२०८३ बैशाख २०

Author: Senior Editor Nima

सर्वोच्च पुगेका पूर्वमाओवादीका चार नेताले दिए आफ्नै रिटको सुनुवाइ स्थगित गर्न निवेदन

सर्वोच्च पुगेका पूर्वमाओवादीका चार नेताले दिए आफ्नै रिटको सुनुवाइ स्थगित गर्न निवेदन

देश, राजनीति
सांसद पदमा पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका पूर्वमाओवादी केन्द्रका चार नेताले आजको सुनुवाइ आफैंले स्थगित गर्न निवेदन दिएका छन्।  उनीहरूले सर्वोच्चमा दायर गरेको रिटको पेशी शुक्रबार आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको थियो।  तर उनीहरूले भने सुनुवाइ स्थगित गर्न निवेदन दिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए। Advertisement 'यसअघि हिजोको इजलासले यो मुद्दा हेर्न भ्याएको थिएन। आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको थियो तर पक्षहरू आफैंले स्थगित गर्नुभएको छ,' उनले भने।  नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएपछि पुनर्बहाली माग गर्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।  बिहीबार चारै नेताको रिट न्यायाधीश दीपककुमार कार्कीको...
‘यही अवस्था रहे नेपालको ओलम्पिक यात्रा आगामी ६ दशकसम्म पनि यस्तै हुन्छ’

‘यही अवस्था रहे नेपालको ओलम्पिक यात्रा आगामी ६ दशकसम्म पनि यस्तै हुन्छ’

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत शुक्रबार विहान एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएसँगै नेपालको यसपटकको ओलम्पिक यात्रा पनि सहभागितामै सीमित बन्यो।  सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो। त्यसयता सन् १९६८ को मेक्सिको ओलम्पिक बाहेक नेपालले सबै ओलम्पिकमा सहभागिता जनाएको छ। तर नेपालले पदक त के कुनै पनि खेलाडीले दोस्रो चरणमा समेत स्थान बनाउन सकेका छैनन्। तेक्वान्दोका संगीना वैद्य र दीपक बिष्ट बाहेक अन्य खेलाडीले छनोट पार गरेर ‌अहिलेसम्म ओलम्पिक खेल्न सकेका छैनन्।  संगीनाले सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुँदा सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक बिष्टले छनोट चरण पार गरेका थिए। के सधैँ नेपालको ओलम्पिक प्रतिष्पर्धा सहभागितामै सीमित हुने हो? यो प्रश्न खेलकुद विज्ञ सुशीलनरसिंह राणालाई सोधका छौं। ...
जुडो टोली स्विट्जरल्यान्ड जाने

जुडो टोली स्विट्जरल्यान्ड जाने

खेलकुद
आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दैछन्। तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन्। प्रशिक्षकमा राजीव प्रधान छन्। Advertisement अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुने छ  टोलीको हवाइ टिकट-खान-बसोबास ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पले व्यवस्था गर्ने तथा स्थानिय खर्च आईजेएफले व्यहोर्ने नेपाल जुडो संघले जनाएको छ। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव एकेन्द्र कुँवरले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । निमित्त सदस्य–सचिव कुँवरले नेपाली टोलीलाई स्विट्जरल्यान्डमा सहजीकरणका लागि त्यहाँको एन...
आजको संसद बैठकमा शून्य समयमा कसले के भने?

आजको संसद बैठकमा शून्य समयमा कसले के भने?

राजनीति
प्रतिनिधि सभाका सदस्य टेकबहादुर बस्नेतले राष्ट्रिय जनगणना रोक्नु नहुने बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै बस्नेतले राष्ट्रिय जनगणना स्थगित गर्न लागेको जानकारी पाएकोले यसलाई रोक्न नहुने बताएका हुन्। उनले राष्ट्रिय जनगणना  नेपाल सरकारको सूचीमा छ, छैन भन्ने विषयमा ध्यानाकर्षण गराए। ‘नेपालमा पहिलो राष्ट्रिय जनगणना आजभन्दा ११० वर्षअघि बि.सं १९६८ मा भएको थियो, त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३८ हजार ६४९ थियो, यो सबैलाई जानकारी छ, अहिले ११ औँ राष्ट्रिय जनगणनाको लागि आवश्यक तयारी र आवश्यक बजेट पनि विनियोजन भइसकेको छ, कोरोना महामारीका कारण कार्यक्रम स्थगित भएको भन्ने सुन्नमा आएको छ, त्यसलाई स्थगित गर्नुहुँदैन, अगाडि बढाउनुपर्छ, सरकारको कार्यसूचीमा छ, छैन, नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने। Advertisement त्यस्तै प्र...
बोर्डिङका विद्यार्थी अनलाइनमा पढ्दै, सरकारीकाले बिर्सिसके पढाइ

