२०८३ बैशाख १८

Author: Senior Editor Nima

बर्दियामा भारतबाट आएका जंगली हात्तीको लर्को (तस्बिरहरू)

बर्दियामा भारतबाट आएका जंगली हात्तीको लर्को (तस्बिरहरू)

देश, समाचार
केही दिनयता चीनमा वासस्थान छोडेर यात्रामा निस्किएका जंगल हात्तीको संसारभरि चर्चा छ। १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्। चिनियाँ हात्तीको चर्चा भइरहेका बेला  नेपालको बर्दियामा पनि हात्तीको त्यस्तै लर्को देखिएको छ। बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वनमा झन्डै ४० हात्ती हिँडिरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा आएका छन्। ती हात्ती हुल बाँधेर कहाँ हिँडेका हुन्? यो प्रश्न हामीले राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख रविन कडरियालाई सोध्यौं। उनले  भारतको  कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्र ४० वटा जंगली हात्ती नेपाल आएको बताए। Advertisement 'जंगली हात्तीहरू नेपाल आएको जानकारी पाएका छौं। यी हात्तीहरू बर्दिया राष्ट्रिय निकुञ्ज पुगिसकेका छन्। उनीहरू वारिपारि गरिरहन्छन्,’ कडरि...
‘प्रधानमन्त्री उदार भएपछि राजकिशोरलाई मन्त्री बनाउनु के ठूलो कुरा हो र!’

‘प्रधानमन्त्री उदार भएपछि राजकिशोरलाई मन्त्री बनाउनु के ठूलो कुरा हो र!’

देश, राजनीति
बिहीबार राष्ट्रपतिबाट सपथ लिँदै नवनियुक्त मन्त्रीहरू। तस्बिर: प्रधानमन्त्रीको सचिवालय बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गर्न खबर बाहिरियो। ओली मन्त्रिपरिषदमा सात मन्त्रालय खाली थिए त्यसैका लागि उनले एमालेका नेताहरूलाई मन्त्री बनाउन लागेका होलान् भन्ने धेरैको आँकलन थियो। किनकी सत्ता साझेदार जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहबाट अघिल्लो साता नै मन्त्री भइसकेका थिए। महन्थ ठाकुर पक्षका १० जना नेतालाई मन्त्री बनाएका थिए। विघटित प्रतिनिधि सभाका २० जना सांसद आफ्नो पक्षमा भएकै आधारमा ठाकुरको भागमा ८ मन्त्री र २ राज्यमन्त्री परेका थिए। ओलीले बिहीबार थप्न लागेका मन्त्रीमध्ये उद्योग वार्णिज्य तथा आपुर्ति मन्त्रीमा जसपा नेता राजकिशोर यादवको नाम आएपछि धेरैलाई आश्चर्य लाग्यो। मन्त्रिपरिषद् बिस्तार हुने क्रममा यादवको नामबाहिर आएलगत्तै प्रधान...
नागरिकता अध्यादेशमा सर्वोच्चले भन्यो- विधायिका छलेर ल्याइएको अध्यादेशले वैधता पाउन सक्दैन

नागरिकता अध्यादेशमा सर्वोच्चले भन्यो- विधायिका छलेर ल्याइएको अध्यादेशले वैधता पाउन सक्दैन

देश, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको भोलिपल्ट सरकारको सिफारिसमा जारी गरेको नागरिकता अध्यादेश कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दिएको रिटमा सुनुवाइ गर्दै बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उक्त अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। राजनीतिक उद्देश्य प्राप्तिका लागि विधायिका छलेर ल्याइएको अध्यादेशलाई संवैधानिक वैधता दिन नमिल्ने सिद्धान्तका आधारमा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले भनेको छ। Advertisement सरकारले अध्यादेशमार्फत् नागरिकता कानुन संशोधन गरी जन्मसिद्ध नागरिकका सन्तानलाई आमा र बाबु दुवैको नागरिकता देखाए वंशजको ना...
पोर्चुगलको जितमा रोनाल्डो र फर्नान्डेजको गोल

