२०८३ बैशाख २१

Author: Senior Editor Nima

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

देश, राजनीति
तस्बिर : प्रधानमन्त्रीको सचिवालय नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। Advertisement मंगलबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई भण्डारीले नियुक्त गरेकी थिइन्। गुरूङ कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका हुन्। यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव थिए। दुबैलाई फालेर देउवा सरकारले नयाँ नियुक्ति गरेको हो। भरतपुरको एउटै टोलका शेरचन र गुरूङ बने लुम्बिनी र गण्डकी प्रदेशका प्रमुख  भरतपुर महानगरपालिकाको एउटै टो...
टोकियो ओलम्पिक: सय मिटर फ्रिस्टायलको लङ कोर्समा गौरिकाको राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक: सय मिटर फ्रिस्टायलको लङ कोर्समा गौरिकाको राष्ट्रिय कीर्तिमान

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा पौडिएकी हुन्। यसअघि गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही रेकर्ड गौरिकाले बुधबार सुधार गरेकी हुन्। Advertisement बुधबार सय मिटर फ्रिस्टायलको पहिलो हिटमा पौडीएकी गौरिका चार खेलाडी मध्ये तेस्रो भइन्। शीर्ष स्थानमा नाइजेरिया र दोस्रो स्थानमा मोन्टेनेग्रोका खेलाडी आए। गौरिकाले ग्वामका खेलाडीलाई मात्र पछि पार्न सकिन्।  यो स्पर्धामा कुल ५१ खेलाडीले  प्रतिस्पर्धा गरेका थिए। जसमा गौरिका ५०औं स्थानमा आइन्। शीर्ष १६ खेलाडी भने...
टोकियो ओलम्पिक: आयोजक जापानको अग्रता कायमै, १० स्वर्णसहित शीर्ष स्थानमा

टोकियो ओलम्पिक: आयोजक जापानको अग्रता कायमै, १० स्वर्णसहित शीर्ष स्थानमा

खेलकुद
जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा कामयै छ।  प्रतियोगिताको चौथो दिन स्वर्ण पदकमा अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थानमा यथावत रहेको हो। यसअघि प्रतियोगिताको तेस्रो दिन पनि जापान अगाडि थियो। Advertisement ७१ स्वर्णको टुंगो लाग्दा जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच काँस्यसहित कूल १८ पदक प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको अमेरिकाले नौ स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ भने चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ।  यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ ।  यसैगरी बेलायत चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । दक्षिण कोरिया तीन स्व...
बाजुरामा बुढीगंगा नदी आंशिक थुनियो, सतर्क रहन आग्रह

बाजुरामा बुढीगंगा नदी आंशिक थुनियो, सतर्क रहन आग्रह

देश, समाचार
बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ। गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ। वडा सदस्य गीता रोकायाले नदीमाथिबाट गौमुल ताल फुटेर पहिरो जादा नदी थुनिएको बताइन् । Advertisement ‘अहिले नदीमा केहि मात्रामा माटो–लेतो बगेको छ,’ उनले भनिन्, ‘नदी थुनिएर जोखिम बढेपछि तटीय क्षेत्रमा स्थानीयलाई सचेत पारिएको छ।’ बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले नदी थुनिएको खबर आएपछि प्रहरीको टोली पठाइएको बताए। ‘जनप्रतिनिधिसँग बुझ्दा थुनिएको नदी आंशिक रूपमा बग्न थालेको भनिएको छ, प्रहरी टोली पुग्न ५ घण्टा लाग्छ, त्यसपछि के भएको हो थाहा होला,’ उनले भने । वडा सदस्य रोकायाका अनुसार त्यहाँ एक सातादेखि परिरहेका पानीले बुढीगंगामा वहाव बढेको हो। सोही ठाउँमा तुसारी गाडका&nb...
टोकियो ओलम्पिकमा गौरिकाको प्रतिस्पर्धा आज

टोकियो ओलम्पिकमा गौरिकाको प्रतिस्पर्धा आज

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन्। उनले महिला सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न लागेकी हुन्। यो स्पर्धामा गौरिका पहिलो हिटमा परेकी छिन्। यो हिटमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन्। खेल आज दिउँसो ३:४५ बजे हुनेछ। यो स्पर्धामा सात वटा हिट हुनेछन्। सात हिटमा गरी कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा पुग्न शीर्ष १६ स्थानको टाइमिङ निकाल्नु पर्नेछ। Advertisement सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ। उनले १३औं सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। टोकियो ओलम्पिकमा उनले यो टाइमिङ सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कामय गर्ने लक्ष्य लिएकी छिन्।  जारी ओलम्पिकको ...
मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरूलाई

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरूलाई

देश, राजनीति
बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। बुधबार बिहान झन्डै २ घन्टासम्म बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको थियो। बैठकमा मन्त्रिमण्डल बिस्तार छिट्टै गर्ने विषयमा छलफल भएको छ।  Advertisement नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा छलफल भएको बताए। ‘अहिलेसम्म सरकारले गरेका कामकारबाहीको छोटो समीक्षा भयो। मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिनेबारे पनि कुराकानी भएको छ,’ बैठकपछि महामन्त्री खड्काले भने, ‘मन्त्रिमण्डल कहिले बिस्तार गर्ने भन्ने ठोस निर्णय भएको छैन, छिट्टै गर्ने भन्नेछ।’ साथै आजको बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ ...
टोकियो ओलम्पिक : नेपालका एलेक्जान्डरले पौडीमा बनाए राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक : नेपालका एलेक्जान्डरले पौडीमा बनाए राष्ट्रिय कीर्तिमान

