड १९ विरुद्धको खोप लिनका लागि सरकारले अनलाइन फारम उपलब्ध गराएको छ । तर, यसरी फारम भर्नेहरुले खोप कहिले पाउने निश्चित छैन  । त्योभन्दा अन्योल कोभिशिल्डको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज कहिले पाउने भन्ने छ । Advertisement कोभिशिल्डको विकल्प खोज्दै सरकारनेपाल सरकारले २० लाख डोज कोभिशिल्ड खोप खरिदका लागि...
मन्त्रीले कठालो समानुभयो, केस फाइल गर्न जिल्ला प्रशासन जाँदै छु : राजेन्द्र रावल

मन्त्रीले कठालो समानुभयो, केस फाइल गर्न जिल्ला प्रशासन जाँदै छु : राजेन्द्र रावल

राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले आफूमाथि हातपार गरेको आरोप लगाएका छन् । उनले पार्टीको निर्देशनानुसार पत्र बुझाउन जाँदा सोमबार मन्त्री सोडारीले आफूमाथि दुर्व्यवहार गरेको बताए । सोडारीले पनि आफूमाथि दुर्व्यवहार भएको दाबी गरेका छन् । उनीहरुबीच आरोप–प्रत्यारोप चलिरहेको छ । “सुदूरपश्चिम सरकारले विश्वासको मत लिने कुरा अकस्मात् अस्ति साँझ प्रदेशसभा सचिवालयमा दर्ता भएछ । त्यसबारे हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश इन्चार्ज लेखराज भट्टसँग कुरा भयो । मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएको र मन्त्रीहरुलाई फिर्ता बोलाएको सन्दर्भमा संसदीय दलका नेता र प्रमुख सचेतकलाई पार्टीको ह्वीप जारी गर्न निर्देशन दिने र प्रत्येक सदस्यलाई पार्टीको तर्फबाट छुट्टै पत्र द...
यस्तो छ जोर्डनविरुद्ध नेपालको सुरुवाती–११

यस्तो छ जोर्डनविरुद्ध नेपालको सुरुवाती–११

खेलकुद
काठमाडौं । नेपालले जोर्डनविरुद्ध डिफेन्सिभ सेट उतार्ने भएको छ । जोर्डनविरुद्धको खेलमा प्रमुख प्रशिक्षक अब्दुल्हा अल्मुताइरीले किरण कुमार राईको कप्तानीमा ४–३–३ को फर्मेसनमा टिम उतारेका छन् । Advertisement नेपाल र जोर्डानबीचको खेल नेपाली समय अनुसार ९ः४५ मा सुरु हुनेछ । आजको खेलमा सहज नतिजा निकाल्ने योजनामा रहेको छ ।  तुलनात्मक रूपमा नेपाल जोर्डानभन्दा कमजोर टोली हो । नेपाल आफ्नो पहिलो लेगमा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।  यस्तो छ नेपालको पहिलो ११ःगोलरक्षक : किरण चेमजोङडिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्यालमिडफिल्डर : पुजन उपकोटी, सन्तोष तामाङ, सुमन लामाफर्वार्ड : अभिषेक रिजाल, अन्जान विष्ट । ...
निजी क्षेत्रले सम्पत्ति अभिलेखिकरणको माग किन उठाएको छ ?

निजी क्षेत्रले सम्पत्ति अभिलेखिकरणको माग किन उठाएको छ ?

अर्थतन्त्र
काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक वर्षको बजेटलाई निकै उत्साहप्रद एवम् निजी क्षेत्रमैत्री भनेर स्वागत गर्‍याे । बजेटमा निजी क्षेत्रका ६० प्रतिशत बढी सुझाव समेटिएको पनि भन्यो । तर, सम्पत्ति अभिलेखिकरण गर्न दिने व्यवस्था बजेटमा नआएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ ।  आखिर निजी क्षेत्रले माग्दै आएको सम्पत्ति अभिलेखिकरणको माग के हो ? सम्पत्ति अभिलेखिकरण गर्न दिइयो भने के फाइदा हुन्छ ? त्यसले मुलुकको अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?  Advertisement नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अनौपचारिक क्षेत्रमा रहेको पुँजीलाई औपचारिक क्षेत्रमा ल्याउन दिनु भन्ने नै रहेको बताउँछन् ।  “त्यो भयो भने करको दायरा पनि बढ्छ, राजस्व बढ्छ र स्वस्थ प्रतिस्पर्धा पनि बढ्छ । यो आधारमा हामीले यो कुरा उठाएका हौँ,” उनले भने ।  गोल्छाकाअनु...
कहिले हट्ला देशभरको निषेधाज्ञा ? गृह भन्छ– जिल्लाले आफैँ हटाउन सक्छन्

कहिले हट्ला देशभरको निषेधाज्ञा ? गृह भन्छ– जिल्लाले आफैँ हटाउन सक्छन्

देश, समाचार
काठमाडौं । कोरोना महामारीको ‘चेन ब्रेक’ गर्ने भन्दै करिब डेढमहिना अघिदेखि ७५ जिल्लामा निषेधाज्ञा कायम छ । अत्यावश्यक सेवाबाहेक अन्य सबै क्षेत्र ठप्प छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निरन्तर निषेधाज्ञाको समय थप्दै आएको भए पनि जनजीवन सहज बनाउनेतर्फ भने पहल नगरेको गुनासो  । पहाडी जिल्लामा २ सय बढी र ठूला सहरी क्षेत्र भएका जिल्लामा ५ सय संक्रमित देखिए जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा लगाउनसक्ने कानुनी व्यवस्था छ । Advertisement तर कतिपय जिल्लामा एक सयभन्दा कम संक्रमित छन् । तर निषेधाज्ञा जारी छ । निरन्तरको निषेधाज्ञाले व्यवसायी, दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्नेलगायत हरेकजसो क्षेत्र प्रभावित छ । पछिल्लो समय संक्रमण दर भने घट्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक...
‘शैक्षिक प्रमाणपत्र देखाउँदैमा २५ लाख ऋण पाइँदैन’

‘शैक्षिक प्रमाणपत्र देखाउँदैमा २५ लाख ऋण पाइँदैन’

बैँक/ बीमा, शिक्षा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक प्रमणपत्र (सर्टिफिकेट) देखाउँदैमा २५ लाख कर्जा नपाइने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘बजेट कार्यान्वन चुनौति’ विषयक कार्यक्रममा गभर्नर अधिकारीले उक्तयुक्त र विश्वसनीय व्यावसायिक योजना भएमा त्यसको अध्यन गरेर आवश्यक कर्जा पाउने बताए । गभर्नर अधिकारीले विभिन्न अनुगमले व्याज अनुदानमा गएका ३/४ प्रतिशत  कर्जाको गलत प्रयोग भएको पाइएको बताए । “राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको अनुगमन पनि गर्छ भने पहिले सहुलियतपूर्ण कर्जाको यकिन गरेर मात्रै ब्याज अनुदान दिने हो, त्यसको लागि डेपुटी गभर्नरको अध्यक्षतमा विभिन्न मन्त्रालयका अधिकारीको एउटा संयन्त्र बनेको छ,” गभर्नर अधिकारीले भने,“ब्याज अनुदानको सहुलियतपूर्ण कर्जाको गलत प्रयोग गर्नेलाई कारवाही हुन्छ र त्यसको विवरण पनि सार्वजनिक हुन्छ ।” ...