२०८३ बैशाख २२

Author: Senior Editor Nima

चितवनमा राष्ट्रिय महाधिवेशनको तयारी सुरु भयो: एमाले

चितवनमा राष्ट्रिय महाधिवेशनको तयारी सुरु भयो: एमाले

राजनीति
नेकपा एमालेले चितवनमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्न तयारी सुरु भएको बताएको छ। पार्टीको जिल्ला समितिले भरतपुरमा आज पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी सुरु भएको बताएको हो। यसअघि महाधिवेशन वुटवलमा गर्ने घोषणा गरिएकोमा बिहीबारको स्थायी समिति बैठकले स्थान परिवर्तन गर्दै चितवनमा गर्ने निर्णय गरेको थियो। Advertisement पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले चितवनमा सम्पन्न हुने महाधिवेशनले पार्टीलाई २०७४ सालको चुनावबाट बनेको भन्दा पनि ठूलो पार्टी बनाउने दाबी गरे। उनले पाँच दलीय गठबन्धन एकतर्फ हुँदा पनि पहिलो पार्टी बन्नेगरी महाधिवेशनले उर्जा दिने दाबी उनले गरे। नेकपा एमाले बागमती प्रदेशका सह-इन्चार्ज काशीनाथ अधिकारीले चितवनमा हुने महाधिवेशनबाट पार्टीलाई थप सशक्त बनाउने बताए। एमालेकी जिल्ला अध्यक्ष पार्वती ...
बार्बाडोसले बेलायती महारानीलाई राष्ट्रप्रमुख नमान्ने, चुन्यो राष्ट्रपति

बार्बाडोसले बेलायती महारानीलाई राष्ट्रप्रमुख नमान्ने, चुन्यो राष्ट्रपति

राजनीति
क्यारेबियन टापु मुलुक बार्बाडोसले पहिलो पटक  राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति निर्वाचित गरेको छ। Advertisement बिबिसीका अनुसार कुनैबेला बेलायतको उपनिवेश रहेको बार्बाडोसले अहिलेसम्म बेलायती महारानी एलिजावेथलाई राष्ट्रप्रमुख मान्दै आएको थियो। ७२ वर्षीया डाम सान्द्रा मासोन राष्ट्रपति निर्वाचित भएसँगै बार्बाडोस अब गणतान्त्रिक मुलुक बन्ने भएको छ। बेलायतबाट स्वतन्त्र भएको ५५ औं वार्षिकोत्सवका अवसर पारेर आगामी नोभेम्बर ३० मा मासोनले राष्ट्रपतिको सपथ लिनेछन्। बार्बाडोसले गत वर्ष नै आफूले गणतान्त्रिक प्रणाली अपनाउने योजना सार्वजनिक गरेको थियो। २ लाख ८५ हजार जनसंख्या भएको बार्बाडोस क्यारेबियन आइल्यान्डहरूमा सबैभन्दा जनसंख्या भएको समृद्ध मुलुक हो। बेलायती महारानीलाई राष्ट्रप्रमुखबाट हटाउने बार्बाडोस पहिलो क्यारेबियन टापु राष्ट्र भने होइन। यसअघि गुया...
बंगलादेशलाई पछि पार्दै स्कटल्यान्ड समूह विजेता

बंगलादेशलाई पछि पार्दै स्कटल्यान्ड समूह विजेता

खेलकुद
आइसिसी टी-२० विश्वकपअन्तर्गत स्कटल्यान्ड सुपर १२ मा प्रवेश गरेको छ। पहिलो चरणको आफ्नो अन्तिम खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्यान्डले सुपर १२ मा स्थान पक्का गरेको हो। Advertisement स्कटल्यान्ड समूह ‘बी’ विजेता बन्दै सुपर १२ मा पुगेको हो। बंगलादेश भने उपविजेताको रुपमा सुपर १२ म पुगेको छ। समूहमा स्कटल्यान्डले तीनै खेलमा जित हात पार्दा बंगलादेश दुई खेलमा विजयी भयो। समूह चरणमा स्कटल्यान्डले बंगलादेशलाई हराएको थियो। बिहीबार राति पहिले ब्याटिङ गरेको ओमान १२२ रनमा समेटियो। ओमानका लागि अक्युब इल्यासले ३७ रन,  कप्तान जीसन मक्सुदले ३४ रन र मोहमद नदीमले २५ रनको योगदान गरे।  बलिङमा स्कटल्यान्डका जोश डेभीले ३ विकेट लिए। १२३ रनको लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा १७ ओभरमा पूरा गर्‍यो। स्कटल्यान्डका लागि कप्ता...
प्रधानमन्त्री देउवा बिहीबार दिनभर सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्रमा

