२०८१ बैशाख १५

प्रभु साह एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा सक्रिय भएका प्रभु साह एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्।


Advertisement


शुक्रबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा साह उपस्थित थिए।

उनी केही समयदेखि असन्तुष्ट थिए। उनले नयाँ पार्टी खोल्न लागेको चर्चासमेत भइरहेको थियो।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनी पक्षका दुई जनालाई केन्द्रीय कमिटी सदस्य बनाएका थिए। ती केन्द्रीय सदस्यले आज सपथ लिएका थिए।

साह नेकपा खारेजसँगै अध्यक्ष ओलीलाई साथ दिँदै एमालेमा सक्रिय भएका थिए। यसअघि गत असोजमा बसेको एमालेको नीति महाधिवेशनमा भने साह उपस्थित भएका थिएनन्। उनले ८ बुँदे मागसमेत पार्टीमा राखेका थिए।

Copy link
Powered by Social Snap