२०८१ बैशाख २१

बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिकसहित राहत टोली खटाउन गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरो प्रभावित जिल्लामा प्राविधिकसहित राहत टोली खटाउन निर्देशन दिएका छन्।


Advertisement


गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई गृहमन्त्री खाणले सिन्धुपाल्चोक, मनाङ, गोरखालगायत बाढीपहिरोबाट प्रभावित ठाउँमा सहज रूपमा राहत पुर्‍याउन निर्देशन दिएका छन्।

बाढीपहिरोले सिन्धुपाल्चोक र मनाङमा सडक तथा गोरखामा पैदल मार्ग भत्केका कारण आवतजावत रोकिएकोले त्यस क्षेत्रमा हेलिकप्टरबाट भए पनि राहत रामग्री पुर्‍याउन गृहमन्त्री खाणको आग्रह छ।

साथै हेलिकप्टरबाट प्राविधिक टोली लगेर स्थलगत अवलोकन गरी क्षतिको अध्ययन गरेर प्रतिवेदन पेश गर्न र आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग माग गर्न गृहमन्त्री खाणले आग्रह गरेका छन्।

Copy link
Powered by Social Snap