२०८३ बैशाख २१

Author: Senior Editor Nima

आफ्नो पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन : ओली

आफ्नो पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन : ओली

राजनीति
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुर्‍याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताएका छन्। तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताए। Advertisement नेपाली जनताले विकास र सुशासनका लागि कम्युनिष्ट सरकार नै चाहिन्छ भन्ने महसुस गरेको उनले बताए। आफूले नेतृत्व गरेको सरकारका कारण आमजनताको सरकारप्रति आशा र भरोसा बढेको उनले बताए। उनले भने, ‘केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो।’ पूर्वप्रधानमन्त्री ओलीले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितलगायतका नेताले पार्टी ...
प्रचण्डले आज नेताहरूसँग छलफल गर्ने, मन्त्री छान्न भोलि स्थायी कमिटी बैठक

प्रचण्डले आज नेताहरूसँग छलफल गर्ने, मन्त्री छान्न भोलि स्थायी कमिटी बैठक

देश, राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सत्तारूढ गठबन्धनका नेताहरूसँग भेटेर कुराकानी गर्ने भएका छन्। आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले भेटवार्ता गरिसकेका छन्। आजै बसेको स्थायी कमिटी बैठकमा उनले मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे भइरहेका कुराकानीबारे पनि जानकारी गराएका थिए। Advertisement नेता नारायणकाजी श्रेष्ठका अनुसार आज प्रचण्डले नेताहरूसँग छलफल गर्नेछन्। सोमबार अपरान्ह ३ बजे स्थायी कमिटी बैठक बोलाइएको उनले बताए। उक्त बैठकमा सरकारमा सहभागी हुने मन्त्री छान्नेबारे निर्णय हुनेछ। श्रेष्ठकाअनुसार मन्त्री छान्ने काम स्थायी कमिटीले गर्छ। अहिलेसम्म अध्यक्ष प्रचण्डलाई त्यो अधिकार दिइसकिएको छैन। श्रेष्ठले मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्ने बताए। यतिन्जेल जसपाले आधिकारिकताका लागि पर्खन भनेको र जसपाले ...
पुराना स्मार्टफोन र ल्यापटपबाट बनाइएका हुन् टोकियो ओलम्पिकका पदक

पुराना स्मार्टफोन र ल्यापटपबाट बनाइएका हुन् टोकियो ओलम्पिकका पदक

खेलकुद
अहिले जापानको टोकियोमा ग्रिष्मकालीन ओलम्पिक चलिरहेको छ। सन् २०२० मा हुनु पर्ने ओलम्पिक कोभिड-१९ महामारीका कारण एक वर्षपछि धकेलिएको हो। जारी ओलम्पिकमा यो समाचार तयार पार्दासम्म पदक तालिकामा चीन २२ स्वर्णसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको अमेरिकाले १९ स्वर्ण जितेको छ। आयोजक जापान १७ स्वर्णसहित तेस्रो स्थानमा छ। ओलम्पिक विश्व खेलकुदको कुम्भमेला हो। विभिन्न खेलमा संसारका विभिन्न मुलुकका देशले पदकलाई प्रतिष्पर्धा गर्छन्। ओलम्पिक जितेका पदक खेलाडीसँगै उनीहरूको देशको प्रतिष्ठासँग पनि जोडिन्छन्। Advertisement आयोजक जापानले यसपालि पदकलाई खेलाडी र देशको प्रतिष्ठासँगै वातावरणसँग पनि जोडेको छ। ओलम्पिकमा खेलाडीलाई दिइने सबै पदक उसले पुराना स्मार्टफोन र ल्यापटपबाट बनाएको हो। यसका लागि जापानले अभियान नै चलाएको थियो। सन् २०१७ मा सुरू भएको अभिया...
कांग्रेसका शीर्ष नेतालाई नै छैन भदौ १६ मा महाधिवेशन हुने विश्वास!

कांग्रेसका शीर्ष नेतालाई नै छैन भदौ १६ मा महाधिवेशन हुने विश्वास!

राजनीति
नेपाली कांग्रेसका शीर्ष नेताहरू नै भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशन हुनेमा विश्वस्त छैनन्। तर उनीहरूले समयमै १४ औं महाधिवेशन गर्न खबरदारी भने गरिरहेका छन्। महाधिवेशनका कार्यतालिका प्रभावित भइरहेका छन् तैपनि क्रियाशील सदस्यताबारे टुंगो लगाउन कांग्रेस शीर्ष नेताले सकेका छैनन्। साउन १२ मा हुनुपर्ने वडा अधिवेशन स्थगित छ। यो अधिवेशन कहिले हुन्छ अझै यकिन छैन। केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वमा रहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ मा विवादित विषय शीर्ष नेतृत्वले नै हल गर्ने गरी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो। कांग्रेसमा अहिलेसम्म ८ लाख ५२ हजार जना क्रियाशील सदस्य पुगेका छन्। बारा र सप्तरीमा नयाँ क्रियाशील वितरण स्थगित छ। सिन्धुपाल्चोक, सर्लाही, धनुषा र रसुवाका केही क्षेत्रमा क्रियाशीलबारे अझै विवाद छ। यी विवाद टुंगि...
रौतहटमा ‘आइटी आर्मी’ को मोटरसाइकल र्‍याली

रौतहटमा ‘आइटी आर्मी’ को मोटरसाइकल र्‍याली

देश, समाचार
नेकपा एमालेका प्रभु साहको नेतृत्वमा बनेको 'आइटी आर्मी' ले रौतहटमा प्रदर्शन गरेको छ। Advertisement शनिबार आइटी आर्मीले मोटरसाइकल र्‍याली गरेको हो। आइटी आर्मीले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरूद्ध समाजमा जनचेतना फैलाउन तथा सशक्त संघर्ष गर्नका लागि व्यापक जनाधार निर्माण एवं परिचालन गर्ने/गराउने उद्धेश्यले मोटरसाइकल र्‍याली गरेको जनाएको छ। मोटरसाइकल र्‍यालीमा हजारौं उपस्थित भएको आइटी आर्मीको दाबी छ। ...
नेपालप्रति ओलीको आक्रोश: यस्ता प्रतिक्रियावादीका मतियारका लागि पार्टीमा ठाउँ छैन

नेपालप्रति ओलीको आक्रोश: यस्ता प्रतिक्रियावादीका मतियारका लागि पार्टीमा ठाउँ छैन

देश, राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको अडान राखेका छन्। पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दैै उनले माधव नेपालसहितका नेताहरूलाई मुख्य–मुख्य ‘अपराधी’को रूपमा चित्रण गर्दै उनीहरूलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टयाएका हुन्। Advertisement ‘बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रम गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने।’  अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यस्ता प्रतिक्रियावादीहरूका मतियारका लागि पार्टीमा ठाउँ छैन।’  उनले माधव नेपाल पक्षका अन्य नेताहरूलाई भने पार्टीका आउन पुनः आह्वान...
प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विषयमा छानविन गर्न मन्त्रालयलाई अनुरोध गरिने

प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विषयमा छानविन गर्न मन्त्रालयलाई अनुरोध गरिने

खेलकुद
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विषयमा छानविन गर्न खेलकुद मन्त्रालयलाई अनुरोध गरिने भएको छ।  एन्फाको शुक्रबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। यसअघि प्रमुख प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफू राजीनामा दिन गइरहेको भन्दै फेसबुकमा लेखेका थिए।  Advertisement लगत्तै नेम्बाङले अलमुताइरीको आरोप खण्डन गर्दै छानविनको माग गरेका थिए। त्यसपछि दुवैले छानविन गर्न एन्फामा निवेदन दिएका थिए।  'एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ तथा पुरुष राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फा सचिवालयमा दिएको निवेदन उपर छलफल गर्दा उक्त निवेदनको सम्बन्धमा छानविन गर्न नेपाल सरकार युवा तथा खेलकुद मन...
स्थायी कमिटी बैठकअघि विघटित कार्यदलका नेताबीच दुई एजेन्डामा छलफल

