२०८३ बैशाख २०

Author: Senior Editor Nima

लुम्बिनी प्रदेशका आफ्ना तीन सांसदलाई कारबाही गर्ने जसपाको निर्णय

लुम्बिनी प्रदेशका आफ्ना तीन सांसदलाई कारबाही गर्ने जसपाको निर्णय

राजनीति
जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने तयारी गरेको छ। जसपा कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले लुम्बिनी प्रदेश सरकारमा सहभागी सांसदहरुलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय गरेको हो। Advertisement प्रदेश सांसदहरु विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निश्कासन गर्न पत्र पठाउने निर्णय भएको एक कार्यकारिणी सदस्यले बताए। यसअघि विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सन्तोष पाण्डे र सुमन शर्मा रायमाझीलाई जसपाको बहुमतले निष्कासन गर्ने निर्णय गरेको थियो। बहुमतको निर्णयकै आधारमा प्रदेशका सभामुखले उनीहरुलाई निष्कासन गरेका थिए। तर उनीहरुलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो। रायमाझी भने यसअघि सरकारबाट बाहिरिसकेकी छन्। जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधि...
टोकियो ओलम्पिक – पदक तालिकामा चीन र अमेरिकालाई उछिन्दै जापान शीर्ष स्थानमा

टोकियो ओलम्पिक – पदक तालिकामा चीन र अमेरिकालाई उछिन्दै जापान शीर्ष स्थानमा

खेलकुद
जापानको राजधानी टोकियोमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान तेस्रो दिन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।  अमेरिका र चीनलाई स्वर्ण पदकमा उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो। जापानले यो समाचार तयार पार्दासम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ। तेस्रो स्थानमा झरेको चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ।  यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौँथो स्थानमा रहेको छ।  Advertisement तीन स्वर्ण, तीन रजत र एक कास्य पदकका साथ बेलायत पाँचौँ स्थानमा रहेको छ। यसैगरी दक्षिण कोरिया तीन स्वर्ण र चार कास्यसहित छैटौँ, अस्ट्रेलिया दुई स्वर्ण, एक...
इजरायलमा ‘केयरगिभर’का लागि आवेदन खुल्यो, मासिक कमाइ झन्डै दुई लाख

इजरायलमा ‘केयरगिभर’का लागि आवेदन खुल्यो, मासिक कमाइ झन्डै दुई लाख

देश, समाचार
इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट http://ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ। Advertisement इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने भएको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने विभागले जनाएको छ। मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर (एक लाख ८८ हजार भन्दा बढी नेपाली रुपैयाँ) हुने उल्लेख गरिएको छ। जसमा ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने छ। काम हप्तामा छ दिन गर्नुपर्नेछ। खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्नेछ। बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्ने उल्लेख गरिएको छ। केयरगिभरमा जान के–के योग्यता चाहिन्छ? - नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको। -...
दुवै टिमले रातो कार्ड पाएको खेलमा ब्राजिल र आइभरी कोस्टको बराबरी, अर्जेन्टिनाको पहिलो जित

दुवै टिमले रातो कार्ड पाएको खेलमा ब्राजिल र आइभरी कोस्टको बराबरी, अर्जेन्टिनाको पहिलो जित

खेलकुद
टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलमा ब्राजिल र आइभरी कोस्टको यु-२३ टिमले बराबरी खेलेका छन्। आइतबार भएको खेलमा गोलरहित बराबरीमा सकिएको हो। खेलको १४ मिनेटमा ब्राजिलका डोउग्लास लुइसले रातो कार्ड पाएका थिए। Advertisement कोउएसीले ७९ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदा आइभरी कोस्टमा पनि १० खेलाडीमा सीमित बन्यो। उनले खेलको ६५ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए।  यसअघि ब्राजिलले पहिलो खेलमा जर्मनीलाई ४-२ गोलले पराजित गरेको थियो। ब्राजिलले समूह 'डी' मा दुई खेलबाट चार अंक जोडेको छ।  यता 'सी'को खेलमा अर्जेन्टिनाले इजिप्टलाई १-० गोलले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा मेडिनाले ५२ मिनेटमा गोल गरेको थियो। यसअघि पहिलो खेलमा अर्जेन्टिनालाई अस्ट्रेलियाले पराजित गरेको थियो।  यता फ्रान्सले दक्षिण अफ्रिकालाई ४-३ गोलले पराजित गरेको छ। फ्र...
काठमाडौं उपत्यकामा दस दिन निषेधाज्ञा थपिने, के खुल्छन्, के खुल्दैनन्?

काठमाडौं उपत्यकामा दस दिन निषेधाज्ञा थपिने, के खुल्छन्, के खुल्दैनन्?

