२०८१ बैशाख १४

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्व पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन्।


Advertisement


बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपाध्यक्ष पौडेलले सपथग्रहण गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष पौडेललाई सपथ गराएका छन्।

साथै योजना आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर लिम्बु पनि नियुक्त भएका थिए। उनीहरूलाई मन्त्रिपरिषदको गत साउन १२ को बैठकले आयोगमा नियुक्त गरेको थियो।

Copy link
Powered by Social Snap