बोर्डिङका विद्यार्थी अनलाइनमा पढ्दै, सरकारीकाले बिर्सिसके पढाइ

देश, शिक्षा
कोरोना महामारी पहिले नै सरकारी स्कुल र निजी स्कुलका विद्यार्थी र उनीहरूको पढाइमा भिन्तता थियो। निजी स्कुलको पढाइ सरकारीभन्दा राम्रो हुन्छ भन्ने धारणा समाजमा छ। यो भिन्नतालाई अझै गहिर्‍याएको छ महामारीमा भएको स्कुल बन्दले। निजी स्कुल पढ्ने विद्यार्थीहरू ल्यापटप र मोबाइलमा भएन पनि अनलाइन क्लास लिइरहेका छन्। सरकारी स्कुलका विद्यार्थी के गरिरहेछन् त? धनगढी उपमहानगरपालिका- १५ का १२ वर्षीय देवसिंह रानालाई हामीले यही प्रश्न सोधेका थियौं। उनी सरकारी स्कुलमा पढ्छन्। ‘कोरोनाले हाम्रो स्कुल बन्द छ,’ उनले भने, 'हामी दिनभरि माछा मार्न जान्छम्। Advertisement उनी अहिले कक्षा ८ मा पुगे।  केही दिनअघि आएको रिजल्टमा उनी ७ कक्षाबाट पास भएका हुन्।  कोरोनाको दोस्रो लहर फैलिएपछि उनले परीक्षा भने दिन पाएका थिएनन्। परीक्षा दिन नपाए पनि उ...
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिकसहित राहत टोली खटाउन गृहमन्त्री खाणको निर्देशन

बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिकसहित राहत टोली खटाउन गृहमन्त्री खाणको निर्देशन

देश, समाचार
गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरो प्रभावित जिल्लामा प्राविधिकसहित राहत टोली खटाउन निर्देशन दिएका छन्। Advertisement गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई गृहमन्त्री खाणले सिन्धुपाल्चोक, मनाङ, गोरखालगायत बाढीपहिरोबाट प्रभावित ठाउँमा सहज रूपमा राहत पुर्‍याउन निर्देशन दिएका छन्। बाढीपहिरोले सिन्धुपाल्चोक र मनाङमा सडक तथा गोरखामा पैदल मार्ग भत्केका कारण आवतजावत रोकिएकोले त्यस क्षेत्रमा हेलिकप्टरबाट भए पनि राहत रामग्री पुर्‍याउन गृहमन्त्री खाणको आग्रह छ। साथै हेलिकप्टरबाट प्राविधिक टोली लगेर स्थलगत अवलोकन गरी क्षतिको अध्ययन गरेर प्रतिवेदन पेश गर्न र आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग माग गर्न गृहमन्त्री खाणले आग्रह गरेका छन्। ...
कांग्रेस महाधिवेशनको प्रक्रिया सुरू गर्न शेखर कोइरालाको माग

कांग्रेस महाधिवेशनको प्रक्रिया सुरू गर्न शेखर कोइरालाको माग

राजनीति
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले १४ औं महाधिवेशनको प्रक्रिया सुरू गर्न माग गरेका छन्। पदाधिकारी र पूर्वपदाधिकारी बैठक निरन्तर गरे पनि महाधिवेशन प्रक्रिया हालसम्म पनि अगाडि नबढेको कोइराला बताउँछन्। महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ। साउन १२ मा हुनुपर्ने वडा अधिवेशन कहिले गर्ने अझै टुंगो लगाउन कांग्रेसले सकेको छैन। Advertisement क्रियाशील सदस्यतामै विवाद देखिएका छन्। आज दिउँसो २ बजेसम्म क्रियाशील विवाद समाधान गर्न रमेश लेखक नेतृत्वको छानबिन समितिलाई समय दिइएको छ। ‘कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया जारी छ। तर पूर्वनिर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो हुन सकेको छैन। यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र पार्टीको सम्पूर्ण साथीहरुम...
टोकियो ओलम्पिकमा रूसका खेलाडीले आफ्नो देशको नाम र झण्डा प्रयोग गर्न किन पाइरहेका छैनन्?

