मन्त्री बनाउन चौतर्फी दबाब छ, त्यसकारण तनावमा छु : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गरे।
Advertisement
मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति अहिले जबर्जस्त रूपमा विकास भएको उनको भनाइ छ।
नेकपाका संस्थापक कर्माचार्य कहिल्यै पनि पदका पछाडि नलागेको सन्दर्भ कोट्याउँदै उनले कम्युनिष्ट नेता कार्यकर्ताले कर्माचार्यको जस्तै आचरण देखाउन सक्नुपर्ने बताए।
पद र शक्तिका लागि नेता कार्यकर्ताको होडबाजी चल्ने गरेको उल्लेख गर्दै उनले त्यसले कम्युनिष्ट आन्दोलनलाई नै क्षति पुुग्ने ...









