चीन-भुटानले सीमा वार्ता अघि बढाउने सम्झौता गरेपछि भारत सशंकित
चीन र भुटानले सीमा वार्तालाई तीव्रता दिन प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन्।
भुटानका विदेशमन्त्री ल्याम्पो टान्डी दोर्जी र चिनियाँ सहायक विदेशमन्त्री हु चियाङहाओले भिडिओ मिटिङमार्फत सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।
भारतले चीन र भुटानबीच भएको सम्झौताबारे 'नोट' गरेको चिसो प्रतिक्रिया दिएको छ। चीनसँग सो सम्झौता गर्नुअघि भुटानले भारतलाई यसबारे कुनै जानकारी दिएको थियो वा थिएन भन्ने चासोका साथ हेरिएको छ।
Advertisement
नयाँदिल्लीमा विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले यसबारे प्रश्न सोधेका थिए। विदेश मन्त्रालयका प्रवक्ताले सो प्रश्नमा सोझो उत्तर नदिएको भारतीय दैनिक पत्रिका द हिन्दुले जनाएको छ।
चीन-भुटान बीच भएको सम्झौताको विस्तृत विवरण अझै गोप्य राखिएको छ। विषयको संवेदनशीलतालाई ध्यानमा राखेर सम्झौता सार्वज...









