२०८३ बैशाख २२

Author: Senior Editor Nima

‘जनताको सुख-शान्ति’का लागि भन्दै पशुपतिमा पूजा गर्न पुगे गृहमन्त्री खाण

‘जनताको सुख-शान्ति’का लागि भन्दै पशुपतिमा पूजा गर्न पुगे गृहमन्त्री खाण

राजनीति
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाण शनिबार बिहानै पशुपति मन्दिर पुगेका छन्। Advertisement त्यहाँ गएर उनले पशुपतिनाथको पूजाअर्चना पनि गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणका क्रममा रहेका बेला खाणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। प्रहरीको सरुवा-बढुवालगायतमा हस्तक्षेप गरेको भन्दै खाणको आलोचना भइरहेको छ। शनिबार दिउँसो खाणले गृह प्रशासन क्षेत्रमा काम गर्ने पत्रकारसँग अनौपचारिक संवाद गर्ने कार्यक्रम पनि रहेको बताइएको छ। पशुपति जाँदा उनले सर्वसाधारणसँगै लाइनमा बसेर पूजाआजा गरे। उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेको स्थानीय प्रशासनले जनाएको छ। दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब ड...
विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित, श्रीलंका ७ विकेटले पराजित

विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित, श्रीलंका ७ विकेटले पराजित

खेलकुद
श्रीलंकालाई ७ विकेटले  हराउँदै अस्ट्रेलियाले टि-२० विश्वकपको सुपर-१२ चरणमा लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरूआत गरेको अस्ट्रेलियाले आफ्नो दोस्रो खेलमा बिहिबार राति श्रीलंकालाई हराएको हो। Advertisement दुबई अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलंकाले दिएको १५५ रनको लक्ष्य अस्ट्रेलियाले ३ विकेट गुमाएर १७ ओभरमा भेट्टायो। अस्ट्रेलियाको लागि डेभिड वार्नरले सर्वाधिक ६५ रन बनाए। ४२ बल खेलेका उनले १० चौका प्रहार गरे। कप्तान आरोन फिन्चले २३ बलमा ५ चौका र २ छक्का मद्दतले ३७ रन बनाए। यस्तै स्टिभ स्मिथले अविजित २८ तथा मार्कस स्टोइनिसले ७ बलमा अविजित १६ रन बनाए। ग्लेन म्याक्सवेल ६ बलमा ५ रन बनाएर आउट भए। श्रीलंकाको बलिङमा वानिन्दु हसंरगाले २ तथा दासुन शनाकाले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्...
प्रभु साह एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी

प्रभु साह एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी

राजनीति
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा सक्रिय भएका प्रभु साह एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्। Advertisement शुक्रबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा साह उपस्थित थिए। उनी केही समयदेखि असन्तुष्ट थिए। उनले नयाँ पार्टी खोल्न लागेको चर्चासमेत भइरहेको थियो। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनी पक्षका दुई जनालाई केन्द्रीय कमिटी सदस्य बनाएका थिए। ती केन्द्रीय सदस्यले आज सपथ लिएका थिए। साह नेकपा खारेजसँगै अध्यक्ष ओलीलाई साथ दिँदै एमालेमा सक्रिय भएका थिए। यसअघि गत असोजमा बसेको एमालेको नीति महाधिवेशनमा भने साह उपस्थित भएका थिएनन्। उनले ८ बुँदे मागसमेत पार्टीमा राखेका थिए। ...
एएफसी यु–२३ एसियन कप छनोटमा नेपालको यात्रा समूहचरणमै टुङ्गियो

एएफसी यु–२३ एसियन कप छनोटमा नेपालको यात्रा समूहचरणमै टुङ्गियो

खेलकुद
घरेलु टोली ताजाकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको एएफसी यु–२३ एसियन कप छनोट यात्रा समूहचरणमा सीमित बनेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा बिहीबार नेपाल आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा समाप्त भएको हो।  Advertisement खेलको सुरुआतबाटै ताजिकिस्तानको दबाबमा खेलेको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा थप ३ गोल खाएको थियो।  समूह ‘बी’ मा लगातार दोस्रो हारपछि नेपालको छनोट चरण पार गर्ने लक्ष्यमा पूर्णविराम लागेको हो। यता नेपालमाथिको जितपछि ताजिकिस्तानले शीर्ष स्थानमा बस्दै आगामी वर्ष उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने सम्भावना प्रबल बनाएको छ।  दुई खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेको इरान गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ। नेपाल र...
नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

राजनीति
सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४ औं बैठक आज भारतको बेंग्लुरुमा सम्पन्न भएको छ। Advertisement बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र सुरक्षासम्बन्धी विषयमा सूचना आदानप्रदान गर्नेबारेमा छलफल भएको थियो। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एशिया महाशाखा प्रमुख तीर्थराज वाग्लेले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व बाह्य मामिला मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए।प्रतिनिधिमण्डलमा रक्षा, परराष्ट्र, गृह म...
रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

खेलकुद
रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार राति भएको खेलमा सेल्टा भिगोलाई उसैको मैदानमा २–० गोलले हराउँदै सोसिडाडले पुनः शीर्ष स्थानमा उक्लिएको हो। सोसिडाडलाई जिताउन अलेक्जेन्डर इसाक र आरिट्ज इलुस्टोन्डोले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो। खेलको ५४औं मिनेटमा इसाकले गोल गर्दै सोसिडाडलाई सुरूवाती अग्रता दिलाए। ७९औं मिनेटमा इलुस्टोन्डोले माइकल मेरिनोको पासमा गोल गर्दै सोसिडाडको अग्रता दोब्बर बनाए । Advertisement घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएको सेल्टा भिगोले गोल गर्न भने सकेन। ५७ प्रतिशल बल पोसेसन राखेको सेल्टा भिगोले १४ वटा पोस्ट प्रहार गरेको थियो । सेल्टा भिगोको लगातार प्रयासमा सोसिडाडका गोलरक्षक म्याथ्यु रायन बाधक बने। ४३ प्रतिशत बल पोसेसन राखे पनि सोसिडाड महत्वपूर्ण जित निकाल्न सफल भयो। सोसिडाडका गोलरक्षक म्या...
कात्तिक २८ सम्म एमाले महाधिवेशन प्रतिनिधि छानिसक्नु पर्ने

कात्तिक २८ सम्म एमाले महाधिवेशन प्रतिनिधि छानिसक्नु पर्ने

राजनीति
नेकपा (एमाले) को १० औं  राष्ट्रिय महाधिवेशनका सहभागी हुने प्रतिनिधिको छनोट कात्तिक २८ गतेसम्म गरिसक्नु पर्ने भएको छ। Advertisement शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले कात्तिक २६ गतेसम्म प्रतिनिधि छनौट गरी २८ गतेभित्र प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा अनिवार्य पठाइसक्नु पर्ने निर्णय गरेको छ। चितवनमा मंसिर १०-१२ मा हुने दशौं महाधिवेशनमा १ हजार ५ सय ५२ प्रतिनिधि सहभागी हुने भएका छन्। एमालेका एक नेताले दिएको जानकारी अनुसार शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधिको अन्तिम टुंगो लगाएको हो। बिहीबार बसेको स्थायी कमिटी बैठकले उक्त संख्यामा महाधिवेशन प्रतिनिधि आउने प्रस्ताव गरेको थियो। एमाले उपाध्यक्ष भीम रावललगायत नेताहरूले भने महाधिवेशन प्रतिनिधि संख्या १८ सयदेखि २ हजारसम्म पुर्‍याउनु पर्ने मत राखेका छन्।  एम...
सर्वोच्चमा भइरहेको गतिविधि दुर्भाग्यपूर्ण- प्रदीप ज्ञवाली

सर्वोच्चमा भइरहेको गतिविधि दुर्भाग्यपूर्ण- प्रदीप ज्ञवाली

राजनीति
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको गतिविधि दुर्भाग्यपूर्ण रहेको बताएका छन्।  बिहीबार ललितपुरको च्यासलस्थित बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता ज्ञवालीले पत्रकारहरूसँग कुराकानी गर्दै सर्वोच्चमा भइरहेको गतिविधि दुर्भाग्यपूर्ण रहेको बताएका हुन्।  Advertisement 'न्यायालयमा जे भइरहेको छ त्यो दुर्भाग्यपूर्ण छ,' उनले भने, 'राज्यको महत्वपूर्ण अंग र लोकतन्त्रको संरक्षक न्यायालयमा जुन ढंगको प्रदूषण भित्रिएको छ, जुन गुटबन्दी देखिएको छ, जुन चरम अराजकता व्याप्त भएको छ त्यसबाट हामी दुखित छौं।'  अहिले न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आन्दोलित छन्। आन्दोलनकै कारण तीनदिन देखि इजलास बन्द छ। न्यायाधीशहरूको गुटबन्दीका कारण सर्वसाधारण सेवाग्राही मर्कामा परिरहेको ज्ञवालीले बत...
क्विन्टन डिककले माफी माग्दै भने- कसैको अपमान गर्ने मेरो उद्देश्य थिएन

क्विन्टन डिककले माफी माग्दै भने- कसैको अपमान गर्ने मेरो उद्देश्य थिएन

खेलकुद
युएईमा जारी सातौं संस्करणको टि-ट्वान्टी विश्वकप क्रिकेटमा ‘ब्ल्याक लाइभ म्याटर’ अन्तर्गत घुँडा टेक्न अस्वीकार गरेका दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्सम्यान क्विन्टन डीककले माफी मागेका छन्।  ‘ब्ल्याक लाइभ म्याटर’मा सहभागी नभएकै कारण वेस्टइन्डिज विरूद्धको खेल नखेलेका डिककले बिहिबार एक विज्ञप्ति जारि गरि समर्थक र टिमसँग माफी माग्दै प्रतियोगिताको बाँकी खेलमा घुँडा टेकेर अभियानमा साथ दिने बताएका छन्। आफूले घुँडा टेक्दा अरूका लागि शिक्षा दिन सहयोग हुन्छ र मानिसहरूको जीवन सुधार हुने भए आफू खुसीसाथ यस्तो काम गर्न तयार रहेको उनले बताएका छन्। ‘यदि मैले घुँडा टेक्दा अरूलाई शिक्षा दिन सहयोग हुन्छ र मानिसहरुको जीवन सुधार हुन्छ भने म खुसी साथ यो काम गर्न तयार छु,’ डीककले  भनेका छन्। Advertisement दक्षिण अफ्रिकी क्रिकेट बोर्डसँग छलफल पछि डीककले यो अ...
नारायणी नदी किनारमा एमालेको १० औं महाधिवेशन उद्घाटन, बन्दसत्र सौराहाको पर्यटकीय स्थलमा

नारायणी नदी किनारमा एमालेको १० औं महाधिवेशन उद्घाटन, बन्दसत्र सौराहाको पर्यटकीय स्थलमा

राजनीति
नेकपा एमालेले चितवनमा हुने १० औं महाधिवेशनको प्रारम्भिक तयारीको बारेमा जानकारी गराएको छ।  Advertisement आज बसेको स्थायी कमिटी बैठकमा महाधिवेशन मूल व्यवस्थापन कमिटीको तर्फबाट सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशनको तयारीको बारेमा जानकारी गराएका थिए। उनका अनुसार उद्घाटन सत्र नारायणी नदी किनारमा हुनेछ भने सौराहाको पर्यटकीय स्थलमा बन्दसत्र हुनेछ।  यस्तै, एमालेले  १५३६ जना  प्रतिनिधि चयन गर्ने भएको छ। बैठकले उक्त निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 'प्रतिनिधि ३ खालका हुनेछन्। केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरू उहाँहरू पदेन प्रतिनिधि हुनुहुन्छ। यस्तै विभिन्न भूगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न रेसियोबाट ११९६ प्रतिनिधि चय...