२०८३ बैशाख २२

Author: Senior Editor Nima

हामीले चाहे सरकार एक हप्तामै ढाल्न सक्छौं: ओली

हामीले चाहे सरकार एक हप्तामै ढाल्न सक्छौं: ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे सरकार एक हप्ताभित्रै ढाल्न सक्ने बताएका छन्। तर आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको उनले स्पष्ट पारे।  Advertisement बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले भने, ‘अहिले पनि यो सरकार ढाल्दिऊँ भन्ने हो भने धेरै त नभनौं, एक हप्ताभित्र यो सरकार जान्छ। एमालेले ढाल्दिऊँ भन्ने हो भने। यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौं। लोभीपापीहरू छन्, दिए भइगो नि! ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र! दिए सिद्धिने कुरा छ त्यहाँ। अरूले भन्दा हामी दिन सक्छौं नि!  प्रचण्ड मिलाउन देख्नु भएन ४० प्रतिशत ल, ढ्याक्कै। हामी त त्यो गर्न सक्छौं नि। अरूले त्यो गर्न सक्छ ? कांग्रेसले माधवलाई चालिस प्रतिशत देओस् त ? प्रचण्डलाई देओस् त ४० प्...
पिएसजीको पुनरागमन जितमा मेसीले गरे दुई गोल

पिएसजीको पुनरागमन जितमा मेसीले गरे दुई गोल

खेलकुद
युरोपियन च्याम्पियन्स लिगमा फ्रेञ्च क्लब पिएसजीले पुनरागमन जित हात पारेको छ। Advertisement पिएसजीले मंगलबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइपिजलाई ३-२ ले हरायो।  खेलको नवौं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो। २८ मिनेटमा लाइपिजका आन्द्रे सिल्भाले बराबरी गोल फर्काए।  ५७ मिनेटमा मुकेइलेले अर्को गोल गर्दा लाइपिजले अग्रता लिन सफल भयो।  ६७ मिनेटमा पिएसजीका लागि लिओनल मेसीले बराबरी गोल फर्काए। ७४ मिनेटमा मेसीले पेनाल्टीमा गोल गरेपछि पिएसजीले खेलमा दोस्रो पटक अग्रता लियो।  जितसँगै पिएसजी समूह ‘ए’ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। पिएसजीको ३ खेलबाट ७ अंक भएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६ अंक छ भने क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा छ। पुछारको लाइपजिगले अंक जोड्न सकेको छैन। ...
सभामुखले दुई दिनपछि सारे प्रतिनिधिसभाको बैठक

सभामुखले दुई दिनपछि सारे प्रतिनिधिसभाको बैठक

राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक दुई दिनपछि सारेका छन् । सभामुखका तर्फबाट आगामी ९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सारिएको सूचना संसद् सचिवालयको महासचिव भरतराज गौतमले निकालेका छन् । Advertisement “मिति २०७८ साल कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल कात्तिक ११ गते बिहीबार दिनको २ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरामा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” महासचिव गौतमले निकालेका सूचनमा भनिएको छ । सूचनामा विशेष कारणले त्यस दिन बैठक बस्न नसक्ने भनिएपछि कारण भने खुलाइएको छैन । ...
बाढी प्रभावितहरूको सहयोगमा जुट्न नेता सिंहको आग्रह

बाढी प्रभावितहरूको सहयोगमा जुट्न नेता सिंहको आग्रह

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाढी–पहिरो र डुबानमा परेकाहरूको सहयोगमा जुट्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।  Advertisement सामाजिक सञ्जालमार्फत उनले सुदूरपश्चिम प्रदेशलगायत देशका  विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण बाढी–पहिरोमा फसेकाहरूको उद्धारमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन् । नेता सिंहले प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् । “सुदूरपश्चिमलगायत देशका  विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु,” उनले लेखेका छन् । 'सुदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको ...
गृहमन्त्री खाँणले नर्भिक पुगेर लिए वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

गृहमन्त्री खाँणले नर्भिक पुगेर लिए वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

राजनीति
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मंगलबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । Advertisement उनले अस्पतालमा वैद्यलाई भेटेर सरकारका तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि वैद्य गएको आइतबारदेखि सो अस्पतालमा उपचाररत छन् । लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचार र स्वास्थ्य अवस्थाबारे मन्त्री खाँणले उनको उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिएका थिए । वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी आफूलाई उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनले दिएको मन्त्री खाँणले बताए । ...
विमानस्थलमा भएका अनियमितता अन्त्य गर्छु: मन्त्री आले