देश, समाचार
काठमाडौं उपत्यकामा थप दस दिन निषेधाज्ञा लम्ब्याइएको छ। आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि दस दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए। 'दस दिन थप्ने निर्णय गरेका छौं। सबै निर्णयहरू साबिककै हुन्,' उनले भने। Advertisement साउन १ गतेबाट जारी निषेधाज्ञा आइतबार सकिँदैछ। भोलिदेखि जारी हुने थप दस दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन। खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले...
अमेरिकामा पिएचडी गरे, नेपालमा फलाउँदै छन् स्वादिलो स्ट्रबेरी

अमेरिकामा पिएचडी गरे, नेपालमा फलाउँदै छन् स्वादिलो स्ट्रबेरी

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, उद्यमशीलता
हामीमध्ये धेरैले आइसक्रिम, जुस, चकलेट, ब्राउनी जस्ता विभिन्न खानेकुरा स्ट्रबेरी स्वादमा रूचाउँछौं। यो स्वादको माग हामीकहाँ मात्र होइन, विश्वभरि नै धेरै छ। अझ फलफूलकै रूपमा सिधै खाइने स्ट्रबेरीको त कुरै नगरौं! यति धेरै माग भएको स्ट्रबेरी नेपालमा फलाउन यहाँको माटो उपयुक्त रहेको विज्ञहरू बताउँछन्। हामीले स्ट्रबेरी धेरै परिमाणमा उत्पादन गर्न सक्यौं भने अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने राम्रो सम्भावना भएको उनीहरूको भनाइ छ। तर नेपालमा स्ट्रबेरीबारे धेरै अध्ययन भएको छैन। सुरूआतमा जैती नेपाल भन्ने एउटा परियोजनाले जापानको आर्थिक सहयोगमा स्ट्रबेरीका छवटा बिरूवा ल्याएर परीक्षण गरेको थियो। परीक्षण सफल भएपछि विस्तारै यो व्यवसायिक बन्दै गयो। तर नयाँ जात विकास हुन सकेको छैन। Advertisement सरकारले अनुसन्धानमा चासो नदेखाउनु र दक्ष जनशक्ति विदेश पलायन हुन...
प्रधानमन्त्री देउवाले नियुक्त गरे उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री

प्रधानमन्त्री देउवाले नियुक्त गरे उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री

राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। Advertisement प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै प्रधानमन्त्री देउवालाई चौतर्फी दबाब थियो। आफूलाई समर्थन गरेका दलहरूबीच मन्त्रालयको भागबन्डा टुंगिन बाँकी रहेकाले देउवाले कांग्रेस सांसद श्रेष्ठलाई राज्यमन्त्रीमात्र नियुक्त गरेको बुझिएको छ।  राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ भोजपुरका हुन्। उनी कांग्रेसका समानुपातिक सांसद हुन्।  उनी लिटिल एन्जल्स विद्यालयका सञ्चालक हुन्। श्रेष्ठको जग्गा, बैंक र होटल क्षेत्रमा पनि लगानी छ। उनी प्याब्सनको अध्यक्ष...
फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने अलमुताइरीको घोषणा

फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने अलमुताइरीको घोषणा

खेलकुद
अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन्।  सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन्।  Advertisement 'डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले  मेरोबारेमा नाटक गरेका छन्,' उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्। यसअघि गत चैतमा उनलाई नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।  अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो ल...
उच्चस्तरीय राजनीतिक समितिको सट्टा देउवालाई सघाउन बन्यो कार्यदल

उच्चस्तरीय राजनीतिक समितिको सट्टा देउवालाई सघाउन बन्यो कार्यदल

देश, राजनीति
बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठक। तस्बिर: प्रधानमन्त्रीको सचिवालय। प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्न विभिन्न दलका नेता सहभागी कार्यदल बनेको छ। देउवालाई सहयोग गर्न बनेको ७ सदस्यीय कार्यदलको प्रमुखमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का छन्। कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टीका दुई-दुई जना नेता कार्यदलको सदस्य छन्। कार्यदलमा संयोजकसहित कांग्रेसको बहुमत सदस्य छन्। Advertisement केन्द्रीय सदस्यद्वय रमेश लेखक र मिनेन्द्र रिजाल कार्यदलमा कांग्रेसबाट सदस्य छन्। महामन्त्री खड्का र लेखक देउवानिकट हुन् भने रिजाल वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन्। सरकारलाई सघाउने कार्यदल बनाउँदा पनि देउवाले पौडेल पक्षलाई स्थान दिएका छन्। देउवानिकट एक कांग्रेसका पदाधिकारीका अनुसार यो कार्यदलले मुख्यगरी सरकारलाई सघाउँछ। नेकपा एमालेका ...
टोकियो ओलम्पिक : चीनलाई पहिलो स्वर्ण, दक्षिण एसियाको भारतसहित २० देशले जिते पदक

टोकियो ओलम्पिक : चीनलाई पहिलो स्वर्ण, दक्षिण एसियाको भारतसहित २० देशले जिते पदक

खेलकुद
टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेको छ। चीनकी सुटिङ खेलाडी यान क्वानले महिला १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन्। कोरोना भाइसका कारण बनाइएको नयाँ नियमका कारण उनलाई मेडल किस्तीमा राखिएर दिइएको थियो भने उनले मेडल समारोहमा मास्क लगाएरै आफ्नो देशको राष्ट्रिय गान गाएकी थिइन्।  Advertisement ओलम्पिकको पहिलो दिन आज अहिलेसम्म २० देशले पदक जितेका छन्। जसमा चीनसहित ६ देशले स्वर्ण पदक हात पारेका छन्।  चीन दुई स्वर्ण जित्दा आयोजक जापान, इक्वेइडर, इरान, दक्षिण कोरिया र कोसोभोले १-१ स्वर्ण हात पारेका छन्। दक्षिण एसियाको भारतले पहिलो पहिलो दिन पदक जितेको छ। भारतले रजत पदक जितेको हो। भारतकी मीराबाई चानूले भारोत्तोनलको महिला ४९ केजीमा रजत पदक जितेकी हुन्।  उनी ओलम्पिक भारोत्तोलनमा भारतका लागि रजत जित्ने पहिलो खेलाडी बनिन्। यो इभेन्ट...