पोर्चुगलको जितमा रोनाल्डो र फर्नान्डेजको गोल

खेलकुद
युरो २०२० अघि भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले सानदार जित हात पारेको छ। पोर्चुगलले बुधबार राति भएको खेलमा इजरायललाई ४-० गोलले पराजित गरेको हो।  Advertisement पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गरे। उनले खेलको ४२ मिनेटमा पहिलो गोल गर्दा दोस्रो हाफको इन्जुरी टाइममा अर्को गोल गरेका थिए।  यस्तै कप्तान क्रिस्टियानो रोनाल्डोले ४४ मिनेटमा टिमको अग्रता दोब्बर पारेका थिए। उनलाई गोल गर्न पनि फर्नान्डेजले नै पास दिएका थिए।  पोर्चुगलका लागि अर्को गोल खेलको ८६ मिनेटमा कान्सेलोले गरेका थिए।  पोर्चुगल युरो २०२० मा समूह 'एफ' मा छ। यो समूहमा पोर्चुगलसँगै जर्मनी, फ्रान्स र हंगेरी छन्। पोर्चुगलले युरोको पहिलो खेलमा आगामी मंगलबार हंगेरीसँग खेल्नेछ। ...
बादललाई पुरस्कार- श्रीमती सञ्चार मन्त्री नियुक्त

बादललाई पुरस्कार- श्रीमती सञ्चार मन्त्री नियुक्त

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। अघिल्लो साता मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले नेकपा एमालेमा आफ्नो समूहका सदस्यहरूलाई बिहीबार मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएकी छन्। उनी पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल' की श्रीमती हुन्। सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद रहेका बादलको पद खारेज भएको थियो। Advertisement नेकपा एकता खारेज भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बादललाई ओलीले यसअघि राष्ट्रिय सभा सदस्य पनि बनाउन खोजेका थिए। तर बागमती प्रदेश सभामा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा बादल पराजित भएपछि उनको सांसद र मन्त्री पद गएको ...
आज ८ मन्त्री थप्दै प्रधानमन्त्री ओली, खगराज अधिकारी गृहमन्त्री

आज ८ मन्त्री थप्दै प्रधानमन्त्री ओली, खगराज अधिकारी गृहमन्त्री

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तार गर्दै छन्। खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन्। गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गर्न लागेका हुन्। Advertisement स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन्। त्यस्तै नैनकला थापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह- कृषि मन्त्री, नारदमुनी राना- वनमन्त्री, मोहन बाँनिया- विना विभागीय, राजकिशोर यादव-उद्योग मन्त्री, गणेश पहाडी- सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने भएका छन्।   नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाएको छ।  यसअघि अघिल्लो साता प्रधानमन्त्री ओलीले पुरानो मन्त्रिमण्डलका चार जनाब...
बुद्धमूर्तिले सजाइँदै भैरहवा-लुम्बिनी सडक

बुद्धमूर्तिले सजाइँदै भैरहवा-लुम्बिनी सडक

SYM शुद्ध सकारात्मकता, देश, समाचार
गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्वारको रूपमा रहेको रुपन्देहीको सिद्धार्थनगर क्षेत्रको सडकमा बुद्धमूर्ति राख्ने काम भईरहेको छ। सडक तथा हवाईमार्गबाट समेत लुम्बिनी आउने पर्यटकलाई सिद्धार्थनगर क्षेत्रमा प्रवेश गर्दा नै बुद्धजन्मस्थलको अनुभूति दिलाउनेगरि मुख्य सडकको डिभाईडरमा बुद्धमूर्ति राखिएको नगरपालिकाले जनाएको छ ।  यसअघि तिलोत्तमा नगरपालिकाले आफ्नो सिमाक्षेत्रमा पर्ने बेलहीया-बुटवल ६ लेन सडकको मुख्य डिभाईडरमा बुद्धमूर्ति राखिसकेको छ। सिद्धार्थनगर नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र पर्ने बेलहिया-बुटवल ६ लेन सडक डिभाईडरमा यसअघि नै बुद्धमूर्ति राखेकोमा अहिले डिभिजन पर्यटन कार्यालय भैरहवाले लुम्बिनी सडकको डिभाईडरमा मूर्ति राख्न शुरु गरेको हो।  Advertisement लुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालय अन्तर्गत डिभिजन पर्यटक कार्यालयले उपलब्ध गरा...
शुक्रबारदेखि युरो २०२०, थाहा पाउनुहोस् सम्पूर्ण जानकारी

