२०८१ बैशाख २२

बाजुरामा बुढीगंगा नदी आंशिक थुनियो, सतर्क रहन आग्रह

बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ। गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ।

वडा सदस्य गीता रोकायाले नदीमाथिबाट गौमुल ताल फुटेर पहिरो जादा नदी थुनिएको बताइन् ।


Advertisement


‘अहिले नदीमा केहि मात्रामा माटो–लेतो बगेको छ,’ उनले भनिन्, ‘नदी थुनिएर जोखिम बढेपछि तटीय क्षेत्रमा स्थानीयलाई सचेत पारिएको छ।’

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले नदी थुनिएको खबर आएपछि प्रहरीको टोली पठाइएको बताए।

‘जनप्रतिनिधिसँग बुझ्दा थुनिएको नदी आंशिक रूपमा बग्न थालेको भनिएको छ, प्रहरी टोली पुग्न ५ घण्टा लाग्छ, त्यसपछि के भएको हो थाहा होला,’ उनले भने ।

वडा सदस्य रोकायाका अनुसार त्यहाँ एक सातादेखि परिरहेका पानीले बुढीगंगामा वहाव बढेको हो।

सोही ठाउँमा तुसारी गाडका २ वटा झलुंगे पुल बगाएको उनले जानकारी दिइन् । वडा नम्बर ३ गर्ज्याङ र वडा नम्बर २ दहकोटमा एउटा झुलंगे पुल बगेको उनले बताइन् ।

अजयटोट्की टोल जोखिममा परेपछि १६ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरु लेकमा त्रिपालमा बसेका छन् ।

Copy link
Powered by Social Snap