विमानस्थलमा भएका अनियमितता अन्त्य गर्छु: मन्त्री आले

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार छड्के अनुगमनमा पुगेका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाएका थिए। Advertisement अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमीकमजोरीको अन्त्य गर्ने उनले बताए। मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेकाले सो विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेको बताए। ‘भोजपुर जाने जहाजमा आधा...
नेता डाक्टर र डाक्टर नेता बन्न खोज्दा सेवा राम्रो भएन– लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री थारू

नेता डाक्टर र डाक्टर नेता बन्न खोज्दा सेवा राम्रो भएन– लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री थारू

राजनीति
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारूले नेता डाक्टर र डाक्टर नेता बन्न खोज्दा अस्पतालको सेवा सोचेजस्तो राम्रो बन्न नसकेको बताएका छन्। सोमबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल निरीक्षण गर्न आएका मन्त्री थारूले अस्पतालमा सम्बोधन गर्दै भने,  'नेताहरूले डाक्टर बनेर डाक्टरलाई तर्साउँदै र कुट्दै हिँड्ने र डाक्टर नेता बनेर भाषण गर्ने तथा सडकमा विरोध-प्रदर्शनमा उत्रने जस्ता कार्यले सरकारी अस्पतालको सेवा प्रभावकारी बन्न सकेन।' Advertisement उनले जसको जुन क्षेत्रमा दक्षता हो, त्यसले त्यही काम गर्दा बढी प्रभावकारी हुने समेत बताए। त्यस्तै अस्पताल विकास समितिले अस्पताल विकास र समन्वयमा ध्यान दिनुपर्ने र डाक्टरले बिरामीको सेवा भन्दा अरू कुरामा ध्यान दिन नहुने पनि उनले बताए। मन्त्री थारूले अस्पतालको सेवा थप प्रभावकारी बनाउन र सकभर बि...
टी-२० विश्वकपमा श्रीलंकाको विजयी सुरुवात

टी-२० विश्वकपमा श्रीलंकाको विजयी सुरुवात

खेलकुद
टी-२० विश्वकप २०२१ मा श्रीलंकाले विजयी सुरुवात गरेको छ। Advertisement श्रीलंकाले सोमबार राति सकिएको खेलमा नामिबियालाई ७ विकेटले हरायो। पहिले ब्याटिङ गरेको नामिबिया ३ बल खेल्न बाँकी छदा ९६ रनमा अलआउट भयो। उसका लागि क्राग विलयम्सले सबैभन्दा बढि २९ रन जोडे। बलिङमा श्रीलंकाका महीन थीक्षणाले ३ विकेट लिए। ९७ रनको लक्ष्य श्रीलंकाले १३.३ औभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि अभिस्का फर्नान्डोले नटआउट ३० रन र भानुका राजापाक्षाले नटआउट ४२ रन जोडे।  ...
एमालेले कात्तिक ६ मा वडा अधिवेशन गर्ने

एमालेले कात्तिक ६ मा वडा अधिवेशन गर्ने

राजनीति
नेकपा एमालेले यही कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने भएको छ। Advertisement देशका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागिएको एमालेले जनाएको छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा वडा अधिवेशन उद्घाटन गर्ने तयारी छ। एमालेले यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी गरेको छ। सात सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्न लागिएको हो। एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन गर्न लागेको छ। ...
पाँचौ पटक एएफसी यू-२३ एसियन कप छनोट खेल्दै नेपाल

पाँचौ पटक एएफसी यू-२३ एसियन कप छनोट खेल्दै नेपाल

खेलकुद
एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम भोलि ताजकिस्तान प्रस्थान गर्दैछ।  सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टिमले बलिया टिमसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ।  Advertisement उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना प्रतियोगिताको छनोटका लागि सिनियर राष्ट्रिय टिममा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन्।  फिफा वरीयतामा नेपाल भन्दा माथि रहेका टिमसँग नेपालले छनोट खेल्दै छ। प्रशिक्षक बालगोपाल महर्जनले छोटो तयारीका बावजुत पनि नेपालले बलिया टिमसँग राम्रो नतिजाका लागि खेल्ने बताए। प्रशिक्षक महर्जनले भनेजस्तै नेपाली टिमका गोलकिपर अपर्ण कार्कीले युवा खेलाडीमा जोश भएकाले बलिया देशविरु...