प्रधानमन्त्री देउवा बिहीबार दिनभर सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्रमा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा आयोजित कार्यक्रममा सहभागी हुँदै। प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जर्नाजन शर्मा र पर्यटन मन्त्री प्रेमबहादुर आले समेत सहभागी थिए। तस्बिर : शेरबहादुर सिंह/रासस प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। Advertisement प्रधानमन्त्री देउवाले बिहीबार सुदूरपश्चिमका पाँच जिल्लाका बाढीपहिरोपीडितको अवस्थाबारे जानकारी लिएका हुन्। देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हेलिकप्टरमार्फत पुगेर प्रभावितहरूको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवा बिहान ८ बजे काठमाडौंबाट सुर्खेतका आएका थिए। सुर्खेतबाट डोटीको दीपायल पुगेका उन...
रक्षा मन्त्री रिजाललाई भेटे भारतीय राजदूत क्वात्राले

रक्षा मन्त्री रिजाललाई भेटे भारतीय राजदूत क्वात्राले

राजनीति
तस्बिर स्रोत: रिजालको फेसबुकबाट। रक्षा मन्त्री मिनेन्द्र रिजाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।    Advertisement बिहीबार उनीहरूबीच रक्षा मन्त्रालयमा भेट भएको हो। मन्त्री रिजालले आफूलाई भारतीय राजदूत क्वात्राले भेटेकोबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन्। उनले एक तस्वीर राख्दै क्वात्रासँग भेट भएकोबारे उल्लेख गरेका हुन्।  उनीहरूबीच के विषयमा छलफल भएको थियो भन्ने खुलाइएको छैन।     https://twitter.com/MinendraRijal/status/1451164413445038081?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1451164413445038081%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2Fpolitics%2F251828 ...
वरीयतामा नेपालभन्दा तल रहेका पाँच टिमले खेलिरहेका छन् टी-२० विश्वकप

वरीयतामा नेपालभन्दा तल रहेका पाँच टिमले खेलिरहेका छन् टी-२० विश्वकप

खेलकुद
आइसिसी टी-२० विश्वकप २०२१ अन्तर्गत अहिले पहिलो चरणका खेल भइरहेका छन्। पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा भइरहेको छ। चार-चार टिम रहेको समूहबाट विजेता र उपविजेता सुपर-१२ मा पुग्नेछन्। पहिलो चरणको समूह 'ए' मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह ‘बी’ मा स्कटल्यान्ड, ओमान, बंगलादेश र  पपुवा न्युगिनी छन्। Advertisement यसअघि सन् २०२० मा गर्ने भनिएको यो विश्वकप कोभिड-१९ का कारण एक वर्ष सरेको थियो। विश्वकपका लागि सन् २०१९ अन्तिम छनोट भएको थियो। सन् २०१८ को डिसेम्बरसम्म आइसिसीको टी–२० वरीयताको शीर्ष १० टिम टी–२० विश्वकपका लागि छनोट भएका थिए। नेपाल भने एसिया छनोटबाटै बाहिरिएको थियो। नेपाललाई एसिया छनोटमा सिंगापुरले पछि पारेपछि नेपालले विश्व छनोट खेल्ने अवसर गुमाएको थियो।  विश्व छनोटबाट आयरल्यान्ड, पिएनजी, स्कटल्यान्ड, ओम...
मन्त्रीहरू लिएर प्रधानमन्त्री सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा

