२०८१ बैशाख १४

बाढी प्रभावितहरूको सहयोगमा जुट्न नेता सिंहको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाढी–पहिरो र डुबानमा परेकाहरूको सहयोगमा जुट्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । 


Advertisement


सामाजिक सञ्जालमार्फत उनले सुदूरपश्चिम प्रदेशलगायत देशका  विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण बाढी–पहिरोमा फसेकाहरूको उद्धारमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेता सिंहले प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् । “सुदूरपश्चिमलगायत देशका  विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु,” उनले लेखेका छन् ।

‘सुदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको ब्यवस्था गर्ने सरकार काे गम्भीर ध्यानाकर्षण गराउदछु । साथै बाढी पहिराे र डुवानमा परेकाहरुकाे सहयाेमा जुट्न पनि स्थानीय तहका पार्टीका साथिहरु लाई अनुराेध गर्दछु’ । जय नेपाल

Copy link
Powered by Social Snap