शुक्रबारदेखि युरो २०२०, थाहा पाउनुहोस् सम्पूर्ण जानकारी

खेलकुद
युरो २०२० युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको १६औं संस्करण महादेशीय फुटबल प्रतियोगिता हो।  प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुँदैछ। सुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय थियो। तर कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्ष सारियो। प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ। एक वर्ष सारेर सन् २०२१ मा  प्रतियोगिता आयोजना गर्न लागिए पनि नाम 'युइएफए युरो २०२०' नै राखिएको छ। प्रतियोगिताको उद्‌घाटन खेल जुन ११ मा इटालीको रोममा हुँदैछ। उद्‌घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। पोर्चुगल युरो कपको साविक विजेता हो। सन् २०१६ मा उपाधि जित्ने क्रममा पोर्चुगलले फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो।  युरो कपमा पहिलो पटक भिएआर प्रयोग हुँदैछ। Advertisement कोरोना कारण युरो २०२०...
लामो समय मास्क लगाउँदा आउने समस्या के हुन्? कसरी समाधान गर्न सकिन्छ?

लामो समय मास्क लगाउँदा आउने समस्या के हुन्? कसरी समाधान गर्न सकिन्छ?

समाचार, स्वास्थ्य
मास्कले कोरोना संक्रमण फैलिनबाट जोगाउँछ भन्ने वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ। मास्क लगाउनेले आफू र आसपासका अरूलाई पनि संक्रमण फैलन नदिन सहयोग पुर्‍याउँछ। कोरोना महामारीभन्दा अगाडि दैनिक र लामो समयसम्म कहिल्यै मास्क नलगाएकाहरूले मास्क लगाउँदा केही अप्ठ्यारो हुने बताउँछन्। उनीहरूका अप्ठ्यारा सामान्यतया यस्ता हुन्छन्ः Advertisement मास्क लगाएको केही छिनमै टाउको भारी भएजस्तो हुन्छमास्क लगाएपछि सास फेर्न अलि कठिन भएजस्तो हुन्छमास्क लगाएपछि नाकबाट भन्दा मुखबाट सास फेर्न सजिलो लाग्छ र मास्कभित्र मुख प्राय: आँ नै भएर बस्छमास्कले ढाकेको भाग चिलाएजस्तो लाग्छआँखा पोलेजस्तो लाग्छमास्कको तुनाले कान दुखाउँछ लामो समय मास्क लगाउँदा दन्त स्वास्थ्यमा पर्ने असरको तुलनामा यी अनुभव निकै सामान्य हुन्। यो लेखमा मास्कको निरन्तर प्रयोगले हाम्रो दन्त स्वास्थ्...
खोप कार्यक्रमको अनुगमनमा मेयर शाक्य, आफू अनुकूल केन्द्रमा खोप लगाउन आग्रह

खोप कार्यक्रमको अनुगमनमा मेयर शाक्य, आफू अनुकूल केन्द्रमा खोप लगाउन आग्रह

SYM शुद्ध सकारात्मकता, देश, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाउ सुरु गरिएको कोभिडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा सो उमेर समूहका सबैले लगाउन आग्रह गरेका छन् ।  खोप केन्द्रको अनुगमन गर्ने क्रममा प्रमुख शाक्यले यस्तो बताएका हुन् । प्रमुख शाक्यसँगै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्याक्षहरूलगायत अनुगमनमा सहभागी थिए । ‘‘काठमाडौँ महानगरपालिकाले अहिले ३२ वटै वडामा तोकिएको उमेर समूहका नागरिकलाई आफूलाई पायक पर्ने ठाउँमा खोप लिन पाउने व्यवस्था गरेको छ,” शाक्यले भने, ‘‘खोप लगाउन त्यही वडाको नागरिक हुनुपर्छ भन्ने छैन । उमेर समूह मिलेपछि महानगरपालिकाले व्यवस्थापन गरेका ३२ वटा मध्ये जुनसुकै केन्द्रबाट खोप पनि लगाउन सकिन्छ ।” Advertisement उनले साथमा उमेर समूह ...