मन्त्रीहरू लिएर प्रधानमन्त्री सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न सुदूरपश्चिम गएका छन्। Advertisement बालुवाटारबाट हेलिकप्टरमार्फत् प्रधानमन्त्री देउवा आज बिहान सुदूरपश्चिमस्थित धनगढी गएका हुन्। सुदूरपश्चिम क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरलगायत पनि सुदूरपश्चिम गएका छन्। प्रधानमन्त्रीसहित उक्त टोली आज बझाङ, बैतडीलगायत जिल्ला पनि पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्कने उनको सचिवालय स्रोतले बताएको छ। ...
बार्सिलोनाले किभलाई हरायो, वार्यन लगातार तेस्रो खेलमा विजयी

बार्सिलोनाले किभलाई हरायो, वार्यन लगातार तेस्रो खेलमा विजयी

खेलकुद
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ई’ को खेलमा जर्मन क्लब वार्यन म्युनिख र स्पेनिस क्लब बार्सिलोना विजयी भएका छन्। Advertisement वार्यनले बेन्फिकालाई ४-० गोलले पराजित गर्दा बार्सिलोनाले डाइनामो किभलाई १-० गोलले पराजित गर्‍यो।  वार्यनको जितमा लिरोए सानेले खेलको ७० र ८४ मिनेटमा गरी दुई गोल गरे। रोबर्ट लेवान्डोस्कीले खेलको ८२ मिनेटमा एक गोल थपेका थिए। त्यसअघि खेलको ८० मिनेटमा बेन्फिकाले आत्मघाती गोल गरेको थियो। यता बार्सिलोनाको जितमा जेरार्ड पिकेले खेलको ३६ मिनेटमा गोल गरेका थिए। सिजनको च्याम्पियन्स लिगमा बार्सिलोनाको यो पहिलो जित हो। समूहमा वार्यन ९ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको बेन्फिकाको ४ अंक र तेस्रो स्थानको बार्सिलोनाको ३ अंक भएको छ। किभ १ अंकसहित चौथो स्थानमा छ। ...
देशभर मौसममा सुधार, पानी पार्ने प्रणाली बाहिरियो

देशभर मौसममा सुधार, पानी पार्ने प्रणाली बाहिरियो

देश, समाचार
नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ। आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्काे प्रणाली विकसित हुने देखिएको छैन। भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो। Advertisement हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ। ‘त्यस्ता प्रणालीले जलवाष्प र चिसो छाडेको हुन्छ, त्यसैले कतै बादल त कतै कुहिरो देखिन्छ। कतैकतै छिटफुट वर्षाको सम्भावना पनि रहन्छ,’ उनले भने। त्यसले ठूलो प्रभाव भने नगर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली...
तालिबान मन्त्रीले गरे आत्मघाती हमलाकारीको प्रशंसा, परिवारलाई पैसा र जग्गा दिने

तालिबान मन्त्रीले गरे आत्मघाती हमलाकारीको प्रशंसा, परिवारलाई पैसा र जग्गा दिने

राजनीति
अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका एक जना मन्त्रीले आत्मघाती हमलाकारीको प्रशंसा गरेका छन्। Advertisement अफगानिस्तानको सरकारी प्रसारण संस्था आरटिएलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएअनुसार सोमबार आत्मघाती हमलाकारीका परिवारसँग भेटेका कार्यवाहक आन्तरिक मामिला मन्त्री सिराजुद्दिन हक्वानीले अमेरिकी सेना हुँदा तत्कालीन अफगान सरकार र उसका पश्चिमा सहयोगीविरूद्ध आत्मघाती हमला गर्नेहरू नायक भएको बताएका थिए। आफूहरूको सरकारले उनीहरूको बहादुरीलाई सम्मान गर्ने उनको भनाइ थियो। सन् २०१८ मा आत्मघाती हमला भएको एक होटलमा भएको उक्त कार्यक्रममा हक्वानीले आत्मघाती हमलाकारीका परिवारलाई १२५ अमेरिकी डलर र जग्गा दिने वाचा गरेका छन्।  हक्वानी समूहका नेता रहेका हक्वानीलाई अमेरिकाले मोस्ट वान्डेट सूचीमा राखेको थियो र उनको टाउकाको मूल्य १ करोड डलर तोकिएको थि...