टोकियो ओलम्पिकमा रूसका खेलाडीले आफ्नो देशको नाम र झण्डा प्रयोग गर्न किन पाइरहेका छैनन्?

खेलकुद
टोकियो ओलम्पिकमा रूसका ३३५ खेलाडी सहभागी छन्। तर, अरू देशका खेलाडी जस्तै उनीहरूलाई आफ्नो देशको नाम, झण्डा र राष्ट्रिय गानको उपयोग गर्ने अनुमति छैन।  यी सबै खेलाडी रसियन ओलम्पिक कमिटी अर्थात् आरओसीको झण्डामा टोकियो ओलम्पिक खेलिरहेका छन्। उनीहरूले जितेको पदक पनि टोकियो ओलम्पिकको पदक तालिकामा आरओसीको नाममा छ। जसको झण्डा रुसको भन्दा अलग छ।  Advertisement जारी ओलम्पिकमा आरओसीको झण्डामा अहिलेसम्म २५ खेलाडीले पदक जितिसकेका छन्। जसमा ७ स्वर्ण, ११ रजत र ७ कास्य समावेश छन्। आरओसी पदक तालिकामा चीन, अमेरिका र जापानपछि चौथो स्थानमा छ। यसअघिका ओलम्पिकमा रूस पदक तालिकामा माथिल्लो स्थानमा रहने गर्थ्यो। क्षेत्रफलको हिसाबमा संसारको सबैभन्दा ठूलो देश रूस २०१६ को रियो ‌ओलम्पिकमा ५६ पदक जित्दै पदक तालिकाको चौथो स्थानमा रहेको थियो। सन् २०१९ मा वर्ल्ड...
टोकियो ओलम्पिक: पुरुष फुटबलमा ब्राजिल क्वार्टरफाइनलमा, जर्मनी बाहिरियो

टोकियो ओलम्पिक: पुरुष फुटबलमा ब्राजिल क्वार्टरफाइनलमा, जर्मनी बाहिरियो

खेलकुद
टोकियो ओम्पिकअन्तर्गत पुरुष फुटबलको प्रतिस्पर्धामा ब्राजिल क्वार्टरफाइनलमा पुगेको छ। समूह 'डी' को खेलमा बुधबार ब्राजिलले साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। Advertisement ब्राजिलको जितमा कुन्हाले १४ मिनेटमा पहिलो गोल गर्दा रिचार्लीसनले ७६ र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे। यता आइभरी कोस्टसँग १-१ गोलको बराबरी खेलेको जर्मनी भने बाहिरिएको छ। समूहमा ब्राजिलले तीन खेलबाट ७ अंक जोड्यो। पहिलो खेलमा जर्मनीलाई ४-२ ले हराएको ब्राजिलले दोस्रो खेलमा आइभरी कोस्टसँग बराबरी खेलेको थियो। दोस्रो भएको आइभरी कोस्ट ५ अंक जोड्दै अन्तिम आठमा पुग्यो। ४ अंक जोडेको जर्मनी भने बाहिरियो।  यता समूह 'बी' बाट दक्षिण कोरिया र न्युजिल्यान्ड अन्तिम आठमा पुगेका छन्।  दक्षिण कोरियाले बुधबार समूहको अन्तिम खेलमा होन्डुरस...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

देश, राजनीति
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्व पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन्। Advertisement बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपाध्यक्ष पौडेलले सपथग्रहण गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष पौडेललाई सपथ गराएका छन्। साथै योजना आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर लिम्बु पनि नियुक्त भएका थिए। उनीहरूलाई मन्त्रिपरिषदको गत साउन १२ को बैठकले आयोगमा नियुक्त गरेको थियो। ...