२०८० चैत्र १६

गृहमन्त्री खाँणले नर्भिक पुगेर लिए वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मंगलबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।


Advertisement


उनले अस्पतालमा वैद्यलाई भेटेर सरकारका तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि वैद्य गएको आइतबारदेखि सो अस्पतालमा उपचाररत छन् ।

लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचार र स्वास्थ्य अवस्थाबारे मन्त्री खाँणले उनको उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिएका थिए ।

वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी आफूलाई उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनले दिएको मन्त्री खाँणले बताए ।

Copy link
Powered by Social Snap