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत नेपालका पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन्।  सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका हुन्।  यो स्पर्धाको राष्ट्रिय कीर्तिमान यसअघि उनकै नाममा थियो। नेपालमा भएको १३औं सागमा उनले ५४:१३ सेकेन्डको कीर्तिमान बनाएका थिए।  Advertisement आफ्नै नामको कीर्तिमान तोडेका उनी पहिलो हिट्समा पहिलो भए। सात जना पौडिएको हिड्समा कोसोभोका खेलाडी दोस्रो भए। प्यालेस्टाइनका खेलाडी तेस्रो, गुएनाका चौथो, भुटानका पाँचौ, माल्दिभ्सका सातौ र सोलोमन आइल्यान्डका खेलाडी सातौं भए।  समग्रमा ५९औं भएसँगै उनी पहिलो चरणबाटै बाहिरिए। यो स्पर्धामा कुल ७० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यो स्पर्धाका शीर्ष १६ खेलाडी सेमिफाइनल पुगेक...
कांग्रेसमा क्रियाशील सदस्यता: जसले विवाद समाधान गर्ने जिम्मेवारी पायो, उसैले पन्छाइदियो

कांग्रेसमा क्रियाशील सदस्यता: जसले विवाद समाधान गर्ने जिम्मेवारी पायो, उसैले पन्छाइदियो

देश, राजनीति
छानबिन समिति प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउँदै समितिका संयोजक रमेश लेखकलगायत। विवादित क्रियाशील सदस्यताबारे छानबिन गर्ने जिम्मेवारी पाएको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ‘अपुरो’ प्रतिवेदन बुझाएको छ। यो समितिको संयोजकमा केन्द्रीय सदस्य रमेश लेखक थिए। सदस्यहरू आनन्दप्रसाद ढुंगाना, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरूङ, जीवन परियार र योगेन्द्र चौधरी थिए। गत फागुन ६ गते कांग्रेस केन्द्रीय कार्यसमितिले लेखकको नेतृत्वमा क्रियाशील छानबिन समिति बनाएको थियो। पाँच महिनामा यो समितिले विवाद समाधान गर्न पटकपटक म्याद लियो तर मुख्य विवाद छाडेर आज प्रतिवेदन बुझाएको छ। समितिले क्रियाशील टुंगो लगाउन नसक्दा मंगलबार देशभरका छ हजार सात सय ४३ वडामा गर्ने भनेको वडा अधिवेशन नै स्थगित गर्नुपर्‍यो। अब वडा अधिवेशन कहिले हुन्छ, यकिन छैन। Advertisement ...
फुटबल टिमका कप्तान किरण भन्छन्- गल्ती होइन समाधान खोजौं

फुटबल टिमका कप्तान किरण भन्छन्- गल्ती होइन समाधान खोजौं

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङले समाधान खोज्न आग्रह गरेका छन्।  नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङको कारण राजीनामा दिने घोषणा गरेपछि कप्तान किरणले समाधान खोज्न आग्रह गरेका हुन्।  Advertisement किरणले फेसबुकमा लेखेका छन्,'राष्ट्रिय टिम एक परिवार हो। हामी कहिले माथि र तल पुगेका छौं। हामीलाई थाहा छैन को सही र को गलत छ। तर हामी एक राष्ट्रिय टिमका रूपमा कुनै सदस्य गुमाउन चाहँदैनौं। यो समय आगामी खेल र प्रतिस्पर्धाका लागि एकजुट हुने समय हो, कृपया गल्ती होइन समाधान खोज्नुहोस्।' यसअघि आइतबार अलमुताइरीले नेम्बाङका कारण आफूले राजीनामा दिन गएको भन्दै फेसबुकमा लेखेका थिए। उनले अहिलेसम्म राजीनामा भने दिएका छैनन्।  नेपाली फुटबलप्रेमीको अथाह ...
भरतपुरको एउटै टोलका शेरचन र गुरूङ बने लुम्बिनी र गण्डकी प्रदेशका प्रमुख

भरतपुरको एउटै टोलका शेरचन र गुरूङ बने लुम्बिनी र गण्डकी प्रदेशका प्रमुख

देश, राजनीति
पृथ्वीमान गुरूङ(बायाँ) र अमिक शेरचन (दायाँ) भरतपुर महानगरपालिकाको एउटै टोलका दुई जना देशका दुई प्रदेशका प्रदेश प्रमुखमा नियुक्त भएका छन्।  महानगरपालिकाको वडा नम्बर–२६ स्थित दिब्यनगरका अमिक शेरचन लुम्बिनी र पृथ्वीमान गुरूङ गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका हुन्।  Advertisement उनीहरूको घर भरतपुरबाट करिब २० किलोमिटर पश्चिम दिव्यनगरमा पर्छ। भरतपुर–मेघौली सडकसँगै उनीहरूको घर करिब ३०० मिटरको दूरीमा छ। मेघौलीतर्फ जाँदा दायाँतर्फ थकाली चोकमा शेरचनको र बायाँतर्फ धर्मभकारी चोकमा गुरूङको घर छ।  सरकारले चितवनकै सीता पौडेललाई हटाएर पृथ्वीमान गुरूङलाई गण्डकी प्रदेशको प्रदेश प्रमुख बनाएको हो। पौडलभन्दा अघि उक्त प्रदेशको प्रमुख अमिक शेरचन थिए। एमाले र माओवादी केन्द्रको एकतापछि प्रदेश प्रमुख बनेका शेरचनलाई नेकपा विघटन भएपछि तत्कालीन प्रधानमन्त्री...