स्थायी कमिटी बैठकअघि विघटित कार्यदलका नेताबीच दुई एजेन्डामा छलफल

राजनीति
नेकपा एमालेका विघटित कार्यदलका सदस्यहरूको अनौपचारिक बैठक सकिएको छ। स्थायी कमिटी बैठकअघि उनीहरूबीच छलफल भएको थियो। Advertisement कार्यदलले तयार गरेको १० बुँदे सहमतिको कार्यान्वयन र दुई अध्यक्ष राख्ने गरी छलफल अगाडि बढेको एक सदस्यले बताए। ‘अबको एकताको आधार भनेको १० बुँदे सहमति कार्यान्वयन र दुई अध्यक्ष कायम राख्ने कुरा हो’, ती सदस्यले भने,‘त्यसमा जो मान्दैनन्, त्यसपछि अर्को तरिकाको उपाय निकालिन्छ।’ शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतका नेता सहभागी थिए। यद्यपि आज बस्ने भनिएको बैठकमा नेपाल पक्ष भने सहभागी नहुने भएको छ। ...
होटलमा खोप लुकाइएको होइन: स्वास्थ्य कार्यालय झापा

होटलमा खोप लुकाइएको होइन: स्वास्थ्य कार्यालय झापा

देश, समाचार, स्वास्थ्य
जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरूद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ। विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा कुरा गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए।  Advertisement ‘विर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य कार्यालयका खोप प्राविधिक बालकृष्ण भण्डारी र कर्मचारी विशाल घिमिरेलाई १०३ भाइल खोप पठाएका थियौं’, कार्यालय प्रमुख घिमिरेले भने,‘इएलएमआइएस प्रणालीमा दर्ता गरेर इमेलसमेत गरेर हामीले वैधानिकरूपमा खोप पठाएका हौं, तर खोप होटलमा लुकाइयो भनेर अफवाह फैलाइयो।’ उनले खोप अभियानमा संलग्न स्वास्थ्यकर्मी खाजा खान होटलमा रहेका बेला खोप पुगेको हुँदा स्वास्थ्य कार्यालयका कर्मचारीले वि...
पदक तालिकामा चीनको अग्रता कायमै, शुक्रबार अमेरिकाको खराब दिन

पदक तालिकामा चीनको अग्रता कायमै, शुक्रबार अमेरिकाको खराब दिन

खेलकुद
जापानमा जारी ३२ औं ग्रिस्मकालिन ओलम्पिकमा चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ। चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्यसहित ४० पदक जितेको छ। चीनले शुक्रबार चार स्वर्ण पदक हात पारेको छ । आफ्नै दुई जोडी फाइनल प्रवेश गरेको टेबल टेनिस र ब्याडमिन्टनमा तथा पौडी र महिला ट्रायपलिन जिम्न्यास्टिकमा स्वर्ण पदक जितेको हो । यता, १७ स्वर्ण जितेको आयोजक जापान भने दोस्रो स्थानमा रहेको छ। जापानले ४ रजत र ७ कास्यसहित २८ पदक जितेको छ। Advertisement तेस्रो स्थानमा रहेको अमेरिकाले हालसम्म १४ स्वर्ण, १६ रजत र ११ कास्यसहित कुल ४१ पदक जितेको छ।  शुक्रबार पौडीको स्पर्धामा अमेरिकी टोली स्वर्ण पदकविहीन भएको छ । यो सँगै अब अमेरिकालाई पहिलो हुने सम्भावना कम भएको छ । यस्तै, ओलम्पिकको झन्डामुनी रहेर सहभागिता जनाएको रूस चौथो स्थानमा रहेको छ। हालसम्म रूसले १० स्व...