२०८३ कार्तिक २९

लुम्बिनी प्रदेशका आफ्ना तीन सांसदलाई कारबाही गर्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने तयारी गरेको छ।

जसपा कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले लुम्बिनी प्रदेश सरकारमा सहभागी सांसदहरुलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय गरेको हो।


Advertisement


प्रदेश सांसदहरु विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निश्कासन गर्न पत्र पठाउने निर्णय भएको एक कार्यकारिणी सदस्यले बताए।

यसअघि विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सन्तोष पाण्डे र सुमन शर्मा रायमाझीलाई जसपाको बहुमतले निष्कासन गर्ने निर्णय गरेको थियो।

बहुमतको निर्णयकै आधारमा प्रदेशका सभामुखले उनीहरुलाई निष्कासन गरेका थिए। तर उनीहरुलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो।

रायमाझी भने यसअघि सरकारबाट बाहिरिसकेकी छन्। जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारीकता पाएको भोलिपल्टै उनीहरु कारबाहीमा परेका हुन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap