२०८१ बैशाख १४

नारायणी नदी किनारमा एमालेको १० औं महाधिवेशन उद्घाटन, बन्दसत्र सौराहाको पर्यटकीय स्थलमा

नेकपा एमालेले चितवनमा हुने १० औं महाधिवेशनको प्रारम्भिक तयारीको बारेमा जानकारी गराएको छ। 


Advertisement


आज बसेको स्थायी कमिटी बैठकमा महाधिवेशन मूल व्यवस्थापन कमिटीको तर्फबाट सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशनको तयारीको बारेमा जानकारी गराएका थिए। उनका अनुसार उद्घाटन सत्र नारायणी नदी किनारमा हुनेछ भने सौराहाको पर्यटकीय स्थलमा बन्दसत्र हुनेछ। 

यस्तै, एमालेले  १५३६ जना  प्रतिनिधि चयन गर्ने भएको छ।

बैठकले उक्त निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

‘प्रतिनिधि ३ खालका हुनेछन्। केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरू उहाँहरू पदेन प्रतिनिधि हुनुहुन्छ। यस्तै विभिन्न भूगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न रेसियोबाट ११९६ प्रतिनिधि चयन गर्छौं’, उनले भने,’ पदेनबाट  २६२ जना र यसको ५ प्रतिशतले हुने मनोनयले गरेर मोटामोटी १५३६ प्रतिनिधि चयन गर्नेछौं।’  

Copy link
Powered by Social Snap